
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कनकाई, ८ पुस । झापाको कनकाई नगरपालिका–७ को आयोजनामा पाँच दिने उद्घोषण तथा लेखन तालिम शुरु भएको छ । कनकाई–७ मा गठन गरिएका टोल सुधार समितिमा आबद्ध महिलाहरुलाई बोल्न तथा कार्यक्रम सञ्चालन गर्न सक्षम बनाउने उद्देश्यले उद्घोषण तथा लेखन तालिमको आयोजना गरिएको वडा सदस्य अरुणा सुव्वाले बताइन् । कनकाई –७ का वडाध्यक्ष भिष्मभुषण सिटौलाको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य अरुणा सुव्वाले स्वागतसहित औचित्यमाथी प्रकाश पारेकी थिइन् । कार्यक्रममा वडा सदस्य भगन टुडु, कार्यपालिका सदस्य हरिलाल खवासर , ईश्वरी शिवाकोटीलगायतको आतिथ्य रहेको थियो । पाँच दिनसम्म सञ्चालन हुने उद्घोषण तथा लेखन तालिमको प्रशिक्षकमा बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला रहेका छन् ।…
कनकाई, ८ पुस । कनकाई नगरपालिकाले आज शोक विदा दिएको छ । एक सूचना जारी गर्दै कनकाई नगरपालिकाले आज शुक्रवार एक दिनका लागि विदा दिएको जनाएको छ । नगरपालिकामा कार्यरत सफाई कर्मचारी गणेश मल्लिकको गत बुधबार दुर्घटनामा निधन भएको थियो । दुर्घटनामा मल्लिकको असामयिक निधन भएपछि नगरपालिका र वडा कार्यालयहरु विदा गरिएको प्रशासकीय अधिकृत विवेक भण्डारीले जानकारी दिनुभयो । मल्लिक र सुनसरीको ईटहरी घर भएका उनका भिनाजुको पनि भारतको सिलगडीमा दुर्घटनामा परि गत बुधबार राति दुबै जनाको मृत्यु भएको थियोे । दुवैजनाको सव हिजो साझ नै घर ल्याई गणेशको कनकाई माईमा अन्त्यस्टी गरिएको र उनका भिनाजुको ईटहरी घरमा सव पठाईएको…
कनकाई, ८ पुस । तराईकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वन उपभोक्ता समुहको २१औं टोल प्रतिनिधि भेला सम्पन्न भएको छ । बिहीबार सामुदायिक वनको सभा हलमा उपभोक्ता समुहका अध्यक्ष ख्यामप्रसाद ओलीको अध्यक्षता तथा कनकाई नगरपालिका ३ का वडा अध्यक्ष युवराज चौलागाईंको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । वन संग प्रतक्ष जोडिएका ३४१७ घर धुरी सदस्य रहेको वन समुहका १७ बटै टोलका टोल प्रतिनिधिहरुको उपस्थितिमा भएको भेलामा अध्यक्ष ख्याम ओलिले वन संरक्षण समिति लगायत ९ औ कार्यसमितिको चौथो बर्षको कार्यक्रमको मुल्यांकन साथै दशौ कार्यसमितिको प्रथम बर्षको बार्षिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । त्यस्तै अध्यक्ष ओलिले आर्थिक बर्ष २०७८–७९ मा…
झापा, ८ पुस । पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी तीन विकल्पको खाका तयार गरिएको स्रोत बताउँछ । सो खाकामा आज शुक्रबारबाट घनिभूत छलफल हुँदै छ । उच्च स्रोतका अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने मोडालिटीमा एउटा खाका बनेको छ । त्यस्तै, राष्ट्रपति माओवादी केन्द्र र प्रधानमन्त्री कांग्रेसलाई दिने गरी अर्को मोडालिटी बनेको छ भने राष्ट्रपति नेकपा एकीकृत समाजवादीलाई दिने र प्रधानमन्त्री कांग्रेसले राख्ने गरी तेस्रो मोडालिटी तयार गरिएको…
झापा, ८ पुस । नयाँ सरकार गठनका लागि गृहकार्य भइरहँदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार शक्ति केन्द्रका रूपमा देखिएको छ । एक सातादेखि विभिन्न दलका नेताहरूले दाहालसँगको भेटघाटलाई तीव्रता दिएसँगै खुमलटार शक्ति केन्द्रका रूपमा स्थापित भएको हो।निर्वाचन परिणाम आएपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर छलफल गरिरहेका माओवादी अध्यक्ष दाहालले सत्ता गठबन्धनभित्र र बाहिरका पार्टीका नेताहरूसँग पनि भेटघाट गरिरहेका छन् । एमाले उपाध्यक्षद्वय सुवास नेम्बाङ र विष्णु पौडेल, सचिव रघुवीर महासेठलगायतका नेताहरूले पनि दाहाललाई भेटिसकेका छन् । यसैगरी जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादव, कांग्रेस उपाध्यक्ष पूर्णबहादुर खड्का, नेता अर्जुननरसिंह केसी, गृहमन्त्री बालकृष्ण…
झापा, ८ पुस । भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहरेका नेपाली कांग्रेस सांसद टेकप्रसाद गुरुङ र हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यका रूपमा शपथ लिएका छन् । कानुनअनुसार गुरुङ स्वतः निलम्बनमा परेका र कानुनी हिसाबले फरार सूचीमा रहेकाहरूले नै कानुन बनाउने सभाको शपथ लिएका हुन् । सशस्त्र प्रहरीका असई थमन विक हत्या अभियोगमा प्रहरीको फरार सूचीमा रहेका महतोले महोत्तरी-१ बाट एमालेको उम्मेदवार बनेर निर्वाचन भए । २०७२ को मधेस आन्दोलनमा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई खेतमा लखेटी लखेटी हत्या गरेको आरोपमा लक्ष्मीमहतो कोइरी अहिले पनि फरार सूचीमा रहेका व्यक्ति हुन्। तर, निर्वाचनको समयमा…
विराटनगर, ८ पुस । प्रदेश नंं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कुनै चमात्कारिक अवस्थाबाहेक यही सरकारको निरन्तरता हुने राष्ट्रिय परिदृश्य बन्दै गएको उल्लेख गर्नुभएको छ । हिजो मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित चालु आर्थिक वर्ष २०७९/०८० को प्रथम चौमासिक प्रगति समीक्षालाई सम्बोधन गर्दै उहाँले निर्वाचनपछि सरकार परिवर्तन हुनु स्वभाविक भएको उल्लेख गर्नुभयो । ‘सरकार परिवर्तन नहोला भन्दिनँ तर यही गठबन्धनको सरकार बन्ने राष्ट्रिय परिदृश्य म देख्दैछु’ मुख्यमन्त्री राईले भन्नुभयो । मुख्यमन्त्री राईले कर्मचारी स्थायी सरकार भएको स्मरण गराउनुहुँदै आफूले सरकार सञ्चालनका क्रममा कर्मचारीलाई सहयोगीभन्दा सल्लाहकारको रुपमा लिएको बताउनुभयो । ‘कर्मचारीका सवालमा हिजो हामीले कुनै रंग हेरेनौं, बिरालो कालो होस्् वा…
भद्रपुर, ८ पुस । दोश्रो बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणाको अवसर पारेर भद्रपुरमा विविध कार्यक्रम सम्पन्न गरिएको छ । नगर बाल सञ्जाल भद्रपुरकी अध्यक्ष भावना पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा विविध साँस्कृतिक कार्यक्रम सहित चेतनामुलक नाटक प्रदर्शन गरिएको हो । कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की, निवर्तमान प्रमुख जीवनकुमार श्रेष्ठ, भद्रपुर ७ का निवर्तमान वडाध्यक्ष विनोदप्रसाद पोखरेल लगायतले शुधकामना मन्तव्य राख्दै बाल बालिकाको अधिकार रक्षामा जोड दिएका थिए । कार्यक्रममा नगर क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले विभिन्न जातीय पहिचानका पहिरन सहित नृत्य तथा साँगीतिक प्रस्तुती राखेका थिए । बालमैत्री दिवसको अवसरमा नगरपालिकाले नगर क्षेत्रमा खुसीयाली स्वरूप…
भद्रपुर, ८ पुस । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले माघ ७ गते सम्पन्न हुने जिल्ला अधिवेशनमा नेतृत्वका लागि भद्रपुरका कुशल संगठक राजु वराललाई अध्यक्ष तथा नगर अध्यक्ष द्रोण अधिकारीलाई जिल्ला सचिव पदका लागि सर्वसम्मत सिफारिस गरेको छ । वर्तमान जिल्ला अध्यक्ष होमराज खतिवडाको टिमले दुई कार्यकाल कुशलता पूर्वक नेतृत्व गर्दै झापा जिल्लामा कार्यरत शिक्षक कर्मचारीको अधिकारको आन्दोलनमा अतुलनीय योगदान दिएको ठहर सहित आभार प्रकट गर्दै नगर समितिले अबको नेतृत्व भद्रपुरले गर्ने समेत घोषणा गरेको हो । अधिकार प्राप्तिको आन्दोलनमा अग्रजले देखाएको मार्गमा वर्तमान परिस्थितिको सामना गर्न झापाका लागि भद्रपुर इस्टु तयार रहेको प्रष्ट पार्दै बैठकले सम्पूर्ण झापाली…
भद्रपुर, ७ पुस । झापाको भद्रपुरस्थित मेची रंगशालामा ‘भद्रपुर झापा गोल्डकप’ आयोजना हुने भएको छ । भद्रपुर झापा गोल्डकप आयोजक समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी दिएको हो । फागुन अन्तिम सातादेखि सञ्चालन हुने गोल्डकपमा नेपाल र भारतका १० वटा टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो । सरकारी स्वामित्वमा रहेको मेची रंगशालामा दुई दशकयता ठूलो फुटबल प्रतियोगिता हुन सकेको छैन । दुई दशकअघि भएको त्रिभूवन मेमोरियल गोल्डकप प्रतियोगिता भएयता फुटबलका ठूला र प्रतिष्ठित खेलहरु आयोजना हुन नसक्दा मेची रंगशालाको खेल मैदान र थप पूर्वाधारलाई व्यवस्थित गर्न नसकिएको उहाँले बताउनुभयो । मेची रंगशालाको…