झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुनसरी, ३ चैत। बर्जु गाउँपालिका–२ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर महानगरपालिका–१४ का ३२ वर्षीय जयकृष्ण यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । विराटनगरबाट बेलाहातर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प ५६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय सीतागञ्जमा राखिएको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीव्र गतिका कारण चालकले सडकमा ध्यान नदिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ…

Read More

एजेन्सी, २ चैत । विश्व चलचित्र जगतको सबैभन्दा प्रतिष्ठित ओस्कार अवार्ड (एकेडेमी अवार्ड्स) को ९८औँ संस्करण सम्पन्न भएको छ। हलिउडका हस्तीहरूको उपस्थितिमा भएको भव्य समारोहमा पल थोमस एण्डरसनको फिल्म ‘वान ब्याटल आफ्टर अनदर’ ले बाजी मारेको छ। यस फिल्मले ‘बेस्ट पिक्चर’ र ‘बेस्ट डाइरेक्टर’ सहित कुल ६ विधामा ओस्कार जितेर यस वर्षको ओस्कारमा आफ्नो बर्चस्व कायम गरेको हो। अभिनयतर्फ फिल्म ‘ह्याम्नेट’ बाट जेसी बक्लीले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन् भने फिल्म ुसिनर्सु का लागि माइकल बी जोर्डनले उत्कृष्ट अभिनेताको ट्रफी उचालेका छन्। जोर्डनको फिल्म ‘सिनर्स’ ले प्राविधिक र पटकथा गरी अन्य महत्त्वपूर्ण विधाहरूमा पनि आफ्नो दह्रो उपस्थिति जनाएको छ। त्यस्तै,…

Read More

झापा, २ चैत । झापाको बिर्तामोडबाट दुईजना बालिका बेपत्ता भएका छन् । देवी माविमा कक्षा ९ मा पढ्ने अर्जुनधारा नगरपालिका ५ बस्ने इन्द्रप्रसाद गौतमकी छोरी १५ वर्षीया रञ्जना गौतम र सोही ठाउँका विनोद कर्मकारकी छोरी १५ वर्षीया दृष्टि कर्मकार आइतबार बिहानदेखि बेपत्ता भएका हुन् । उनीहरू विगत दुई वर्षदेखि अर्जुनधारा ५ कञ्चन बारी टोलका हरि सापकोटाको घरमा बसेर पढ्दै आएका थिए । दुवै जनाका बुबा आमा वैदेशिक रोजगारीमा रहेका छन् । आइतबार बिहान ८ः१५ बजे घरबाट विद्यालय जान्छौ भनी हिँडेकोमा विद्यालय समेत नगएको र जान सक्ने सम्भावित ठाउँमा खोजी गर्दा फेला नपरेपछि घरधनी सापकोटाले राति इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी…

Read More

झापा, २ चैत । सुनको भाउ आज बढेको छ । सुनको भाउ १०० रुपैयाँले बढेर तोलाको ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो । हिजो सुनको भाउ ४ हजार ८०० रुपैयाँले बढेको थियो । आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलाको ५ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Read More

सप्तरी, २ चैत। जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत)ले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत राउतले अब पदको राजनीतिबाट टाढा रहने तर जनताको अधिकार र पहिचानका लागि सङ्घर्षको राजनीति निरन्तर जारी राख्ने बताउनुभएको छ। राउतले आफ्नो व्यक्तिगत इच्छा विपरीत दुई पटक संसदीय निर्वाचन लडेको उल्लेख गर्दै एक पटक जित र एक पटक हार व्यहोरेको बताउनुभएको छ। उहाँले २०७५ सालमा ‘स्वतन्त्र मधेश गठबन्धन’लाई सरकारले काम गर्न नदिएको तथा जनतामाझ जानसमेत रोक लगाएपछि पार्टी गठन गर्नुपर्ने अवस्था आएको स्मरण गरेका छन्। सो क्रममा अन्य नेताहरूले अध्यक्ष बन्न नमानेपछि आफूले नै पार्टीको नेतृत्व सम्हाल्नुपरेको उहाँले बताउनुभएको छ। २०७९ सालको…

Read More

झापा,२ चैत । सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज झापाको काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ । प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट निकालिएको विरोध र्‍यालीले नगरका विभिन्न भागको परिक्रमा गरेपछि पूर्वी प्रवेशद्वारमा पुगेर खबरदारी सभामा परिणत भएको थियो । र्‍यालीमा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, मानवअधिकारकर्मी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको थियो । सहभागीहरूले ‘दोषीलाई कडाभन्दा कडा कारबाही गर’, ‘हत्या हिंसा बन्द गर’, र ‘जहाँ छोरी डराउँछे, त्यहाँ समाज असफल हुन्छ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ…

Read More

झापा, १ चैत । तीन दिनदेखिको हुरीका कारण झापा गाउँपालिका–७ का किसान चन्द्र बस्नेतको दुई बिघा जमिनमा लगाएको केराखेतीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र झापाकी सहायक बाली संरक्षण अधिकृत अञ्जु आचार्यका अनुसार दुई बिघा दुई कट्ठा जमिनमा लगाएको केरा हुरीले पूर्ण रुपमा नष्ट गरेको छ । “भाँचिएका सबै केराघरी लागेका रहेछन्”, उहाँले भन्नुभयो, “पाक्न लागेका केरा नष्ट हुँदा किसानको ठूलो आर्थिक क्षति भएको छ ।” उहाँका अनुसार बस्नेतले लगाएको ३० बिघा जमिनको केरामध्ये घरी लागेका दुई बिघा जमिनको तीन हजार २०० बोट केरा नष्ट भएको हो । केरा नष्ट हुँदा करिब रु १६ लाखको क्षति भएको उहाँले बताउनुभयो…

Read More

काठमाडौँ, १ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठकले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ । पार्टीले आजै सिफारिस भएकाहरूको सूची निर्वाचन आयोगमा बुझाउने भएको छ । बैठकले १७ जना खस आर्य, १६ जना जनजाति, तीन जना मुस्लिम, आठ जना दलित, नौ जना मधेसी तथा चार जना थारु ‘क्लस्टर’बाट सिफारिस गरिएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले सञ्चारकर्मीहरूलाई बताउनुभयो । यी क्लस्टरबाट कोको परे भन्ने रास्वपाले खुलाएको छैन । निर्वाचन आयोगले यी नामावली रुजु गरेर अप्रुभ गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले जानकारी दिनुभयो ।

Read More

फुङ्लिङ (ताप्लेजुङ), १ चैत । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा रु ३१ लाख १० हजार भेटी चढाएका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने गरेका छन् । सङ्कलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ । फेदीमा करिब एक सातासम्म सङ्कलन भएको भेटीलाई त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल्याइन्छ । कार्यालयमा दैनिक रूपमा प्रहरी तथा सिसीटिभीको निगरानीमा…

Read More

सुनसरी, १ चैत । हरिनगर गाउँपालिका–१ मा गए राति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो । भुटहाबाट हरिनगरतर्फ गइरहेको प्रदेश०१–०२–०५७प ४८९९ नम्बरको मोटरसाइकललाई उखु लिएर आइरहेको स१ज ४९१४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा स्थानीय २५ वर्षीय दीपक दास र मिथुन दास गम्भीर घाइते भएका थिए । गम्भीर घाइते दीपकको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ओलीले जानकारी दिनुभयो । अर्का घाइते मिथुनको विराटनगरमा उपचार भइरहेको उहाँले बताउनुभयो छ । घटनाका विषयमा अनुसन्धान भइरहेको छ । ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक…

Read More