
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १२ पुस । प्रदेश नं. १ को झापा, सुनसरी र उदयपुर गरेर तीन जिल्लामा एक वर्षमा पाँच वटा हात्ती मरेका छन् । झापामा दुई, सुनसरीमा दुई र उदयपुरमा एक गरेर प्रदेश नं. १ का तीन जिल्लामा पाँच जङ्गली हात्ती मरेको कोसीटप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रमेश यादवले बताए । वन्यजन्तु र मानव द्वन्द्वमा कारणले प्रदेश १ को झापा, सुनसरी र उदयपुरमा जिल्लामा एक वर्षमा पाँच र १६ महिनामा सात वटा जङ्गली हात्तीको ज्यान गएको आरक्ष क्षेत्रका स्थानीय हरि यादवले बताए । कोसीटप्पु वन्यजन्तु आरक्षसम्म भारतको आसामबाट आउने हात्तीको आक्रमणबाट र स्थानीयले थापेको विद्युतीय धरापमा परेर हात्ती मर्ने गरेको उनले…
विराटनगर, ११ पुस । प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सभाको प्रथम अधिवेशन यही मिति २०७९ पुस १७ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेश सभाको प्रथम अधिवेशन यही मिति २०७९ पुस १७ गते आइतबार अपरान्ह ०१ः०० बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं यातायात व्यवस्था तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्न नेपालको संविधानको धारा १६६ को उपधारा (२) बमोजिम माननीय…
गायक सुवास पोखरेलको स्वरमा रहेको “विहे गर्दिन” गीतको भिडियो सार्वजनिक भएको छ । सुवास पोखरेलको शव्द तथा संंगीतमा र लक्षु प्रकाश मल्लको एरेन्जमा रहेको गीतलाई निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । फरक ढंगबाट निमार्ण गरिएको गीतमा जिवनको रमाइलो पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । दिनेश पराजुलीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा याम गुरुङको कोरियोग्राफी तथा निर्देशन रहेको छ । गीतको भडियोमा लोमश शर्मा ,याम गुरुङ , सेजल पौडेल , पार्वती चौधरी लगायतको फिचरिङ रहेको छ । गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/aVF08mLRzes” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture”…
चन्द्रगढी, १० पौष । राष्ट्रिय खेलकुद परिष्दले तेक्वान्दो संघ विघटन गरेर महासंघ गठन गरेकोमा झापा जिल्ला तेक्वान्दो संघले तत्काल गल्ती सच्चाउन माग गरेको छ । यसै विच नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति झापाले शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत जानकारी गराउँदै जिल्ला खेलकुद विकास समिति झापामा तालाबन्दी गरेको थियो । जिल्ला खेलकुद विकास समितिमा लगाइएको तालावन्दी अझै खोल्न सकेको छैन । राखेपमा २७ नम्बरमा दर्ता भएको नेपाल तेक्वान्दो संघ नाम उस्तै भए पनि फरक उद्देश्य र विधान पेश गरी राखेपमा दर्ता भएका संघबीचको जबर्जस्ती एकता सम्भव रहुने संघर्ष समितिका संयोजक , जिल्ला तेक्वान्दो संघ सदस्य , डोजाङ्ग प्रमुख दिपेन धिमालले बताए…
झापा, ११ पुस । सत्तारूढ गठबन्धनभित्र राष्ट्रपति र प्रधानमन्त्री मुख्य दुई पदमा गाँठो थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा नेपाली कांग्रेसले अडान राख्यो । नेकपा माओवादी केन्द्र राष्ट्रपति छाडेर प्रधानमन्त्री लिन मन्जुर थियो । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले बरु राष्ट्रपति छाड्ने तर प्रधानमन्त्री कुनै हालतमा नछाड्ने हठ लिए । आइतबार बिहानै सोही सन्देशसहित देउवाले नेता विमलेन्द्र निधिलाई दूत बनाउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पठाए । तर, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला प्रधानमन्त्री प्रचण्डलाई नै बनाउन तयार थिए । सोही आशयसहित पौडेल र प्रचण्डबीच संवाद पनि चलिरहेकै थियो । प्रचण्ड राष्ट्रपतिसहित सभामुख…
झापा, ११ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचनपछि धेरैले सोध्ने एउटै प्रश्न थियो ‘सरकारमा जानेबारे एमालेले के सोच्दैछ ?’ उनको जवाफ हुन्थ्यो, ‘अहिल्यै चासो राख्यो भने बाच्छालाई हात्तीको भाउ भन्छन्। चुप लागेर बस्यो भने अन्त्यमा त्यही बाच्छो बोकाको भाउमा पाइन्छ।’ भयो पनि त्यस्तै। चुप लागेरै गठबन्धन भत्काइदिए। निर्वाचनमा तेस्रो बनेको माओवादी केन्द्रका अध्यक्षलाई प्रधानमन्त्री बनाए। सत्ता हातमा लिन सफल बने। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय घर्कन लाग्दा आइतबार राष्ट्रपति, सभामुख र आधा कार्यकालपछि प्रधानमन्त्री पाउने गरी ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पहिलो लटमै प्रधानमन्त्री बनाए । अघिल्लो दिन अर्थात् शनिबार मात्र ओलीले भनेका थिए, ‘प्रचण्डको…
झापा, ११ पुस । संविधानसभाबाट जारी भएको नयाँ संविधानअनुसार पहिलो आम निर्वाचन गराएका कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गर्दै पाँच वर्षअघि बालुवाटारबाट बाहिरिएका थिए । ओलीले दुईपटक प्रतिनिधिसभा विघटनको प्रयास गर्दा त्यसलाई जोगाउँदै प्रधानमन्त्री बनेका देउवाले मंसिर ४ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन गराए । यसपटकको चुनावपछि ठुलो दल बने पनि महत्त्वपूर्ण पद आफैँले राख्ने महत्त्वाकाङ्क्षा राख्दा कांग्रेस पाँच वर्षअघिकै नियति बेहोर्नुपर्ने अवस्थामा पुगेको छ । निर्वाचनपछिको पहिलो सरकारको नेतृत्व आफैँले गर्ने महत्त्वाकाङ्क्षाले तत्कालका लागि कांग्रेस संघ र प्रदेशको सरकारबाट बाहिर पर्ने भएको छ । उपराष्ट्रपति, राष्ट्रपति, सभामुखसहितका महत्त्वपूर्ण पदमा पनि कांग्रेसको हिस्सेदारी अहिलेकै…
झापा, ११ पुस । चालू आर्थिक वर्षको पाँच महिना ९साउन–मङ्सिर०मा इन्धन आयात ११ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनाको अवधिमा ८९ अर्ब ३० करोड ९६ लाख छ हजार रुपियाँ बराबरको नौ लाख ८८ हजार ९२८ किलोलिटर ९डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन, ग्यास० आयात भएको छ । अघिल्लो वर्ष सो अवधिमा एक खर्ब ९८ करोड ८२ लाख ९८ हजार रुपियाँ बराबरको २० लाख ५५ हजार ५९३ किलोलिटर इन्धन आयात भएको थियो । इन्धन आयात परिमाणमा आधाभन्दा बढीले घटेको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायले इन्धनको खपत कम हुँदा आयातमा कमी आएको जानकारी दिए । विकास निर्माणको काम नहुँदा…
झापा, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आजै राष्ट्रपति भवन शीतल निवासमा पुगेर ७ दलको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन निवेदन दर्ता भएको थियो । ‘उपरोक्त सम्बन्धमा सम्माननीय राष्ट्रपतिज्यूबाट २०७९ पुस ३ गते नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्नका लागि दाबी पेस गर्न आह्वान भएकोमा सोही समय सीमाभित्रै प्रतिनिधिसभा सदस्य तथा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता श्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री पदमा हाम्रो…
झापा, १० पुस । झापाको गौरीगञ्ज गाउँपालिका–६ डौवाबारीमा रहेकोे नगेन्द्र ढकाल घरै छेउमाको धानमा आगलागी भएको छ । धानमा थ्रेसर लगाउने क्रममा आज बिहान करिब ११ बजे आगलागी भएको हो । ढकालको पौन दुई विगाह खेतको धान र बाबुराम राजवंशीको ट्याक्टर र थ्रेसर पराल समेत जलेर नष्ट भएको छ । स्थानीयको सहयोगमा केही धान मात्र जल्नबाट बचाएको पीडित ढकालले जानकारी दिनुभयो । गौरादह, दमक, इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएका प्रहरी र स्थानीयवासीले सहयोगमा करिव डेढ घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।