
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
थाइल्याण्डबाट एउटा अनौठो घटना बाहिर आएको छ । यहाँ एक व्यक्तिले सडक यात्राको क्रममा आफ्नी श्रीमतीलाई बिर्सिएर बाटोमा नै छोडिदिए । त्यसपछि श्रीमती २० किलोमिटर पैदल हिँडेर पुलिस थाना पुगिन् । यो घटना क्रिसमसको दिन अर्थात् आइतबारको हो । ५५ वर्षीय बुन्टम च्यामुन र ४९ वर्षीय अमानु चेमुन आइतबार महा सराखाम प्रान्तमा बिदा मनाउन घर जाँदै थिए । दुबै जना गाडीमा थिए । बिहान करिब ३ बजे, बुन्टमलाई शौचालय जान मन लाग्यो । नजिकै सार्वजनिक शौचालय नभएकाले बुन्टमले कार सडकको छेउमा पार्क गरे । यस क्रममा अमानु पिसाब फेर्नका लागि जंगलमा गए । बुन्टमले आफ्नी श्रीमतीलाई कारबाट बाहिर निस्केको देखेनन्…
झापा, १५ पुस । सरकारले कर्मचारी सरुवासम्बन्धी कामलाई पारदर्शी र सहज बनाउने उद्देश्यले तीन वर्षअघि सुरु गरेको अनलाइन सरुवा प्रणाली क्रमशः भौतिक सरुवा प्रणालीतिरै फर्कन थालेको छ। कर्मचारीले सरुवाका लागि अनलाइनको माध्यमबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आवेदन पठाए पनि पुनः हातमै लिएर आवेदनकर्ता स्यवं मन्त्रालय धाउन थालेका छन्। गत मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन आचारसंहिताको समयसीमा सकिएसँगै पुनः सरुवाका लागि मन्त्रालयमा भीड बढ्न थालेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रघुराम विष्टले कोरोनाका समयमा मन्त्रालयमा भीडभाड कम गर्नका लागि अनलाइन सरुवा प्रणाली सुरु गरिएको तर अहिले अनलाइन र भौतिक दुवै माध्यमबाट सरुवाको…
झापा, १५ पुस । नेकपा एमाले छाडेको साढे दुई महिनापछि प्रभु साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन्। काठमाडौंमा एक बैठक गर्दै उनले ५१ सदस्यी केन्द्रीय तदर्थ समिति गठन गरेका छन्। तदर्थ समितिको बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ। ‘विश्वभरका आम जनता एक हौं’ भन्ने प्रगतिशिल विचारमा आधारित पार्टी गठन गरेका हुन्। स्वतन्त्र सांसदको रूपमा राजनीति वृत्तमा शक्तिशाली नभएपछि उनले शक्ति आर्जन गरेर सरकारमा जान ‘सौदाबाजी’ गर्न आम जनता पार्टी गठन गरेको राजनीतिक विश्लेषकहरूको टिप्पणी छ। राजनीतिक विश्लेषक चन्द्रकिशोर भन्छन्, ‘कुनै पनि राजनीतिक दल संगठित स्वरुपमा भए विभिन्न शक्तिसँग सौदाबाजी गर्ने क्षमता बढ्छ। राजनीतिमा संगठित शक्तिले…
झापा, १५ पुस । राजनीतिक यात्राको ६ महिनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाए । मन्त्री भएको चार दिनयताका गतिविधि हेर्दा उनले थप लोकप्रियता चाहेको त होइन भन्ने आशंका व्यक्त गर्न थालिएको छ। तीन दिनको अन्तरमा जारी दुई फरक विज्ञप्तिलाई लिएर लामिछानेमाथि आशंका गर्न थालिएको हो। जिम्मेवारी सम्हालेको दोस्रो दिन नै गृहमन्त्री लामिछानेले मन्त्रालयका सचिव र कर्मचारीहरू बोलाएर कार्यविधिविपरीत विभिन्न व्यक्तिको निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिए। सोहीबमोजिम मन्त्रालयले त्यही दिन विज्ञप्ति जारी गरेर कार्यविधिविपरीत विभिन्न व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घन्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सबै सुरक्षा…
झापा, १५ पुस । सात प्रदेशसहित स्वास्थ्य सेवा विभागको कोल्डस्टोरमा ४७ लाख डोजभन्दा बढी खोप थन्किएको पाइएको छ । त्यसमध्ये साइनोभ्याक र भेरोसिल गरेर ४२ लाख ८० हजार डोज खोप थन्किएको छ । सो संख्यामा मौज्दात रहेको खोप खेर जाने अवस्थामा समेत छ । विश्व स्वास्थ्य संगठनले यी दुवै खोपलाई बुस्टर डोजका रूपमा दिन अनुमति दिएको छैन । ४७ लाखमध्ये बाँकी ४ लाख ८० हजार फाइजर खोप भने बालबालिकालाई प्रयोग गर्न सकिने अवस्थामा छ । ४२ लाख ८० हजार डोज कोल्डस्टोरमा मौज्दात रहेकै अवस्थामा सरकारले कोरोना भाइरसविरुद्धको चौथो डोज खोप ल्याउने तयारी गरेको छ । पहिलो, दोस्रो र तेस्रो डोज…
झापा, १५ पुस । विभिन्न व्यवसायीले आयात गरेर वीरगञ्ज भन्सार ल्याइपुर्याएका सवारीसाधन जाँचपास गराएर नलग्दा भन्सार परिसरमा पार्किङमै समस्या आउन थालेको छ । भन्सार स्रोतका अनुसार अहिले त्यहाँ १ हजार ९ सय ९७ गाडी छन् । त्यसमा १ हजार ४ सय ३७ ट्रक, बस, टिपरजस्ता ठूला गाडी छन् । बाँकी ५ सय ६० जीप, कार, भ्यान छन् । त्यहाँ सवारीसाधन राखेबापत व्यवसायीले पार्किङ शुल्क तिरे पनि ठाउँको अभाव हुँदै गएपछि भन्सार कार्यालय असहज स्थितिमा देखिन्छ । ‘दुई महीनाभन्दा बढी भन्सार परिसरमा गाडी राखेमा जफतको प्रक्रिया अघि बढाउन सकिने कानूनी प्रावधान भए पनि यहाँ त्यस्तो हुँदैन,’ भन्सारका एक अधिकारीले भने ।…
झापा, १४ पुस । झापाका उद्धव थापासहित तीन जनाले नेपाली कांग्रेसको प्रदेश नं. १ को संसदीय दलको नेताका लागि उम्मेदवारी दिएका छन् । कांग्रेसको प्रदेश १ संसदीय दलको नेताका लागि कांग्रेसको प्रदेश पार्टी कार्यालय विराटनगरमा राखिएको निर्वाचन कार्यक्रम अनुरुप उद्धव थापा, अमृत अर्याल र केदार कार्कीको उम्मेदवारी परेको छ । संसदीय दलको नेतामा यसअघि दाबी गरिरहेका भीम पराजुलीले भने उद्धव थापालाई समर्थन गरेका छन् । कार्कीको रामकुमार खत्री प्रस्तावक र शम्शेर राई समर्थक रहेका छन् । अर्यालको प्रस्तावकमा डोल्मा तामाङ र सुनिताकुमारी चौधरी समर्थक रहेका छन् । यस्तै थापाको प्रस्तावकमा भूपेन्द्र राई र समर्थकमा भीम पराजुली रहेका छन् । भोलि…
झापा, १४ असोज । इलाम देउमाई–२ का खगेन्द्र सुवेदी बसाइँ सरेर झापा बुधबारे झरे । उनी परिवारसहित नै पाँच वर्षअघि बुद्धशान्ति गाउँपालिका झापा झरेका हुन् । कोरिया बसेर नेपाल फर्किएका उनी जन्मथलो दुर्गम भएकै कारण सुगम खोज्दै झापा झरेका हुन् । स्वास्थ्य उपचार, शिक्षालगायतले तराईमा बढी विकास भएका कारण तराई झरेको उनको भनाइ छ । उनी तराई झरे पनि उनको पहाडमा भएको जमिन बिक्री भएको छैन । जमिन कमाउने मानिससमेत गाउँमा भेटिन छोडेका छन् । खगेन्द्रजस्तै तीन वर्ष पहिले नै गुरु अधिकारी पनि देउमाई नगरपालिका दुई छोडेर झापा बसाइँ झरे । उपचारमा झापामा आएका उनी चिकित्सकले निरन्तर फलोअपमा आउनुपर्छ भनेपछि…
झापा, १४ पुस । नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्स र विराटनगर सुपर किङ्सबीच र फार वेस्ट युनाइटेड र जनकपुर रोयल्सबीच खेल हँदैछ । पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर सुपर किङ्सबीच बिहान ९ बजेबाट सुरु हुनेछ भने दोस्रो खेल फार वेस्ट युनाइटेड र जनकपुर रोयल्सबीच दिउँसो १ बजेदेखि हुनेछ । विराटनगरले प्रतियोगितामा एउटा खेल जितेर २ अंकका साथ तालिकाको चौंथो स्थानमा छ भने पोखराले चार खेल खेलेर अंक विहिन अंक तालिकाको पुछारमा छ । जनकपुरले प्रतियोगितमा दुई खेल जितेको छ । जनकपुर ३ खेलमा ४ अंकका साथ अंक तालिकाको…
झापा, १४ पुस । एमालेका नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूलाई भेटेर दुई पार्टीलाई मिलाउने प्रयास थालेका छन्। एमालेका उपाध्यक्षहरू विष्णु पौडेल र सुवास नेम्वाङ, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत नेताहरूले नेपालसँग भेटघाट गरी नेकपा एसका नेताहरूलाई पुरानो घरमा फर्कन आग्रह गर्दै एकताको प्रयास थालेका हुन्। मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि नै नेता नेपालसँग निरन्तर भेटघाट गरिरहेका एमालेका नेताहरूले संवाद सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका छन्। यही सन्दर्भमा उपप्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेलले मंगलबार साँझ नेकपा एसका अध्यक्ष नेपालसँग भेटघाट गरी एमालेको धारणा राख्दै पुरानै पार्टीमा फर्कन आग्रह गरेका थिए। उनले…