
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २७ कात्तिक । हरिकुमार राना, झापा–२ का लागि परिचित नाम हो । यसपटक झापा क्षेत्र नम्बर दुईमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार छन्, उनी । राना यो क्षेत्रका लागि नौलो नाम हैन । उनी लामो समयदेखि कम्युनिष्ट राजनीति आन्दोलनमा छन् । संगठन र पार्टीको काम मात्र हैन उनी निरन्तर जनताको काममा छन् । तीन दशकदेखि जनप्रतिनिधिको रूपमा काम पनि गरेका छन् । त्यसकारण उनी जनताको सुख दुःखमा साथसाथै छन् । संसदीय यात्रामा पहिलोपटक पाइला अघि बढ्का छन्, रानाका । तर, यसअघि उनी तीनपटक जनप्रतिनिधिको रूपमा काम गरिसकेका छन् । ०४९ र ०५४ मा साविक शनिश्चरे गविसको अध्यक्ष भएर सफलतापूर्वक काम…
ताप्लेजुङ, २७ कात्तिक । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो बिहान साढे ६ बजे खोक्सेबाट सुकेटारतर्फ जादै गरेको प्रदेश १–०२–००३ ह ३९०० नम्वरको अटो टेम्पो अनियन्त्रित भई सडकबाट तल झरी दुर्घटना हुँदा टेम्पोमा सवार रहेका पाथिभरा याङबरक गाउँपालिका–१ का ७५ वर्षीय धनबहादुर गुरुङ र उनकै नाति ११ वर्षीय इशान गुरुङको घटना स्थलमा नै मृत्यु भएको हो । दुर्घटनाबाट घाईते भएका चालक गंगा राम राईको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट थप अनुसन्धान भइरहेको छ ।
बिर्तामोड, २७ कात्तिक । झापाको बुद्धशान्ति गाउँपालिकाबाट शनिबार राति ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कचनकवल–१ घर भई बुद्धशान्ति–३ मा बस्दै आएका मोहमद हुसेन रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय धुलाबारी र इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबरा राति करिब ९ बजे चेकजाँचका क्रममा हुसेनको साथबाट १०२ ग्राम ब्राउनसुगर बरामद गरेको उहाँले बताउनुभयो । ब्राउनसुगरसहित पक्राउ परेका हुसेनलाई सोधपुछ गर्दा मेचीनगर–८ का विकास राजवंशीसहित भारतबाट खरीद गरेर ल्याएको बयान दिएका थिए । उनको बयानको…
झापा, २७ कात्तिक । मेचीनगरमा पुलबाट झरेर मृत्यु हुनेको पहिचान खुलेको छ । बुद्धशान्ति ५ बस्ने ४५ वर्षिय होमबहादुर पोखरेलको पुलबाट झरेर मृत्यु भएको हो । दोकानडाँडादेखि पूर्व मेचीनगर ३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पाखरेलको राति नै मृत्यु भएको र स्थानीय आज बिहान देखेर प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए ।
विरोध सुवेदीविश्व परिवेशसगँ सात्क्षात्कार गरिरहेको नेपालका आजको युवा पुस्ता आफ्नो मुलुक पनि आजका बिकशित मुलुकहरुसगँ बिकासका सम्पूर्ण सुचाङ्कमा प्रतिस्पर्धा गर्न सकोस् भन्ने चहाना राख्छ । चहाना पुरा नहुने देखे पछि चरम असन्तुष्टि बिभिन्न तरिकाले व्यक्त गरिरहेको छ । यहीँ दशक युवाहरुको असन्तुष्टिका कारण बिश्वका विभिन्न देशहरुमा बिद्रोह जन्मिएको साक्षी हामी छौँ।अरब राष्ट्रहरुको स्प्रिङ अरब आन्दोलन , चिलीको बिद्यार्थी आन्दोलन , हङकङमा प्रजातन्त्रका लागि भएको आन्दोलन आदिमा व्यवस्था बिरुद्धको युवा असन्तुष्टि व्यापक रुपमा देखा पर्यो । हाम्रो देशमा पनि उत्तरराणाकालमा व्यवस्था बिरुद्ध अनेक संघर्षको नेतृत्व युवाहरुले लिए। अहिलेको राजनैतिक दलको स्थापित नेतृत्व यिनै व्यवस्था बिरुद्धको संघर्षहरुबाट जन्मिएको हो । अब अहिलेको…
बिर्तामोड, २७ कात्तिक । मनमोहन प्राविधिक विश्वविद्यालयले विद्यार्थी भर्ना अभियान २०७९÷०८० का अन्तरगत अन्तरक्रिया गरेको छ । प्रदेश १ सरकारको लगानीमा मोरङको बुढीगंगा गाउँपालिका–४ हात्तीमुढामा स्थापना भएको देशकै पहिलो विश्वविद्यालयले शनिबार बिर्तामोडमा दोस्रो शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अभियान अन्तरगत सञ्चारकर्मीसँग अन्तरिया गरेको हो । विश्वविद्यालयले स्नातक तहका लागि सिभिल ईन्जिनियरिङ र इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक इन्जिनियरिङका लागि भर्ना खुलेको विश्वविद्यालयका उपकूलपति डा.सुवासश्री पोखरेलले जानकारी दिनुभयो । सिभिलमा ४८ र इलेक्ट्रिकमा २४ सीटमा भर्ना खुलेको छ । विश्वविद्यालयले आफ्ना उद्देश्य, लक्ष्य, योजना तथा कार्यक्रमको बारेमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । विश्वविद्यालयका उपकुलपति पोखरेलले प्रदेश सरकार मातहतमा सञ्चालन भएको र…
झापा, २७ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री तथा क्षेत्र नं १ का उम्मेदवार विश्वप्रकाश शर्माले आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई रेस्लिङका रुपमा नभएर गठबन्धनले उत्सवका रुपमा लिएको बताएका छन् । मतदातासँगको भेटघाट कार्यक्रममा मेचीनगर नगरपालिका–८ मा आयोजित कार्यक्रममा महामन्त्री शर्माले सो बताएका हुन् । उनले निर्वाचनमा प्रतिस्पर्धा हुनु स्वाभाविक भएको बताउँदै विपक्षी दलका उम्मेदवारलाई समेत सकारात्मक सोचको विकास गर्न आग्रह गरे । उनले युवादेखि ज्येष्ठ नागरिकसम्मले मत माग्दै गाउँगाउँ पुग्दा जितको शुभकामना दिँदै फूलको माला र अबिरको टीका लगाइदिँदा आफूलाई हौसला मिलेको बताए । महामन्त्री शर्माले यसपटकको निर्वाचनमा आफूले भारी मतका साथ जित्ने दाबी गरे ।…
झापा, २७ कात्तिक । निर्वाचन आयोगले यही मंसिर ४ गत हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २ लाख ४६ हजार कर्मचारी खटाउन लागेको छ । आयोगका अनुसार देशभर २२ हजार २ सय २७ मतदान केन्द्र तथा १ सय ४१ अस्थायी मतदान केन्द्र राखिने भएका छन् । यसैगरी करिब १० हजार ८ सय मतदान स्थल राखिन लागेका आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए । उनका अनुसार कारागारमा अस्थायी मतदान केन्द्र राखिने भएको छ । गत स्थानीय तहमा करिब २ लाख कर्मचारी परिचालन गरिएको थियो । यसपटक स्थानीय तहको तुलनामा करिब ५० हजार थप कर्मचारी खटाउन लागिएको अर्यालले बताए । संघीय मामिला…
झापा, २७ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन भएको छ । नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन गर्न स्वीकृति प्रदान गरेकी थिइन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार मतदान सुरु हुनुभन्दा १० दिन पहिले तोकिएको स्थानमा पुगी सुरक्षा तयारी सुरु गरेको छ । निर्वाचन सुरक्षार्थ परिचालन भएसँगै एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनाले केन्द्र, प्रदेश र जिल्लामा निर्वाचन सुरक्षा कक्षसमेत स्थापना गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले निर्वाचन सुरक्षार्थ नेपाली सेना गत कात्तिक ४ गतेदेखि…
झापा, २७ कात्तिक । आर्थिक कारोबार गर्दा बेरुजु आउने गरी गर्ने र बेरुजु नहुने गरी गर्नेलाई दण्ड र पुरस्कारको प्रावधान कार्यान्वयन नहुँदा नेपालमा प्रत्येक वर्ष बेरुजु बढेको पाइएको छ । बेरुजु फर्स्योट गर्ने र नगर्नेबीच कुनै किसिमको फरक नहुँदा बेरुजु बढ्ने र फर्स्योट नहुने समस्या देखिएको सरकारी अध्ययनले देखाएको हो । राष्ट्रिय योजना आयोगले तयार गरेको ‘नेपालमा लेखापरीक्षण र बेरुजु फर्स्योटको स्थिति अध्ययन प्रतिवेदन, २०७९’ले दण्ड र पुरस्कारको व्यवस्था नहुँदा दण्डहीनता मौलाएकाले यस्तो प्रवृत्ति देखिएको उल्लेख गरेको हो । प्रतिवेदनले नेपालको लेखापरीक्षणमा देखिएको समस्या र बेरुजुको बढ्दो प्रवृत्तिलाई बुँदागत रूपमा उजागर गरेको छ । खासगरी आयोजनाको आवश्यकता पहिचान र कार्यक्रमहरूको…