झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १३ पुस । पूर्वी नाका काँकरभिट्टामा रहेको हेल्थ डेक्सलाई पुनः सञ्चालन गरिने जिल्ला कोडिभ व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नयाँ भरियन्ट छिमेकी देशमा फैलिरहेको हुँदा पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने व्यक्तिका लागि हेल्प डेक्स सञ्चालनमा ल्याउने तयारी भएको हो । नेपाल–भारतबीच खुल्ला सिमाना रहेको हुँदा मानिसको आवातजावतका कारण नेपालमा पनि सङ्क्रमणको जोखिम उच्च रहेको हुँदा यसको रोकथाम र नियन्त्रणका लागि आमसमुदाय सजग एवं सचेत रहन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । मेचीनगर नगरपालिका, नेपाली सेनालगायतको सहयोग र समन्वयमा मेचीनगर–१४ मा निर्माण भइरहेको होल्ङिड सेन्टरमा एक सय बेड तयारी…

Read More

झापा, १३ पुस । एमाले नेतृत्वको नयाँ गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने पनि धेरै महत्वपूर्ण पदको भागबन्डा बाँकी नै छ। यद्यपि, राष्ट्रपति र सभामुख एमालेले पाउने ‘भद्र’ सहमति भएको छ। प्रधानमन्त्री पाएको माओवादीले उपराष्ट्रपति र रास्वपाले उपसभामुख पाउने भएका छन्। यीसहित राष्ट्रियसभा उपाध्यक्ष र एक सदस्य, सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुख, सातै प्रदेशका सभामुख तथा उपसभामुखसहित सयभन्दा बढी पद छन्। दाहालले पहिलो चरणमा तीन उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। एमाले उपमहासचिव विष्णु रिमालले मन्त्रिपरिषद्ले एक हप्ताभित्र पूर्णता पाउने बताए। एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान एवं अर्थमन्त्री, माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री…

Read More

बिर्तामोड, १३ पुस । बिर्तामोड नगरअस्पताल नयाँ भवनमा सञ्चालनमा गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । अस्पतालको निर्माणाधीन भवन यही पौष २० गतेसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेकाले माघ १ गतेदेखि नयाँ भवनमा १५ वेड क्षमताको अस्पताल सञ्चालनको काम अघि बढिरहेको नगरपालिकाका प्रुमख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिनुभयो । अस्पतालन नयाँ भवनमा सरेसंगै सेवापनि थप हुनेछन् । यहाँबाट स्वास्थ्य बिमा, दैनिक ओपीडि, उच्चस्तरिय प्रविधियुक्त ल्याव, एक्स–रे, भिडियो एक्स–रे सेवा, डायलोसिस सेवा, २४ सै घण्टा बर्थिङ्ग सेन्टर र इर्मजेन्सी सेवा सञ्चालन गर्ने गरि काम अघि बढीरहेको प्रुमख प्रशासकीय अधिकृत न्यौपानेले बताउनु भयो । उहाँले डायलोसिस सेवाका लागि रोटरी क्लबको सहयोगमा…

Read More

भद्रपुर,१२ पुस। नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सभापतिमा गोपाल गिरी सर्वसम्मत निर्वाचित हुनुभएको छ । सोसाइटीको आगामी दुई वर्षे कार्यकालका लागि सभापति गिरीसहित सम्पूर्ण कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । समितिको उपसभापतिमा शर्मिला अधिकारी, सचिवमा केदार महत, कोषाध्यक्षमा रमेश भण्डारी, उपसचिवमा धनकुमारी खरेल ‘लता’ र उपकोषाध्यक्षमा मन्जु दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ भने सदस्यहरुमा मुरारी पोख्रेल, सीता भण्डारी, मित्रप्रसाद अधिकारी र विकास कोइराला तथा महिला सदस्यमा लता कार्की चापागार्इं निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । सभापति गिरी यसअघि पनि दुर्इ कार्यकाल भद्रपुर उपशाखाको सभापति भइसक्नुभएको थियो ।

Read More

कनकाई, १२ पुस । झापा र इलाममा रहेको गैंडे सामुदायिक वन उपभोक्ता समुहको २६ औ बार्षिक साधरणसभा सम्पन्न भएको छ । जिल्ला वन कार्यालय इलामका सहायक वन अधिकृत राजकुमार खत्रीको प्रमुख आतिथ्यतामा वन समूहका अध्यक्ष नरबहादुर थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा वन समूहका अध्यक्ष थपलियाले वन समुहका सदस्यहरुका लागि निःशुल्क शव जलाउनका लागि दाउरा प्रदान गर्नेदेखि, गरिब परिवारका लागि बिमा कार्यक्रम, गम्भीर प्रकृतिका रोगहरुका लागि सहयोगदेखि लिएर, खोलामा साखु जातको काठ बगाएर ल्याउने कामको नियन्त्रणको लागि विशेष पहल लगायातको काम गर्ने प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यसैगरी, यस क्षेत्रको पर्यापर्यटनको विकासका लागि कनकाई एडभेन्चर प्रालिलाई १० बर्षका लागि भाडामा दिने लगायातका कामहरु…

Read More

झापा, १२ पुस । चालु आवमा सरकारले बजेट वक्तव्यमार्फत वृद्धि गरिएको १५ प्रतिशत तलब प्रधानमन्त्री र मन्त्रीहरूले नलिने भएका छन् । आर्थिक वर्ष ०७९–८०को बजेटमा कर्मचारीको तलब भत्तामा १५ प्रतिशतले वृद्धि गरिएको थियो । वृद्धि भएको तलब भत्ता साउन १ गतेबाट लागू भइसकेको छ । कर्मचारीको तलब वृद्धि पदाधिकारी तथा मन्त्रीहरूको तलब पनि स्वतः सोही अनुसार बढ्छ । तर, अर्थतन्त्र चालु आवका लागि मन्त्रिपरिषद्का सदस्यले बढेको तलब नलिने निर्णय सोमबारको मन्त्रिपरिषद्ले गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

Read More

झापा, १२ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनका निकटस्थ नेताहरूप्रति चौतर्फी आलोचना भएको छ । पत्नी आरजु राणा देउवा र केही विश्वास पात्रकै कारण कांग्रेसले सत्तामा सबै पद गुमाएको भन्दै सामाजिक सज्जालमा नेताकार्यकर्ताले देउवाको आलोचना गरेका हुन् । पार्टीका जिम्मेवार नेता कार्यकर्ताले नै देउवासहित आरजु राणा, डा. प्रकाशशरण महत, पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, उहाँकी पत्नी मज्जु खाँण, नेताहरू रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह र एनपी साउदसमेलाई लक्षित छरपष्ट गालीको वर्षा भएको छ। उनीहरूके कारण देउवालाई उचालेर राज्यका सबै संरचनामा पार्टीलाई शून्यतातर्फ झारेको उनीहरूको आरोप छ । नेता गुरुराज घिमिरेले त पार्टी सभापति…

Read More

झापा, १२ पुस । सरकार गठन भएको दोस्रो दिनमै सत्ता गठबन्धनभित्र विवाद उत्पन्न भएको छ। मन्त्रालय बाँडफाँडको विषयलाई लिएर गठबन्धनभित्र विवाद उत्पन्न भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गृहमन्त्री दिने विषयमा गठबन्धनभित्रकै नेताहरूबीच मतभेद् सिर्जना भएको हो । तर गृह मन्त्री नपाए सरकारलाई गरेको समर्थन नै फिर्ता लिन्छु भनेपछि गठबन्धनका नेताहरू लामिछानेलाई गृह मन्त्रालय दिन बाध्य भएको उच्च स्रोतले बताएको छ। आइतबार बालकोटमा सत्तारुढ दलबीच भएको छलफलअनुसार गृह मन्त्रालय माओवादीले पाउने सहमति भएको स्रोतले बतायो । जसका लागि माओवादीले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ वा उपमहासचिव वर्षमान पुनलाई गृह मन्त्रालय दिने तयारीसमेत गरेको थियो। तर सोमबार…

Read More

झापा, १२ पुस । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा सोमबारदेखि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शीतल निवासमा पद तथा गोपनियताको शपथ गरेपछि उनी सिंहदरबार पुगेर आफ्नो जिम्मेवारी सम्हालेका हुन् । तत्कालीन नेकपाको विभाजनसँगै प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भएका थिए । एमाले र माओवादी केन्द्रबीच २०७४ सालमा चुनावी गठबन्धन हुँदै पार्टी एकता भएको थियो । निर्वाचनपछि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए । तर, त्यो धेरै समय टिक्न नसकी कम्युनिस्ट पार्टीको झन्डै दुईतिहाइ बहुमत हुँदाहुँदै गैरकम्युनिस्टबाट प्रधानमन्त्रीका रूपमा देउवा आए । नेकपा विभाजन हुँदै तीनवटा कम्युनिस्ट पार्टी भयो । एमाले, माओवादी…

Read More

झापा, १२ पुस । छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ खोप ल्याउने प्रक्रिया अघि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेलले स्वास्थ्य सेवा विभागले गाभीमार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउने तयारी भइरहेको जानकारी दिए। उक्त खोप नयाँ भेरियन्टका लागि प्रभावकारी रहेको पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेपछि खोप ल्याउने तयारी भइरहेको हो । सचिव पोखरेलका अनुसार स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले औषधि व्यवस्था विभागसँग अनुमतिसमेत मागिसकेको छ । महाशाखाका निर्देशक डा। विवेककुमार…

Read More