झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १८ मंसिर । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ, झापा शाखाको शनिबार सम्पन्न जिल्ला अधिवेशनले कृष्णप्रसाद घिमिरेको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । घिमिरे निवर्तमान कार्यसमितिमा सचिव थिए । बिर्तामोडमा आज आयोजित आठौं वार्षिक साधारणसभा तथा चौथो जिल्ला अधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको हो । क्यानको विधानले शाखाको पहिलो बैठकबाट पदाधिकारीहरु तोक्ने तथा सदस्यहरु मनोनयन गर्ने व्यवस्था गरे अनुसार अधिवेशनले एकजना अध्यक्ष र ८ जना सदस्यहरु चयन गरेको हो । क्यान झापाको सदस्यहरुमा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ पदेन रहनेछन् । सदस्यहरुमा लोकप्रिय खनाल, विनोद श्रेष्ठ, रोशन बुढाथोकी, योगेश राजवंशी र पंकज पोखरेल निर्वाचित भएका छन् । यस्तै…

Read More

झापा, १८ मंसिर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ३ हजार ९ सय ४१ जना शिक्षकको नयाँ दरबन्दी तयार गरेको छ। यो वर्ष देशभरमा रिक्त रहेको पदमा नयाँ शिक्षक नियुक्तिका लागि केन्द्रले नयाँ दरबन्दी तयार गरेको हो । केन्द्रले देशैभरका विद्यालयमा रिक्त रहेको शिक्षकको संख्याको आधारमा तयार गरेको रिक्त दरबन्दी संख्या शिक्षक सेवा आयोगमा बुझाएको छ। केन्द्रले प्राथमिक तहका लागि ३ हजार १ सय ८६, निम्न माध्यमिकमा ४ सय २३ र माध्यमिक तहमा ३ सय ३२ पद रिक्त रहेको जनाएको छ। केन्द्रका प्रवक्ता रुद्रप्रसाद अधिकारीले सबै तथ्यांक आयोगमा पठाइसकेको जानकारी दिँदै भने, ‘हामीले तथ्यांक दिएका छौं, आयोगले विज्ञापन गरेर…

Read More

झापा, १७ मंसिर । विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन् । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल नेपाली समय अनुसार ८ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स विश्वकको क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ पुगेको थियो भने अमेरिका समूह ‘बी’ को उप–विजेता बन्दै नकआउट चरणमा पुगेको थियो । यता अमेरिका पनि आजको खेलमा जित निकाल्दै क्वाटरफाइनलमा आफूलाई स्थापित गर्ने योजनामा छ । आज हुने अर्को खेलमा अर्जेन्टिनाले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।…

Read More

झापा, १७ मंसिर । समूह चरणको अन्तिमा खेलमा ब्राजिल क्यामरुनसँग स्तब्ध बनेको छ । यसअघि नै अन्तिम १६ का लागि छनोट भएको ब्राजिल १–० गोलले पराजित भएको हो । भिन्सेन्ट अबुबकारले खेलको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । तर, लगत्तै जर्सी खोलेकोमा उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेको थियो । जीतका बाबजुद टोली नकआउट चरणमा भने प्रवेश पाउन सकेन । उता, स्वीटजरल्यान्डले सर्बियालाई ३–२ गोलले हराउँदै अन्तिम १६ स्थान पक्का गर्यो । खेलमा स्वीटजरल्यान्डका लागि जेरडान साकिरी, ब्रिल इम्बोलो र रेमो फ्रिउरलले गोल गरे भने सर्बियाका लागि अलेक्सान्डर मिट्रोविच र डुसान भ्लाहोविचले गोल गरे । समूहबाट ब्राजिल…

Read More

झापा, १७ मंसिर । अर्थतन्त्रको आन्तरिक पक्षमा सन्तुलन बिग्रिएको भन्दै निजी क्षेत्रका अगुवाहरूले चिन्ता व्यक्त गरिरहेका बेला एक सरकारी अध्ययनले पनि अर्थतन्त्र थप जटिलतातिर उन्मुख भएको देखाएको छ । नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार अर्थतन्त्र लतातिर उन्मुख भएकाले मूल्यवृद्धि अझै बढ्ने देखिएको छ । बजारमा महँगी बढ्दा त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ । चालु आर्थिक वर्ष २०७९–८० मा मूल्यवृद्धि करिब ७ प्रतिशतभन्दा तल राख्ने सरकारको लक्ष्य छ । बोर्डर लाइन क्रस गरिसकेको अवस्थामा मुद्रास्फीति अझै बढेर जाने देखिएको छ । राष्ट्र बैंकले आगामी तीन महिनापछि मुद्रास्फीति दर १० प्रतिशत पुग्ने अनुमान गरिएको छ । एक वर्षपछि अपेक्षित मुद्रास्फीति दर १२ प्रतिशत…

Read More

झापा, १७ मंसिर । अबदेखि गाउँपालिकामा पनि उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रमुख बनाइने भएको छ । अहिले सबै गाउँपालिकामा शाखा अधिकृतस्तरको कर्मचारीले कार्यालय प्रमुखको जिम्मेवारी बहन गर्दै आएका छन् । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई नेपालको संविधानले एउटै कार्यजिम्मेवारी तोकिएकाले संविधानको मर्मअनुसार गाउँपालिकामा पनि उपसचिवस्तरको कर्मचारी राख्ने तयारी भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । अहिले महानगरपालिका तथा उपहानगरपालिकामा सहसचिव र नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रूपमा जिम्मेवारी बहन गरिरहेका छन्। सरकारले तीन वर्ष अगाडि नै गाउँपालिकामा उपसचिवस्तरको कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउने तयारी गरे पनि कर्मचारी र राजनीतिक नेतृत्वबीच सहमति हुन…

Read More

झापा, १७ मंसिर । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तिम मतपरिणाम केही दिनभित्र सार्वजनिक हुँदै छ । तर, प्रत्यक्ष र समानुपातिक मतपरिणाम पूर्णरूपमा सार्वजनिक नहुँदै ‘नयाँ सरकार निर्माण’ र ‘भावी प्रधानमन्त्री’का लागि आन्तरिक गृहकार्यले तीव्रता पाएको छ । सत्तारूढ पाँच दलीय गठबन्धनमा नयाँ दल एवं स्वतन्त्र सांसदसमेत मिलाएर अघि बढ्न शीर्षनेताको दौडधुप बढेको हो । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीसहितको गठबन्धन सरकार बन्ने देखिएको छ । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, मुख्यमन्त्री, प्रदेश सभामुख, उपसभामुखलगायत प्रमुख पदमा भागबण्डा गरेर गठबन्धन सरकार…

Read More

बिर्तामोड, १६ मंसिर । झापाको मेचीनगर नगरपालिकबाट आज अवैध सखुवा जातको काठसहित दुई वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । मेचीनगर–१ स्थित गाडाँगल्लीमा पातापुरबाट आउँदै गरेको अवस्थामा करिब २५० क्यूविक फिट सखुवाको काठसहित प्रहरीले मे १ त ७८५४ र मे १ त ३७४० नंम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आज दिउँसो २ः३० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा अवैध रुपमा ल्याउँदै गरेको सखुवा जातको गोलिया काठ फेला परेको हो । प्रहरीलाई देख्नासाथ चालकहरु फरार भएको प्रहरीको भनाइ छ । नियन्त्रणमा लिइएको मे १ त ३७४०…

Read More

बिर्तामोड, १६ मंसिर । झापाको बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी सस्थाको २२औ वार्षिक साधारणसभाको वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ । आज संस्थाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि प्रतिवेदन सार्वजनिक गरिएको हो । सस्थाका अध्यक्ष टसबहादुर प्रधान, कोषाध्यक्ष एकराज विष्ट, कार्यकारी प्रमुख कुमार याक्सो लगायतले प्रतिवेदन सार्वजनिक गर्नुभएको हो । संस्थाले आव २०७८/०७९ मा ७७२ जनालाई मृत्यु राहत स्वरुप ६९ लाख ३ हजार उपलब्ध गराएको छ । सस्थाको इकाइगत साधारणसभा मंसिर २१ गतेदेखी हुनेछ भने अन्तिम माइन्युट प्रमाणिकरण भेला पुस २४ गते हुनेछ ।संस्थाका अध्यक्ष प्रधानले मुलुकमा ब्याप्त बित्तीय संकटका बाबजुद सदस्यलाई लगानी गरिएको बताउनुभयो ।संस्थाले गत आवमा १२…

Read More

झापा, १६ मंसिर । विश्वकप फुटबलमा आज (शुक्रबार) बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का अन्तिम खेलहरु हुन लागेका हुन् । आज हुने समूह ‘एच’ पहिलो दुई खेलहरुमा दक्षिण कोरियाले पोर्चुगलसँग खेल्नेछ । सोही समयमा हुने अर्काे खेलमा घानाले उरुग्वेको सामना गर्नेछ । आजको खेलमा समूह ‘एच’को एक टोलीको विश्वकप सम्भावना निर्धारण गर्नेछ । दुबै खेल नेपाली समय अनुसार राति ८ः४५ मा सुरु हुनेछ । यस समूहबाट पोर्चुगल एक खेल अगावै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । आजको खेलमा जित निकाल्दै घाना अघिल्लो चरण प्रवेश गर्ने योजनामा हुनेछ । उरुग्वेलाई पनि जित निकाल्दै पर्ने बाध्यता छ…

Read More