
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सन्तोष सुवेदीपाख्रीबास, (धनकुटा), १० माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय झण्डाको दुरुपयोग गर्नु गैरकानुनी गतिविधि भएको बताउनुभएको छ । शनिबार जिल्ला समन्वय समिति धनकुटामा आयोजित धनकुटा लेडी जेसिसको सातौं पद हस्तान्तरण कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय झण्डा ओढेर कुनै पनि गतिविधि गर्नु कानुनविपरीत भएको बताउनुभयो । उहाँले राष्ट्रिय झण्डाको अपमान गर्न नपाइने स्पष्ट पार्नुभयो । विभिन्न पार्टीले चुनाव प्रचारको क्रममा राष्ट्रिय झण्डाको दुरुपयोग गरेको भन्दै राष्ट्रिय एकता र प्रतिकको अवमूल्यन भएको बताउनुभयो । यस्तै, उहाँले नेपालीको साझा प्रतिकका रुपमा रहेको राष्ट्रिय झण्डा ओडेर भोट माग्ने, व्यक्तिका घर, सार्वजनिक प्रतिष्ठान, सम्पत्तिमा…
काठमाडौं, १० माघ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका ५२ जना युवा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० मा प्रवेश गरेका छन्। उनीहरू आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा पार्टीमा प्रवेश गरेका हुन्। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाएर नवप्रवेशी युवाहरूलाई स्वागत गरे। नवप्रवेशीहरूलाई स्वागत गर्दै पार्टी संयोजक प्रचण्डले देश वर्तमान संकटबाट मुक्त गराउन नेपाली कम्युनिष्ट पार्टीलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए । उलले पछिल्लो समय क्रान्तिकारी कम्युनिष्टसहित एमालेलगायत विभिन्न वामपन्थी दलबाट नेकपामा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढेको बताए । चुनावका क्रममा हुने आर्थिक तथा अन्य प्रकारका…
एजेन्सी, १० माघ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको चित्राल जिल्लामा हिमपहिरो जादा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै एक जना बच्चालाई जीवितै उद्धार गर्न सफल भएको अधिकारीहरूले बताएका छन् । यो घटना जिल्लाको पाहाडी क्षेत्रमा भएको हो, जहाँ भारी हिमपातका कारण हिमपहिरो आउदा १० जनाको परिवारलाई हिउँ र भग्नावशेषमुनि पारेको उद्धार प्रवक्ता बिलाल फैजीललाई उदृत गर्दै सिन्हुवाले जनाएको छ । भारी हिमपात र चरम मौसमको अवस्थाले पाहाडी क्षेत्रहरूमा हिमपहिरो लगाएतका घटनाहरूको जोखिमलाई उल्लेखनीय रूपमा बढाएको र बासिन्दाहरूलाई अनावश्यक यात्रा नगर्न र रहन सतर्क रहन आग्रह गरेको उनले बताए । यस क्षेत्रमा प्रतिकूल मौसमको अवस्था जारी रहँदा उद्धार टोलीलार्ई उच्च…
काठमाण्डौ, १० माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई दुःख दिने काम गरिरहेको बताउनुभएको छ । गृहजिल्ला झापाबाट हिजो काठमाण्डौ फर्कने क्रममा सरकारले विमानस्थलमा आफूलाई सुन तस्करलाई जस्तो अपमानित व्यवहार गर्ने काम गरेको उहाँको भनाइ थियो । पार्टी मुख्यालय च्यासलमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले माथिबाट आदेश आएको छ भनेर विमानस्थलमा आफूमाथि अपमानित व्यवहार भएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘अस्ति म यताबाट झापा जाँदा अलि राम्रै व्यवहार गरेको थियो एयरपोर्टमा । हिजो फर्केर आउँदा के के न सुन तस्कर हुँ कि जस्तो गरेर चेकिङ गर्यो । हैरान पारेको छ । किन त्यस्तो गरेको भन्दा…
भद्रपुर, ९ माघ । झापाबाट केन्द्रीय कार्यालयमा सरुवा भएका प्रहरी उपरीक्षक राजन लिम्बूलाई झापा उद्योग वाणिज्य संघले सम्मानसहित विदाइ गरेको छ । संघको सभाहलमा आज एक कार्यक्रम आयोजना गरी प्रहरी उपरीक्षक लिम्बूलाई सम्मानसहित विदाइ गरेको हो । एकवर्षे कार्यकालमा झापामा विवादरहित ढंगले उद्योगी–व्यवसायीलगायत झापाली नागरिकलाई शान्ति–सुरक्षाको प्रत्याभूति गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा एसपी लिम्बूलाई सम्म्मापत्रसहित मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष एवम् झापा औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले सम्मानपत्र हस्तान्तरण एसपी लिम्बूलाई सम्मानपत्रसहित मायाको चिनो हरुतान्तरण गरेका थिए । कार्यक्रममा संघका उपाध्यक्ष बाबुराम पराजुलीसहित पदाधिकारी–सदस्यहरुले एसपी लिम्बूलाई खादा अबिर…
झापा, ९ माघ । गत वैशाखदेखि हालसम्म देशभर कुल पाँच हजार ९६६ वटा विपद्का घटना घटेका छन् । विपद्मा परेर चार सय २४ जनाको ज्यान गएको छभने एक हजार छ सय ४३ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर ३८ जना बेपत्ता भएका छन् भने ११ हजार ५३५ परिवार प्रभावित भएका छन् । प्राधिकरणका अनुसार सबैभन्दा धेरै आगलागीका घटना भएका छन् । दुई हजार ६९२ वटा आगलागीका घटना हुँदा ७५ जनाको अकालमा ज्यान गएको छ । यस्तै, चार सय ४२ जना घाइते हुँदा दुई हजार ९९६ परिवार प्रभावित भएका छन् । त्यसैगरी,…
झापा, ८ माघ । झापाको गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारीस्थित नेपाल–भारत सिमानामा प्रहरीले लागुऔषधसहित एक मोटरसाइकल नियन्त्रणमा लिएको छ । माघ ८ गते दिउँसो करिब १२ः०० बजे प्रचौ कुञ्जिबारीबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल नेपाल बीओपी कुञ्जिबारीको संयुक्त चेकजाँच टोलीले भारततर्फबाट नेपालतर्फ आउँदै गरेको मे ३ प २९६८ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा चालक फरार भएको थियो । मोटरसाइकलको लेगार्डमा लुकाइएको प्लास्टिकको झोलामा चिनि बीचमा राखेर पोको पारेको खैरो लिसाइलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। उक्त मोटरसाइकल र लागुऔषध जस्तो देखिने पदार्थलाई नियन्त्रणमा लिएर इप्रका झिलझिलेमा साँझ ६स्०० बजे ल्याइएको थियो। मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लास्टिकसहित करिब…
झापा, ९ माघ । आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्ने तथा बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी…
झापा, ९ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।…
झापा, ८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा मतदाता र मतदानस्थललाई भयरहित बनाउन सुरक्षा निकायले मतदानस्थलको तीन तहमा वर्गीकरण गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालले जिल्लाका ९५ वटा मतदानस्थललाई अतिसम्वेदनशीलका रूपमा राखिएको बताए । जिल्लामा रहेका २८५ मतदानस्थलमध्ये १४७ सम्वेदनशील र ४३ वटा मतदानस्थल सामान्य रहेको उनले जानकारी दिए । जिल्लामा ८१५ वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिने उनले बताए । प्रजिअ गेलालले क्षेत्र नं ५ मा सुरक्षा सम्वेदनशीलतालाई ख्याल गर्दै विगतमा भन्दा बढी सुरक्षाकर्मी आवश्यक पर्ने देखिएपछि…