झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, ७ पुस । खोटाङको केपिलासगढि गाउँपालिका ४ बक्सिला बजारमा भएको आगलागी पीडित परिवारका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आगलागी पीडित परिवारका लागि खाद्यान्न, लत्ताकपडा सहितका सामग्री खोटाङ पठाएको हो । मन्त्रालयले त्रिपाल १८ थान, कम्मल २७ थान, चामल ४ सय ५० केजी रहर दाल ४५ केजी र चिनी ४५ केजी राहत सामग्री पठाएको हो । सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले पीडितलाई उचित राहतको व्यवस्था प्रदेश सरकारले गर्ने बताउनुभएको थियो । जस अनुसार प्रदेश १ को मन्त्रीपरिषद्को बैठकले पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको थियो । बक्सिला…

Read More

झापा, ७ पुस । इलाका प्रहरी कार्यालय धुलाबारीले प्रतिबन्धित लागूऔषधसहित जनालाई पक्राउ गरेको छ । हिजो साँझ ६ बजेको झापा मेचिनगर नगरपालिका १० कनिष्का धर्मकाटा स्थितबाट इलाका प्रहरी कार्यालय धुलाबारी र लागूऔषध नियन्त्रण व्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको दार्जीलिङ कवलाजोत बस्ने २३ वर्षका सारदिन महमदलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ४५ ग्राम फेला परेकोले नियन्त्रणमा लिएको हो । महमदलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान सुरु गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

Read More

भद्रपुर, ७ पुस । नेपाल रेडक्रस सोसाइटी महेशपुर उपशाखाको सभापतिमा शमशेर तामाङ चयन भएका छन् । चार वर्षे कार्यकालका लागि गठित समितिको उपसभापतिमा लक्ष्मी कार्की, सचिव भिमप्रसाद गुरागाई, कोषध्यक्ष प्रेमबहादुर कार्की, उपसचिव नविन दर्नाल र उपकोषाध्यक्ष राजेन पौडेल चयन भएका हुन् । यस्तै सदस्यहरूमा क्रमशः कृष्णमाया श्रेष्ठ, मदनबहादुर बस्नेत, मनप्रसाद कोइराला, गोविन्दबहादुर खड्का र सुधिर राजवंशी चयन भएका छन् ।

Read More

इलामकी ६५ वर्षीय नानीमाया मगरले टुँडिखेलमा बदाम व्यवसाय गरेर मासिक लगभग रु १५ हजार कमाउँछिन् । यसै आम्दानीबाट उनले आफ्नो गुजारा चलाउँदै आएकी छन् । श्रीमान् गुमाएपछि एक्लै जीवन बिताउँदै आएकी उनी एक छाक खानाकै लागि बदाम व्यापार गर्दै आएकी हुन् । उनी ५० वर्षदेखि काठमाडौंको विभिन्न स्थानमा बदाम व्यापार गर्दै आफ्नो जीविकोपार्जन भएको बताए । तीन वर्षको उमेरदेखि नै राजधानी आएकी उनी हाल भक्तपुरको बाल्कोटमा बस्दै आएकी छन् । आफ्नो हजुरबुबा र बाबु दुवै नेपाली सेना रहेकाले सानैमा बाबाआमाका साथमा राजधानी रही आएकामा उनी ११ वर्षकै उमेरमा वैवाहिक बन्धनमा बाँधिएकी थिइन्। वैवाहिक बन्धनमा बाँधिएको तीन वर्षपछि १५ वर्षको उमेरदेखि…

Read More

भद्रपुर, ६ पुस । रोटरी क्लब अफ भद्रपुरले व्हील चियर वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएका चारजना अशक्त अपाङगहरुलाई छनौट गरी क्लबले व्हील चियर वितरण गरेको हो । बुधवार भद्रपुरस्थित होटेल उडल्याण्डमा आयोजित एक संक्षिप्त कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट किशोर पराजुलीले उक्त व्हील चेयर वितरण गरेको रोटरी क्लब अफ भद्रपुरका प्रेसिडेन्ट ईश्वर अधिकारीले जानकारी दिए । व्हील चेयर पाउनेहरूमा भद्रपुर– ३ निवासी १७ वर्षीय लेखनाथ गनगाई, भद्रपुर– २ निवासी १० वर्षीय प्रसन्न राई, भद्रपुर– ४ निवासी ३८ वर्षीय दिनलाल माझी र हल्दीबारी– ३ निवासी १६ वर्षीय मेघराज ढुङ्गेल रहेका छन । करिब ५० हजार मुल्य बराबरको ४ थान…

Read More

झापा, ६ पुस । झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १६ वटा हात्ती समेत मरेका छन् । जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जङ्गली हात्तीको आक्रमणबाट उनीहरूको मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ । जङ्गलमा निगुरो टिप्ने, घाँस, दाउरा गर्ने र कतिपयको रातको समयमा हात्तीले घरमै आक्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालयका प्रमुख जीवनप्रसाद पाठकले जानकारी दिए । उनका अनुसार मङ्गलबार मात्र बाख्रालाई घाँस काट्न जङ्गल गएका बाह्रदशी गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको हात्ती आक्रमणमा परी मृत्यु भएको छ । उनी छिमेकी…

Read More

एजेन्सी । कुकुरहरूले सडक छेउका सवारी साधन, रुख, स्तम्भ वा पर्खालमा पिसाब गर्ने गरेको तपाईंले अक्सर देख्नुभएको होला । तर यो चार खुट्टा भएको जनावरको एउटा बानी छ । तिनीहरू सधैं एउटा खुट्टा उठाएर पिसाब गर्छन् । किन यस्तो ? हामी मध्ये कमैलाई यसको पछाडिको कारण थाहा होला । मुख्य कारण यस्ता चार खुट्टा भएका जनावरहरूको संरचना यस्तो हुन्छ कि एउटा खुट्टा नउठाए उनीहरुको खुट्टामा पिसाब लाग्ने सम्भावना हुन्छ । कुकुरलाई सफा जनावरको रुपमा लिइन्छ । ऊ आफ्नो पुच्छरले जमिन सफा गरेपछि बस्छ । जमिन खनेर आश्रय बनाउँछ । अब खुट्टा उठाएन भने उसको एउटा खुट्टा पिसाबले भिज्छ । त्यसैले…

Read More

झापा, ६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाह परिवार आज बुधबार जनकपुर जाने कार्यक्रम रहेको छ। निजी भ्रमणको क्रममा पूर्वराजा शाह निर्वाचनलगत्तै गत मंसिर ६ गते पूर्वरानी कोमल र छोरी प्रेरणा, निजी सचिव डा सागर तिमल्सिनासहित झापा पुगेका थिए । झापामा निजी कार्यक्रम रहेको जानकारी गराए पनि पूर्वराजा शाहले केही राजनीतिक भेटघाटसमेत गरेको उच्च स्रोतले जनाएको छ । झापा भ्रमणलगत्तै भोलि पुस ७ गते ज्ञानेन्द्र जनकपुर भ्रमणमा निस्कन लागेका हुन् । जनकपुर भ्रमणअघि ज्ञानेन्द्रका सुरक्षा टोलीले जनकपुर पुगेर रेकी गरेका थिए । त्यहाँको सुरक्षा अवस्था र सुरक्षा निकायँग छलफलपछि जनकपुर भ्रमण तय भएको हो । जनकपुरमा उनी होटल सोल्टीमा बस्ने कार्यक्रम…

Read More

झापा, ६ पुस । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई भौतिक दुरी कायम गरी पद तथा गोपनीयताको शपथ गराइने भएको छ । नवनिर्वाचित सांसदलाई नयाँबानेश्वरस्थित संसद् भवनमा भौतिक दुरी कायम गरेर बिहीबार शपथ गराउने तयारी संसद् सचिवालयले गरेको छ । कोरोना महामारीमा भौतिक दुरी कायम गरी संसद् बैठक सञ्चालन गरिएको थियो । अहिले कोरोना संक्रमणदर न्यून छ। तापनि सम्भावित संक्रमणबाट जोगिन सदनमा सांसदको शपथ तथा बैठक सञ्चालन गर्दा भौतिक दुरी कायम गरिने भएको हो। शपथमा ठूला दल प्रत्येकलाई एउटा ुरोु उपलब्ध गराइनेछ । त्यस्तै साना दलको हकमा एउटा से विभाजन गरी कम्तीमा दुइटा दलका लागि उपलब्ध गराउने तयारी भएको संसद् सचिवालयले जनाएको छ…

Read More

झापा, ६ पुस । पाल्पा जिल्लाको सदरमुकाम तानसेनमा दुई÷तीन सय वर्षअघिको युद्धमा प्रयोग भएका हुन सक्ने तोपका गोला’ फेला परेका छन् । तानसेन नगरपालिकाको वडा नंं. ४ स्थित पुरानो गोलाखानामा (हाल पाल्पा अस्पताल नजिक) भीमसेन थापाको पालादेखि राणाकालसम्म प्रयोग हुने हतियार तोपका गोला भेटिएको हो । नेपाली सेनाले पाहुनाघर (गेस्ट हाउस) बनाउन घडेरी खन्ने क्रममा गोलाखानामा पुरानो हतियार तोपगोला भेटिएको हो । पाल्पामा नेपाली सेनाको पल्टन स्थापना भएदेखि नै गोलाखाना (तोपका गोला बनाउने स्थान) सञ्चालनमा रहेको थियो । उक्त गोलाखाना प्रजातन्त्र स्थापना भएपछि बन्द भएको बताइएको छ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

Read More