
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ९ फागुन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ। आज राति तराई भूभागका थोरै…
दिपक चन्दझापा, ८ फागुन । परदेश जाने निर्णय रहरले हुँदैन, बाध्यताले हुन्छ । ऋण, गरिबी र सन्तानको भविष्यले जब एकैचोटि थिच्छ, तब आफ्नै माटो छोड्नुबाहेक अरू विकल्प बाँकी रहँदैन । मेचीनगर नगरपालिका–८ की सीता थापामगर पनि यही बाध्यताको यात्रामा परदेशिनुभयो । कुवतेदेखि लेबनान र साउदी अरबसम्म फैलिएको उहाँको जीवन यात्रा वैदेशिक रोजगारीको अवसरभन्दा बढी सङ्घर्ष, पीडा र रोगसँगको लडाइँको दस्ताबेज बनेर स्वदेश फर्किएको छ । सीताको विवाह १६ वर्षकै उमेरमा २०४७ सालमा भयो । किशोरावस्थामै गृहस्थीको जिम्मेवारी सम्हाल्न थाल्नुभएकी सीताले छोटो समयमै मातृत्वको अनुभव पनि गर्नुभयो । एक छोरा र एक छोरीको जन्मसँगै जीवनले नयाँ अर्थ लिँदै थियो । तर…
धरान, ५ फागुन ।धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति धनकुटाबाट धरानको विष्णुपादुकातर्फ आउँदै गरेका दुईवटा पिकअप गाडीमा जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चन्द्र खड्काका अनुसार बारा कोल्बी नगरपालिका–८ बस्ने सन्दीपकुमार माझीले चलाएको बागमती प्रदेश–०१–०२७च ११४३ नंको पिकअप गाडीबाट ४९५ केजी र चन्द्रागिरी नगरपालिका–८ बस्ने ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको बीएसी ३२३६ नंको गाडीबाट ४६० केजी बरामद गरिएको हो । पक्राउ परेका दुवै जनालाई सवारीसाधनसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले…
झापा, ५ फागुन । कक्षा १२ को परीक्षा आउँदो बैशाख १४ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । बैशाख १४ गते सोमबारदेखि शुरु हुने परीक्षा २७ गते आइतबारसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।
झापा, ५ फागुन । आज सुनको भाउ घटेको छ । सुन आज तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ८ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ६० रुपैयाँ थियो ।
झापा, ५ फागुन । झापाको कचनकवल गाउँपालिकामा पानी जमेको खाल्डोमा डुबेर एक १४ महिनाका नाबालकको मृत्यु भएको छ । सोमबार साँझ करिब ६ बजे कचनकवल–२ हर्दासभिट्टा बस्ने खेलराज राजवंशीका छोरा १४ महिनाका प्रियांस राजवंशीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार वडा नं– ३ दल्कीस्थित आफ्नै मामाघरमा खेल्ने क्रममा कलको पानी जम्ने खाल्डोमा डुबेर अचेत अवस्थामा नाबालकलाई परिवारका सदस्यले देखेका थिए । तत्कालै उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल ल्याइएकोमा अस्पातलका चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाइ छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
हल्दिबारी, ३ फागुन । काफ्ले बन्धु समाज नेपाल हल्दिबारीको साधारण सभा तथा तेस्रो अधिवेशन ११ सदस्यीय गाउँ कार्यसमिति सर्वसम्मत चयन गर्दै शनिबार सम्पन्न गरिएको छ । काफ्ले समाजका केन्द्रीय सचिव तथा झापा जिल्ला अध्यक्ष गोपाल काफ्लेको प्रमुख आतिथ्यमा शनिबार भएको अधिवेशनबाट मन्तब्य राख्दै उहाँले भदौ १४ गते तीनवटा बन्धुहरुको संस्थाबीच कार्यगत एकता गरी अबका कार्यक्रमहरु काफ्ले बन्धु समाज नेपालको ब्यानरमा गर्ने निर्णय स्मरण गराउनु भयो । उहाँले झापामा सुरु गरिएको काफ्ले जनगणनाको प्रभाव मुलुकभर परेकोले केन्द्रीय समितिले देशैभर जनगणना तथा घरधुरी सर्वेक्षण गरी वंशावलीको दोस्रो संस्करण प्रकाशन गर्ने तयारी गरेको पनि जानकारी दिनुभयो । प्रमुख अतिथि काफ्लेले आफ्नो मन्तब्यमा बन्धु…
काठमाण्डौ, १ माघ । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाण्डौ फर्किँदा आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको अवस्था अस्तव्यस्त बनेको छ । विमानस्थल वरपर स्थानीय प्रशासनले यसअघि नै निषेधाज्ञा जारी गरेको थियो । विमानस्थल आसपासका सार्वजनिक सडक तथा क्षेत्रमा यातायात सञ्चालन र नागरिकको आवागमनमा अवरोध पुग्ने गरी कुनै पनि प्रकारका जुलुस, प्रदर्शन, हडल, घेराउ वा भेला नगर्न आग्रहसहित प्रशासनले निषेधित तथा संवेदनशील क्षेत्रमा कानून विपरीतका गतिविधिमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको थियो । तर विमानस्थल आसपासमा राप्रपा तथा राजावादी समूहका दुर्गा प्रसाईंसहितका समर्थक पुगेपछि ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदा यात्रु तथा सर्वसाधारण भने समस्यामा परेका हुन् । आज विमानस्थलदेखि निर्मल निवाससम्म तथा…
झापा, १ माघ । सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घटेको छ । हिजो १ सय रुपैयाँले मात्रै घटेको सुनको भाउ आज ३ हजार रुपैयाँले घटेर तोलाको ३ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ तोलामा ३ सय ४० रुपैयाँले घटेको छ । चाँदी ३ सय ४० रुपैयाँले घटेर तोलाको ५ हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ३ सय ४० रुपैयाँ थियो ।
राजकुमार भट्टराईखोटाङ, १ फागुन । खोटाङमा एक ब्यक्तिले आफैलाई छुरा प्रहार गरी गम्भीर घाइते भएका छन् । घरायसी विवादमा आफैले आफैलाई छुरा प्रहार गरेर गम्भीर घाइते भएका नुनथलाका मकरचन्द्र राईलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१३ नुनथलाका ५४ वर्षीय राईले शुक्रबार बिहान साढे ४ बजेको समयमा आफूले आफ्नै पेटमा छुरा प्रहार गरेको जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । पेटमा छुरा प्रहार गरेर गम्भीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको थियो । दिक्तेलमा उपचार सम्भव नभएपछि शुक्रबार दिउँसो १२…