झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २३ जेठ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । राति भने कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको ‍एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । विशेषगरी मध्य तथा पूर्वी तराईका भू–भागहरूमा अधिकतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका…

Read More

मेचीनगर, २३ जेठ । झापा मेचीनगरको धाइजनमा धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव सोमबारदेखि सुरु भएको छ । महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेती पोख्रेलले गर्नुभयो । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले तार्केश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण आध्यात्मिक प्रतिष्ठानद्वारा महोत्सव आयोजना गरिएको हो । महोत्सव संयोजक सुरेश बुढाथोकीको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा अङ्कित सेक्युरिटी सर्भिस प्रालिका प्रोपाइट बद्री महतलगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए । नरेश मोहराले स्वागत गरेको कार्यक्रमको संचालन बिष्णु प्रसाईले गरेका थिए । उद्घाटनको दिन टिकट निःशुल्क गरिएको थियो । मेचीनगर १४ मा आयोजना गरिएको महोत्सव जेठ ३१ गतेसम्म धाइजन− दुहागढी…

Read More

झापा, २३ जेठ । आगामी आर्थिक वर्षको बजेटमार्फत भन्सार महसुल वृद्धि गर्ने सरकारको नीतिले उद्योग बन्द हुने अवस्थामा पुगेको घिउ तेल उद्योगीले बताएका छन् । नेपाल वनस्पति घिउ तेल उद्योग उत्पादक सङ्घले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर सरकारको नीतिले २६ घिउ तेल उद्योग बन्द हुने अवस्था सिर्जना भएको बताएका हुन् । सङ्घका अध्यक्ष विकास दुगडले भन्सार महसुल १० प्रतिशत र १३ प्रतिशत मूल्य अभिवृद्धि कर ९भ्याट० तिरेर नेपाली उद्योगले व्यापार गर्न नसक्ने भन्दै तत्काल भन्सार महसुल घटाउनुपर्ने बताए । भारतबाट चोरी तस्करी भएर खाने तेल भित्रिएको अवस्थामा एक प्रतिशत रहेको भन्सार महसुललाई बजेटले १० प्रतिशत बनाएकाले नेपाली उद्योगले महँगो भन्सार…

Read More

झापा, २३ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने तयारी गरेको छ । श्रमिकको जीवन धान्ने ज्याला अपुग भएको जनाउँदै सरकारले यसमा वृद्धि गर्ने तयारी गरेको हो । श्रमिकको न्यूनतम ज्याला जीवन धान्न पुग्ने तहमा स्वतः बढ्ने गरी स्वचालित ज्याला प्रणाली विकास गर्ने योजना रहेको मन्त्रालयका सहसचिव राजिव पोखरेलले जानकारी दिए । “रोजगारदाता, श्रमिक र सरकारी अधिकारीवीच सहमति भएपछि न्यूनतम पारिश्रमिक वृद्धि हुनेछ, पोखरेलले आइतबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, “कति वृद्धि गर्ने भन्नेबारे त्रिपक्षीय छलफलपछि तय हुनेछ।” २०७८ साउनयता श्रमिकको पारिश्रमिक वृद्धि नगरिएका कारण आगामी आवमा जसरी पनि…

Read More

झापा, २३ जेठ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयअन्तर्गत विनियोजन गरेको बजेटमध्ये झण्डै ७५ प्रतिशत तलब भत्तामा खर्च हुने भएको छ । करिब साढे ३ लाखको हाराहारीमा रहेका बालविकास, पूर्वप्रावि, आधारभूत र माध्यमिक तहका शिक्षक, ११ वटा विश्वविद्यालयमा कार्यरत १ हजार ४ सय ४० र करारका समेत गरी १० हजार ८ सय १० प्राज्ञिक तहका शिक्षक र कर्मचारीका साथै मन्त्रालयका १ हजार ५४ कर्मचारीसहितको तलबवापत बजेटको १ खर्ब ४७ अर्ब रुपियाँ खर्च हुने भएको छ । तथ्याङ्कअनुसार विद्यालयका कर्मचारीका लागि ९ अर्ब रुपियाँ, उच्च शिक्षा तहका कर्मचारीका लागि १८ अर्ब र पेन्सन, निवृत्त सुविधा र उपदान शीर्षकमा १९ अर्ब रुपियाँ…

Read More

भद्रपुर, २२ जेठ । भद्रपुर नगरपालिका सामाजिक विकास शाखाको आयोजनामा सामाजिक विषयका शिक्षक तथा बाल क्लब सहजकर्ता शिक्षकका लागि एक दिने बालमैत्री अभिमुखीकरण तालिम सम्पन्न गरिएको छ । शिक्षणमा बालमैत्री व्यवहारको उपयोगका लागि आयोजित अभिमुखीकरणमा भद्रपुरमा रहेका सरकारी तथा संस्थागत विद्यालयका शिक्षकको सहभागिता रहेको थियो । अभिमुखीकरणमा गोपाल लिम्बू, दिपक पाण्डे लगायतले सहजीकरण गर्दै युग सुहाउँदो शिक्षणका लागि बालमैत्री व्यवहार आवश्यक रहेको भन्दै परम्परागत दमनको शैलीले शिक्षाको विकास नहुने प्रष्ट पारेका थिए भने सहभागी शिक्षकहरूले बालमैत्रीको नाममा अराजकता प्रवेश गर्दा शिक्षाको गुणस्तर खच्कने अवस्था आएको गुनासो राखेका थिए भने शाखाकी प्रमुख जीवनकला राउतले भद्रपुरको सामाजिक विकासको अवस्था वारे जानकारी गराएकी…

Read More

भद्रपुर, २२ जेठ । ५० औं विश्व वातावरण दिवसको अवसर पारी झापा सदरमुकाम चन्द्रगढीमा प्रभात फेरि र्याली निकाल्दै विविध चेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ । भद्रपुर नगर वातावरण शाखाको नेतृत्वमा वन तथा वातावरण सम्बद्ध विभिन्न संघ संस्थाले सामुहिक कार्यक्रम अन्र्तगत चन्द्रगढीमा प्रभात फेरि र्याली सहित विविध कार्यक्रम सम्पन्न गरेका हुन् । भद्रपुर नगर प्रमुख गणेश पोखरेलको नेतृत्वमा भद्रपुर–१० लेखनाथ चोकबाट सुरू भएको प्रभातफेरि र्यालीले चन्द्रगढीको चारआली रोड हुँदै वीरेन्द्र माविको परिसरमा समापन गरेका थिए भने वातावरण सम्बद्ध संघ, संस्था तथा विद्यार्थीहरूले विविध चेतना जनाउने चित्र, वोट विरूवा, जैविक मल लगायत प्राकृतिक उत्थान जागरण ल्याउने बस्तुहरूको प्रदर्शन गरेका थिए ।

Read More

झापा, २२ जेठ । झापाको कचनकवल गाउँपालिका वडा नं. १ को सिमावर्ती दशगजा क्षेत्रमा भारतले एकतर्फी रुपमा विद्युतीय साइरन जडान गरेको पाइएको छ । नेपाल–भारत सीमा नियमको उल्लंघन गर्दै भारतले कचनकवल गाउँपालिका वडा नं. १ घेराबारीको पिण्डलबारीदेखिकद्दुभीट्टा करिब चार किलोमिटर दशगजा क्षेत्रमा विद्युतीय साइरन जडान गरेको हो । दशगजाभित्र नेपाली पक्षलाई थाहा नै नदिइ भारतले विद्युतीय साइरन जडान गरेकोमा वडा नं. १ का वडा अध्यक्ष महावीर लिम्बूले दुःख व्यक्त गर्दै भारतीय पक्षको ज्यादती रोक्न सरकारले चासो दिनुपर्ने बताएका छन् । त्यसैगरी, घेराबारी सशस्त्र क्याम्पका इन्चार्ज डिएसपी देवबहादुर बोहोराले आफुले थाहा पाउने बितिक्कै आफ्नो माथिल्लो निकायमा जानकारी गराएको र भारतीय सीमा…

Read More

झापा, २२ जेठ । कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागूऔषध ब्राउनसगुरसहित आइतबार १० जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको आइआरटी समूहबाट खटिएको प्रहरी टोलीले मोरङको सुन्दरहरैचा नगरपालिका–९ सलकपुरबाट स्थानीय २६ वर्षीय मोहमद अस्लाम र २५ वर्षीय महेश ठाकुरलाई ९५० मिलिग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । त्यसैगरी, झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कबाट अर्जुनधारा नगरपालिका–१० का ३० वर्षीय बिक्रम लिम्बु र फिदिम नगरपालिका–१ का ३४ वर्षीय मदर मगर ३६ ग्राम लागूऔषध ब्राउनसुगर, डिजिटल तराजु १ थान र नगद २ हजार ५३० सहित पक्राउ परेका हुन् भने झापाकै भद्रपुर नगरपालिका–७ बाट स्थानीय ३७ बर्षीय अजित बिश्वकर्मा २ ग्राम…

Read More

बिर्तामोड, २२ जेठ । झापाको बिर्तामोडमा वारिष्टा तथा कुक तालिम शुरु भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान इटहरीको आर्थिक सहयोगमा स्प्रिङडेल बिर्तामोडले आयोजना गरेको तालिम आइतबारदेखि शुरु भएको हो । तालिमको एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले व्यानर वाचन गरेर उद्घाटन गर्नु भयो । तालिममा सहभागीहरु बिर्तामोड नगरपालिकाको रोजगार शाखाबाट छनोटमा परेका प्रशिक्षार्थीहरु रहेका छन् । तालिममा ४० जना सहभागि रहेका छन् । तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले तालिममा सहभागीहरुलाई दत्तचित्त भएर सिप सिक्न आग्रह गर्नु भयो । स्वदेश तथा विदेशमा सिप महत्वपुर्ण…

Read More