
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
आयुर्वेदिक मतअनुसार लसुनले वात कफ नास गर्छ र दुखाई शान्त पार्छ । यसले पाचन शक्ति बढाउँछ, कृमि नाश गर्छ, हृदय र कलेजोलाई उत्तेजक पार्छ । महिलाको महिनावारी ठीक राख्न र पुरुषको वीर्य पुष्ठ पार्न पनि लसुनले मद्दत गर्छ। पिसाबको समस्या, रक्तदोष, सुन्निने समस्या आदिमा पनि लसुन लाभदायक हुन्छ। गर्भावस्थामा भने यसको प्रयोग अहितकर हुन्छ। लसुनको पात, गाँठो केस्रा र जरा सबैको प्रयोग गर्न सकिन्छ। लसुनका यी विविध भागलाई नियमित रुपले काँचै वा पकाएर खाने गर्दा मुटु र रक्तनलीका बिभिन्न रोग लाग्ने संभावना न्यून हुन्छ। क्यान्सरको समस्यामा लसुन पनि लाभदायक देखिएको चिनियाँ चिकित्सकको अनुसन्धानले पुष्टि गरेको छ। स्वास्थ्य खबरबाट
झापा, १९ मंसिर । बालुवाटारमा बसेको चार दलका शीर्ष नेताको बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । मंसिर ४ को निर्वाचन परिणाम आएपछि पहिलो पटक बसेको सत्ता गठबन्धनको बैठकपछि संयुक्त वक्तव्य निकाल्दै यस्तो निर्णय गरिएको जानकारी दिइएको हो । यस्तो छ वक्तव्य
झापा, १९ मंसिर । सशस्त्र प्रहरी बलका ३ जना उपरीक्षक (एसपी) माथि छानबिन शुरु गरिएको छ । बारा, पर्सा र पश्चिम नवलपरासीमा कार्यरत एसपीहरूलाई छानबिनका लागी सशस्त्र प्रहरी बलले मुख्यालयमा झिकाएको हो १२ नम्बर गण हेडक्वार्टर बाराका गणपति राजेन्द्र थापा, १३ नम्बर गण हेडक्वार्टर पर्साका प्रमुख तेजप्रसाद पोखरेल र २६ नम्बर गण हेडक्वार्टर नवलपरासी पश्चिमका प्रमुख रुपकुमार क्षेत्रीलाई प्रधान कार्यालयमा फिर्ता बोलाएको छ । छानबिन गर्दा त्रुटी प्रमाणित भए उनीहरूमाथि कारबाही हुनेछ । त्रुटी प्रमाणित नभए कार्यरत दरबन्दीमा फिर्ता पठाइने बताइएको छ । केही दिनअघि सशस्त्र मुख्यालयले एसपी टोपबहादुर डाँगी र उद्धव रावल नेतृत्वको छुट्टाछुट्टै मार्सल टोली विभिन्न जिल्लामा छड्के…
बिर्तामोड, १९ पुस । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को १०औं वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन अन्तरगत अन्तिम माइन्युट प्रमाणिकरण भेला यही पुस २३ गते हुने भएको छ । साधारणसभा अन्तरगत इकाइगत साधारणसभा भने पुस ४ गदेखि पुस १७ गतेसम्म हुने संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले जानकारी दिनुभयो । सात वटा इकाइगत सम्पन्न भएपछि पुस २३ गते अन्तिम माइन्युट प्रमाणिकरण भेला हुने छ ।
बिर्तामोड, १९ मंसिर । कालिकापीठ कालीस्थानको १८ औं बार्षिक अनुष्ठान अन्तरगत श्रीमद् स्कन्ध महापुराण, महारुद्रीसहित विराट महायज्ञको उद्घाटन भएको छ । नेपालका ऐतिहासिक प्रथम जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको करकमलबाट पीठमा आयोजित एक समारोहका बीच महायज्ञको उद्घाटन गरेका हुन् । कार्यक्रम समुद्घाटन समारोहमा बोल्दै जगतगुरु बालसन्त मोहनशरणले स्कन्ध महापुराणमा हिमवत्खण्डको विसद महिमा रहेको उल्लेख गर्दै शिवपुत्र स्वामी कार्तिकेय (कुमार) ले ब्याख्या एवं प्रचार–प्रसार गरेकाले पुराणको नाम स्कन्ध पुराण रहेको बताउनुभयो । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले धार्मिक क्षेत्रको योगदानको मूल्याङ्कन नगरिए पनि धार्मिक–सांस्कृतिक एवं संस्कृत शिक्षाबाट राष्ट्रका लागि थुप्रै उपलब्धि भएको धारणा राख्नुभयो । त्यस्तै,…
झापा, १९ मंसिर । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटे पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम एक महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफामा रहेको छ । हाल पेट्रोलमा प्रतिलिटरमा १३ रुपियाँ १६ पैसा, डिजेलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपियाँ ३५ पैसा, हवाई इन्धनमा ४२ रुपियाँ १६ पैसा नाफा रहेको छ । निगमलाई ग्यासमा मात्र प्रतिसिलिन्डर २७७ रुपियाँ घाटा छ । इन्धनमा लगाइएको उच्च करका कारण पनि उपभोक्ता मूल्य महँगो पर्न गएको छ । प्रतिलिटर पेट्रोलको खरिद मूल्य र अन्य लागत गरी १६७ रुपियाँ ८४ पैसा रहेको छ । यसमा विभिन्न शीर्षकमा लिइएको ६३ रुपियाँ ८८ पैसा कर पनि…
झापा, १९ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा इङ्ल्यान्ड प्रवेश गरेको छ । अल बयात स्टेडियममा आइतबार राति भएको खेलमा सेनेगललाई ३–० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड क्वाटरफाइनलमा पुगेको हो । इङ्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले एक–एक गोल गरेका थिए । अब इङ्ल्यान्डले अन्तिम क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।
झापा, १९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ । आयोगले लामिछानेको नागरिकता र राहदानी छानबिन गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । आयोगमा दर्ता भएको उजुरीलाई आधार मानेर सम्बन्धित मन्त्रालयलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी पत्र पठाएको उनले बताए । आयोगमा लामिछाने सन् २०१८ सम्म अमेरिकी नागरिक रहेको तर उनले सन् २०१५ मै नेपाली राहदानी लिएको भन्दै सो विषयमा संलग्नमाथि छानबिन गर्न माग गरिएको थियो । रविले सन्…
भद्रपुर, १९ मंसिर । मानव अधिकारका लागि महिला एकल महिला झापाले महिला हिंसाविरूद्धको १६ दिने अभियान अन्र्तगत २५ जना नारीलाई साडी उपहार प्रदान गरेको छ । सभ्य समाजको पहिचान हिंसामुक्त समाज नाराका साथ एकल महिला छहारीमा मनाइएको अभियानमा एकल महिला समूहले पहिचानका आधारमा २५ जना नारीलाई साडी उपहार प्रदान गरिएको हो । सीता गुरागाईको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको प्रमुख आतिथयमा सम्पन्न कार्यक्रमको विशेष अतिथि मानव अधिकारका लागि महिला एकल महिलाकी केन्द्रीय सचिव रेखा अधिकारी रहेकी थिइन् ।
झापा, १९ मंसिर । फ्रान्स कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल थुमाम स्टेडियममा आइतबार राति भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको हो । फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल र ओलिभरले एक गोल गरेका छन् । पोल्याण्डका लागि रोबर्टो लेवान्डोस्कीले एक गोल फर्काएका थिए । फ्रान्सले आज राति हुने इङ्ल्यान्ड र सनेगलबीचको विजेतासँग क्वटारफाइनलमा खेल्नेछ ।