झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ मंसिर । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबारदेखि यान्त्रिक उडान सुरु हुने भएको छ । करिब एक सातासम्म हुने यान्त्रिक उडानका लागि थाइल्यान्डको एरो–नटिकल रेडियो अफ थाइल्यान्ड (एरोथाई) को जहाज पोखरा पुगिसकेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सोमबारदेखि परीक्षण उडान थाल्ने एरोथाईको टोलीले सात दिन पोखराको आकाशमा उडेर त्यहाँ जडान भएका उडानसम्बन्धी उपकरण तथा प्रविधिको जाँच गर्नेछ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले पुस १७ गतेदेखि नियमित उडान सुरु गर्ने लक्ष्य लिएको यो विमानस्थलमा सोमबारदेखि नियमित र यान्त्रिक उडान हुने बताए । उनले भने, ‘सोमबार बिहान १० बजेसम्म पोखरा विमानस्थलमा नियमित उडान हुनेछन् भने १० बजेदखि १…

Read More

द्रोण अधिकारीभद्रपुर, ४ मंसिर । जनमतले अनुमोदित भइ सत्ता सञ्चालनको चावी ५ वर्षका लागि लिने अवसरका रूपमा रहेको आम निर्वाचन २०७९ मंसिर ४ गते (आज) सम्पन्न हुन गइरहेको छ । संघीय संसदका लागि ५ वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि १० वटा प्रत्यक्ष निर्वाचन क्षेत्रमा समेटिएको झापामा १५ वटा स्थानीय तह तथा १३१ वटा वडा रहेका छन् । ५ वर्षे अवधिका लागि झापामा यस निर्वाचनमा ६ लाख ६३ हजार ३ सय ११ जना मतदाताले मतदान गर्न पाउने छन् । जसमा ३ लाख ३१ हजार ४४ जना पुरुष र ३ लाख ३२ हजार २ सय ५९ महिला तथा अन्य ८…

Read More

मोरङ, ३ मंसिर । मोरङको उर्लाबारीमा शुक्रबार साँझ दुई समूहबीच झडप भएको छ । झडपमा एक जना युवा गम्भीर घाइते भएका छन् भने २ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उर्लाबारी–६ स्थित तरल क्याफे अगाडिको बार्दलीमा उर्लाबारी–४ आइतबारेका कुमार लिम्बूको समूह र उर्लाबारी—६ का रजत थापा (मिथुन) समूहबीच झडप भएको मोरङ प्रहरीले जनाएको छ । थापाको समूहले आक्रमण गर्दा उर्लाबारी—४ का गौतम तामाङको अवस्था गम्भीर रहेको मोरङ प्रहरीका एसपी शान्तिराज कोइरालाले बताए । उनको बिर्तामोड स्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । यस्तै, उर्लाबारी–७ का नितम चौहान र उर्लाबारी–८ का मिलन श्रेष्ठ पनि घाइतेको भएको एसपी कोइरालाले…

Read More

झापा, ३ मंसिर । निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृतसहित मातहतका निकायलाई ६ बुँदे निर्देशन दिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन एक दिन मात्र बाँकी रहँदा आयोगले मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई मतगणना र मतपरिणामसम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन ६ बुँदे निर्देशन जारी गरेको हो । यस्ता छन् निर्देशन१, प्रत्येक मतगणनास्थलमा प्रेस कर्नरको स्थापना गरी पत्रकारहरूका लागि सूचना प्राप्तिका लागि सहज पहुँच उपलब्ध गराउने र सो कार्यका लागि सम्बन्धित निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्ने । २, मतगणना कार्यको सुरुआतमा…

Read More

झापा, ३ मंसिर । निर्वाचन आयोगका कर्मचारीले निर्वाचन मिति घोषणा भएदेखि मतगणना सकिएको ३५ दिनसम्म थप सय प्रतिशत भत्ता बुझ्ने गरी आफैँले कानुन बनाएका छन् । यसबाट निर्वाचन हुँदा करिब पाँच महिनासम्म उनीहरूले यस्तो सुविधा पाउने गरेका छन् । गत भदौ ८ गते निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको तलबभत्ता वा सेवासुविधा सम्बन्धमा आयोगले आन्तरिक रूपमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७९ पास गरेको थियो । उक्त कार्यविधिअनुसार निर्वाचनको कुनै काममा संलग्न आयुक्त आयोगको सचिवालय तथा निर्वाचन कार्यालयमा स्वीकृत दरबन्दीमा कार्यरत स्थायी तथा सेवा करार र काजमा संलग्न कर्मचारी, आयुक्तको सुविधामा कार्यरत कर्मचारी, आयुक्त निवासमा खटाइएका सुरक्षाकर्मी, आयुक्त तथा…

Read More

झापा, ३ मंसिर । सङ्कलित कुल राजस्वले पनि नेपालको चालू खर्च धान्न नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक) सम्मको विवरणअनुसार चालू खर्चका लागि मात्रै पनि राजस्व पर्याप्त नभएको पाइएको हो । कार्यालयको तथ्याङ्कअनुसार सो कात्तिकसम्म सरकारले दुई खर्ब ६८ अर्ब रुपियाँ राजस्व सङ्कलन गरेको छ जुन चालू आर्थिक वर्षका लागि तोकिएको लक्ष्यको तुलनामा १९.११ प्रतिशत मात्र हो। जब कि कात्तिकसम्म सरकारको चालू खर्च दुई खर्ब ८१ अर्ब रुपियाँ नाघेको छ । यस हिसाबले चालू खर्चकै लागि १३ अर्ब रुपियाँ राजस्व अपुग देखिएको हो । कात्तिकसम्म सङ्कलित राजस्वमध्ये दुई खर्ब ४५ अर्ब…

Read More

सन्तोष शर्माभद्रपुर, २ मंसिर । झापामा खर्चको अनुपातमा राजश्व संकलन बढी रहेको छ । गत आर्थिक वर्ष २०७८÷०७९ मा जिल्लामा खर्चभन्दा रू एक अर्ब ३१ करोड आठ लाख ६८ हजार बढी राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय झापाका कोष नियन्त्रक मधु पोखरेलले जानकारी दिनुभयो । गत आवमा झापामा रू २३ अर्ब ३८ करोड ९६ लाख ३० हजार राजश्व संकलन र रू २२ अर्ब सात करोड ८७ लाख ६२ हजार खर्च भएको उहाँले बताउनुभयो । “केही जिल्लामा खर्च धान्ने पनि राजश्व संकलन हुन सकेको छैन”, उहाँले भन्नुभयो, “झापामा त्यस्तो अवस्था छैन, झापामा करमैत्री वातावरण बन्दै गएको छ ।” झापामा…

Read More

झापा, २ मंसिर । प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि) मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय आज राति १२ बजेसम्म रहेकाले तत्पश्चात प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई सचेत गराएको हो । “स्थिर समय सुरु हुनुभन्दाअघिसम्म सम्पन्न भएका राजनीतिक दलका कार्यक्रम, समाचार, तस्बिर, चुनाव चिन्ह अङ्कित झण्डारव्यानर, श्रव्यदृश्यलगायत सामग्री समेटी सञ्चारमाध्यमबाट प्रकाशनरप्रसारण हुँदासमेत निर्वाचन आचारसंहिता उल्लङ्घन हुनेहुँदा त्यस्तो कार्य नगर्न–नगराउनहुन सम्बद्ध सबै पक्षसँग अनुरोध गरिन्छ”, काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहोराद्वारा जारी विज्ञप्तिमा…

Read More

झापा, २ मंसिर । राज्य सञ्चालनको सबैभन्दा बलियो र भरपर्दो स्रोत हो, कर । कर परिचालनबाटै दैनिक प्रशासनदेखि विकास निर्माणका काम सम्भव हुने भएकाले सरकारले कर सङ्कलनलाई आफ्नो आम्दानीको मुख्य आधार बनाएको हुन्छ । सरकारको वार्षिक विनियोजन पनि कर सङ्कलनकै आधारमा हुने भएकाले आर्थिक नीतिमा कर सधैँ प्राथमिकतामा पर्छ । रोजगारी सिर्जनासहित मुलुकको अर्थतन्त्र विस्तारका लागि पनि करको भूमिका सबैभन्दा बढी हुन्छ । त्यसैले हरेक मुलुकले करलाई राज्यको प्रमुख आम्दानी मानेर सोहीअनुसार नीतिगत व्यवस्था गरेका हुन्छन् । अर्थ मन्त्रालयका अनुसार विगत चार वर्षकै अवधिमा कर सहभागिताको सङ्ख्या निकै बढेको छ । करदाताका रूपमा आफूलाई दर्ता गराउनेको सङ्ख्या विगत चार वर्षमा…

Read More

झापा, २ मंसिर । कतारमा यही मङ्सिर ४ गतेदेखि फिफा विश्वकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । यसका लागि भव्य तयारी भएको छ । प्रतियोगिता सञ्चालन हुने रङ्गशालाको सजावट र कलाकारिताले रौनक थपिएको छ तर त्यही रङ्गशाला निर्माणका क्रममा ज्यान गुमाएका परिवार वा अङ्गभङ्ग वा दीर्घरोगी भएर वा तोकिएको तलब सुविधा नपाई फर्केका श्रमिकको रोदन कम्ती दर्दनाक छैन । रङ्गशाला निर्माणका क्रममा धेरै आप्रवासी कामदारले पसिना बगाएका छन् र पीडा भोगेका छन् । त्यसमा नेपाली श्रमिकको सङ्ख्या पनि ठूलो छ । यस्तैमध्येकी एक हुन्, मकवानपुर शिखरपानी–१५ की निर्मला पाख्रिन । निर्मलाका २४ वर्षे श्रीमानले कतारमा रङ्गशाला निर्माणकै क्रममा ज्यान गुमाए…

Read More