झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ८ माघ । झापा बिर्तामोड नगरपालिका–५ मा एक बर्षअघि स्थापना भएको गायत्री माता मन्दिरको प्रथम वार्षिकोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । वार्षिकोत्सवको अवसरमा आयोजित मन्दिर स्थापना तथा निर्माणमा सहयोग पु¥याउने दाताहरूलाई सम्मानसहित विशेष पूजा–अनुष्ठान, धार्मिक प्रवचन र सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको मन्दिर निर्माण समितिका संयोजक तथा संरक्षक रौनक बंशलको जानकारी दिएका हुन् । वार्षिकोत्सवका अवसरमा भोलि ९ गते साँझ ६ बजेदेखि प्रसिद्ध भजन गायक राजु अधिकारी, रोशन अधिकारी र गुञ्जन दाहालसहितको टोलीले संगीतमय भजन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । साथै, भव्य श्रृंगारसहित महाप्रसाद वितरण गरिने जनाइएको छ । त्यस्तै मन्दिर निर्माणमा सहयोग पु¥याउने स्थानीय सरकार, प्रदेश…

Read More

भद्रपुर, ८ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित समुदायबाट अत्यन्त न्यून उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले बझाङबाट सहमहामन्त्री प्रकाश रसाइली स्नेहीलाई मात्रै उम्मेदवार बनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट डडेल्धुरामा चक्र स्नेहीलाई र बर्दिया–२ बाट बाट विमला विकलाई उम्मेदवार बनाइएको छ । नेपाली कम्युनिष्ट पार्टीले स्याङ्जा–२ बाट पदम विश्वकर्मा र कञ्चनपुर–३ बाट मानबहादुर सुनारलाई मात्रै टिकट दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँके–३ बाट खगेन्द्र सुनारलाई उम्मेदवार बनाएको छ । दलित आन्दोलनका अगुवा तथा पूर्वराजदूत पदम सुन्दासले मुख्य ठूला राजनीतिक दलहरूले नै दलित समुदायलाई भोट बैङ्क बनाएको तर अवसरबाट सधैँ वञ्चित गर्दै…

Read More

भद्रपुर, ८ माघ । चालु आर्थिक वर्ष २०८२–८३ को पुस मसान्तसम्म पूर्वी नाका काँकरभिट्टाबाट रु नौ अर्ब ७७ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ, मट्टितेल गरी रु नौ अर्ब ७७ करोड दुई लाख ३२ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार अघिल्लो आव २०८१र८२ को सोही अवधिको तुलनामा रु ५१ करोड ५९ लाख ४३ हजार अर्थात् पाँच दशमलव ६० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व पाँच दशमलव ७० प्रतिशत अर्थात् रु…

Read More

झापा, ८ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ । सबैजसो मुद्राको भाउ विगत केही दिनदेखि लगातार बढ्दै आएको छ । आज अमेरिकी डलर १ को खरिदर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०२ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर अहिलेसम्मकै सबैभन्दा महँगो हो । हिजो अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा थियो । गएको पुस २ गते अमेरिकी डलर १ को खरिदर १४५ रुपैयाँ…

Read More

झापा, ८ माघ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ । हाल कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा तुवालो लागेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्ने छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । त्यसैगरी, आज राति तराईका केही स्थानमा हुस्सु लाग्ने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका…

Read More

झापा, ८ पुस । दुई कट्टर विरोधीको चुनावी प्रतिस्पर्धाले झापामा सुरक्षा चुनौती थपिएको छ। झापा–५ मा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएर उनीसँग भिड्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहबीचको प्रतिस्पर्धाले चुनौती बढेको सुरक्षा निकायको विश्लेषण छ। मंगलबार मनोनयन दर्ताका क्रममा पनि दुई समूहबीच झडप भएको थियो। त्यसअघि झापा पुगेकै दिन ओलीले सुरक्षामाथि प्रश्न उठाएका थिए। तर ओलीको प्रश्न भने एसपी सरुवाप्रतिको असन्तुष्टि थियो। सरकारले झापाका प्रहरी प्रमुख राजन लिम्बूलाई सरुवा गरेर बसुन्धरा खड्कालाई खटाएको छ। लिम्बू फिर्ता भएपछि खड्काले शुक्रबारदेखि देशकै ठूलो सुरक्षा चुनौती मानिएको जिल्लाको कमान्ड सम्हाल्नेछिन्। उनी…

Read More

झापा, ७ माघ । झापाको शिवसताक्षी नगरपालिका–६ जामबारीस्थित झिलझिले–कुञ्जिबारी सडक खण्डमा आज साँझ ट्याक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ । मे १ त ७५६३ नम्बरको ट्याक्टर बिष्णु चोकबाट जनता चोकतर्फ जाँदै गर्दा सहचालक २२ वर्षीय नारायण राजवंशी अचानक ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि आम्दा अस्पताल दमक लगिएको थियो । तर, साँझ ६ः५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि ट्याक्टर चालक ३० वर्षीय नितेस घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याक्टर इलाका प्रहरी कार्यालय शिवगञ्जको नियन्त्रणमा रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

भद्रपुर, ७ पुस । झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ आजदेखि शुरु भएको छ । झापा उद्योग बाणिज्य संघको आयोजनामा भद्रपुर नगरपालिका–८ स्थित मेची रंगशालामा आजदेखि शुरु भएको महोत्सवको पूर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गर्नुभएको छ । आजदेखि शुरु भएको माघ २१ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा महोत्सवको औचित्यमाथि प्रकाश पार्नुहुँदै झापा उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष एवम महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो । जिल्लाको उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउनुका साथै आन्तरिक बजार…

Read More

झापा, ७ माघ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । यस पटक एसइई परीक्षाको लागि ५ लाख १७ हजारले परीक्षा फारम भरेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले एसईई परीक्षा केही दिन पछि सारेको हो । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैतको पहिलो साता सञ्चालन गर्दै आएको छ । निर्वाचनको लागि मतपत्र र परीक्षाको प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रबाट हुने भएकाले परीक्षाको तालिकामा परिमार्जन गरिएको बोर्डले जनाएको छ ।

Read More

बिर्तामोड, ७ माघ । झापाको बिर्तामोड नगरपालिका–५ स्थित श्री गायत्री माता मन्दिरको प्रथम वार्षिक उत्सव माघ ९ गते मनाइने भएको छ । मन्दिर परिसरमा आज पत्रकार सम्मेलनको आयोजना गरी मन्दिर स्थापनाको एक वर्ष पूरा भएको अवसरमा माघ ९ गते दातालाई सम्मानसहित विशेष कार्यक्रम गरी वार्षिक उत्सव मनाउन लागिएको मन्दिरका सल्लाहकार संयोजक भेषराज भण्डारी (प्रशान्त) ले जनाकारी दिनुभयो । मन्दिर निर्माणका क्रममा सहयोग गर्ने ७५ जना दातालाई सम्मान गरिने उहाँले बताउनुभयो । त्यस्तै, विशेष पूजा तथा अनुष्ठान, धार्मिक प्रवचन एवम् सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिने उहाँले बताउनुभयो । वार्षिकोत्सवको अवसरमा प्रसिद्ध भजन गायक राजु अधिकारी, रोशन अधिकारी, गुञ्जन दाहालसहितको टोलीले साँझ ६…

Read More