झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २ असोज । झापाको इलाका प्रहरी कार्यालय नकलबन्दाले टेलिफोनको तार चोरी गर्ने ५ जनाको समुहलाई पक्राउ गरेको छ । असोज १ गते गस्तिमा खटिएको प्रहरी प्रहरी टोलीले ५ वटा बोरामा प्याक गरिएको (अप्टिकल फाइभर टेलिफोन) को तार चोरी गरी नेपालबाट भारततर्फ लाँदै गरेको अवस्थामा भारत दार्जिलिङका २४ वर्षीय कात्तिक अधिकारी, ३४ वर्षीय राहुल अधिकारी, झापाको बुद्धशान्ति गाउँपालिकाका २५ वर्षीय विजय राजवंशी, कचनकवल गाउँपालिका–३ का ४२ वर्षीय संजय माझी र इलामको माई नगरपालिका–३ का २७ को दिनेश परियारलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय काकँडभिट्टाबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Read More

झापा, २ असोज । नेपाल प्रहरीका ९० जना प्रहरी नायब उपरीक्षक (डीएसपी)हरूको सरुवा गरिएको छ। आईजीपी चन्द्रकुवेर खापुङले सरुवा सम्बन्धी निर्णय गरेका हुन्। सरुवा भएका प्रमुख डीएसपीहरूमा सुवास हमाललाई इलाका प्रहरी कार्यालय इटहरी, सन्तोष रोका प्रहरी वृत्त बौद्ध, विजय यादव पर्वत, रविराज थपलिया मुगु, र मोहनमणि अधिकारीलाई प्रहरी वृत्त स्वयम्भूमा पठाइएको छ। त्यस्तै, वरुण सिंह डडेलधुरा, प्रह्लाद कार्की नगर प्रहरी कार्यालय भृकुटीमण्डप, प्रकाश श्रीमल गौशाला वृत्त, नारायण डाँगी दरबारमार्ग वृत्त, नरहरि अधिकारी प्युठान, धनबहादुर बोहरा मालिगाउँ वृत्तमा सरुवा भएका छन्। चञ्चला श्रेष्ठ जगाती वृत्त, चक्र बहादुर डम्बरपाल कोहलपुर, गौरव महत दार्चुला, कुमारप्रसाद मैनाली सङ्खुवासभा र अनिश कर्ण पाँचथरमा सरुवा भएका…

Read More

झापा, २ असोज । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ । कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत रु ४९ मा एक दिन चलाउन सकिने एक ‘एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकमकै ‘नेटवर्क’भित्र कल गर्न सकिने १०० मिनेट ‘अल नेट भ्वाइस’ सेवा उपलब्ध हुनेछ । यसैगरी ‘डाटा प्याकेज’अन्तर्गत रु १११ मा पाँच दिनसम्म चलाउन सकिने छ जिबी, रु १९९ मा सात दिनसम्म चलाउन…

Read More

झापा, २ असोज । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम मन्त्रिमण्डल विस्तारको तयारी थालेकी छन् । भदौ २७ गते जेन–जी प्रदर्शनकारीको मागअनुसार प्रधानमन्त्री बनेकी कार्कीले ११ जनाभन्दा बढी मन्त्री नबनाउने बताएकी छन्, यद्यपि संविधानले २५ सदस्यीय मन्त्रिपरिषद् गठनको व्यवस्था गरेको छ । भदौ २९ गते उनले रामेश्वर खनाललाई अर्थमन्त्री, कुलमान घिसिङलाई उर्जा, सिँचाइ, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री र ओमप्रकाश अर्याललाई गृह तथा कानुन मन्त्री नियुक्त गरिसकेकी छन् । बाँकी ७ मन्त्रालयका लागि योग्य, गैरदलीय र विषय विज्ञ व्यक्तिको खोजी भइरहेको छ । बालुवाटार स्रोतका अनुसार रक्षा मन्त्रालय प्रधानमन्त्री आफैले राख्नेछिन् । मन्त्री चयनका लागि ‘स्वच्छ छवि, दलीय आबद्धता नभएको, विषय…

Read More

झापा, २ असोज । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । आज बिहान एक बुलेटिन जारी गरी अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको…

Read More

अर्जुनधारा, १ असोज । झापाको अर्जुनधारा नगर क्षेत्रमा रहेका नदीजन्य पदार्थको अवैध दोहन हुन थालेपछि सोको नियन्त्रणका लागि नगरपालिकाले कदम चाल्ने भएको छ । नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले अवैध नदी दोहन गर्नेलाई कानूनी कारबाही र दोहन रोक्न सहयोग गर्नेलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ । नगरपालिका भएर बहने नदीहरुबाट नदीजन्य पदार्थको उत्खनन् तथा सङ्कलनका लागि कार्यालयबाट ठेक्का बन्दोवस्त नभएसम्म अनाधिकृत तवरले नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन नगर्न नगराउनका लागि सार्वजनिक सूचना प्रकाशन गर्ने निर्णय गरिएको नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङले जानकारी दिनुभयो । “नदीजन्य पदार्थको अनाधिकृत उत्खनन् तथा संकलन नियन्त्रणका लागि स्थानीयबासीहरुले समेत निरन्तर निगरानी गरी सहयोग गरिदिनुहुन अनुरोध गरेका…

Read More

अर्जुनधारा, १ असोज । झापाको अर्जुनधारा नगरपालिकाको सबै वडाको सेवा नगरबाटै प्रवाह हुने भएको छ । नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले नगरका सबै वडाको सेवा सुचारु गर्न नगरपालिकाबाटै सेवा प्रवाह गर्ने निर्णय गरिएको हो । गत भदौ २३ र २४ गते जेन जी समूहको आन्दोलनका क्रममा भएको नगरपालिकाको कार्यालय र सबै वडा कार्यालयमा तोडफोड तथा आगजनी भई भौतिक संरचना, कार्यालय सामग्री तथा अभिलेखहरुमा पूर्ण क्षति भएको छ । तत्काल वडा कार्यालयबाट नियमित सेवा प्रवाह गर्ने अवस्था नरहेकाले वडा कार्यालयबाट प्रदान गर्नुपर्ने अतिआवश्यक सेवा प्रवाहका लागि वैकल्पिक व्यवस्था अनुरुप नगरपालिकाको कार्यालयको सभाहलमा सबै वडाहरुको अतिआवश्यक सेवा प्रवाह गर्ने निर्णय गरिएको नगरप्रमुख…

Read More

बिर्तामोड, १ असोज । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको पूर्वेली ढुवानी सेवा प्रालिले आज भव्यताका साथ विश्वकर्मा पूजा मनाएको छ । देशभर ढुवानी सेवा प्रदान गर्दै आएको प्रालिले बिर्तामोड–५ स्थित मुख्य कार्यालयमा भव्यताका साथ विश्वकर्मा पूजा मनाएको हो । आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा पर्व मनाउने गरेका छन् । प्रत्येक वर्ष झै कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा अर्र्चना गरेर मनाउने गरिन्छ । यसै क्रममा प्रालिले पनि विश्वकर्माको विधिपूर्वक पूजा अर्चना गरेर मनाएको हो । कार्यालयसहित सवारी साधनलाई विशेष रुपमा सजाएर कर्मचारी तथा मजदुरलाई सहभागी गराएर प्रालिले प्रत्येक वर्ष विश्वकर्माको पूजा गर्दै…

Read More

झापा, १ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो । बोर्डले असोज ७ गते अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो…

Read More

झापा, १ असोज । आज सुनको मूल्य तोलामा एक हजार घटेको छ । आजका लागि सुनको मूल्य तोलामा दुई लाख १६ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मङ्गलबार स्थानीय बजारमा सुन प्रतितोला दुई लाख १७ हजार १०० को कीर्तिमानी मूल्यमा किनबेच भएको थियो । त्यस्तै, आज चाँदी तोलामा ४५ घटेर दुई हजार ५५० मा किनबेच हुँदैछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ६७८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Read More