झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

गौरव पोखरेलकाठमाडौं,२० पुस । फ्लाइ दुबईको फ्लाइट नम्बर एफ २५३९ बाट सुडानी नागरिक २७ वर्षीय मोहमद अहमद डाफल्ला सराफिल्दन ८ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिए । भन्सार चेकजाँचसम्म आइपुग्दा उनी सामान्य नै थिए । तर, ‘वाक थ्रु’ गेट अगाडि अल्मलिए । गेटमा रोकिइरहेपछि भन्सारका कर्मचारीहरुले उनलाई अगाडि बोलाए, डाफल्लाले गेटतिर छिर्न असहज मानिरहे । बोलाउँदा उनले फर्काएको जवाफ कर्मचारीहरुले बुझ्न सकेनन् । ‘खै कुन भाषामा बोलेको हो, केही बुझिएन’, भन्सारका एक कर्मचारी भन्छन्, ‘त्यतिबेलै शंका भइहाल्यो, जाँच गर्दा शरीरमा शंकास्पद वस्तु देखियो ।’ विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक अरुण पोखरेलका अनुसार उनले लगाएको कालो रंगको ज्याकेटभित्र ‘फल्स बटम’ बनाइएको थियो…

Read More

काडमाडौं,२० पुस । सर्वोच्च अदालतले एक जना व्यक्तिको नाममा दिइसकेको मोबाइल नम्बर (सिमकार्ड) प्रयोगमा नआएको अवस्थामा अर्को व्यक्तिका नाममा जारी नगर्न आदेश दिएको छ । अहिले मोबाइल सेवा प्रदायकले ६ महिनासम्म लगातार एकपटक प्रयोग भइसकेको सिमकार्ड ‘एक्टिभ’ नहुँदा सेवा प्रदायकहरुले ‘रिसाइकल’ गरेर सोही नम्बरको सिमकार्ड अर्को व्यक्तिलाई वितरण गर्ने गरेका छन् । बिक्री वितरण भएर लगातार ६ महिनासम्म प्रयोग नआएको सिमकार्ड सम्बन्धित व्यक्तिको नामबाट हटाएर अर्को व्यक्तिको नाममा जारी गर्न नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो । सञ्चार र सूचना प्रविधि मन्त्रालयसमेतलाई विपक्षी बनाएर सपना भण्डारीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै १४ पुसमा…

Read More

बिर्तामोड, २० पुस । झापा गाउँपालिका वडा नं २ का सिर्जन सुवेदीले ट्रयाक्टरमा १२५ बोरा धान बिक्री गर्न बिर्तामोडस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा ल्याए । तर, कम्पनीले खरिद गर्न मानेन । अनेक हार गुहार गर्दा पनि नकिनेपछि सुवेदीले आफ्नो धान फिर्ता लानुपर्यो । कारण उनको धानमा जुँगा रहेको थियो । थेसर गर्दा धानसंगै केही जुँगा मिसिएको थियो । त्यस्तै, बिर्तामोड १ का कुलप्रसाद ओडारीको धान पनि कम्पनीले किन्न मानिरहेको थिएन । ओडारीको धानमा केही टुँडो रहेको थियो । उनले १३५ बोरा धान बेच्न ल्याएका थिए ।धान बेच्नका लागि उनले धान बताएर टुँडो हटाउनु पर्यो । अनि मात्र कम्पनीले आफ्नो…

Read More

कनकाई, २० पुस । झापाको कनकाई नगरपालिका–१ मा मंगलवार दिउँसै घर फोरेर सुन र नगद चोरी भएको छ । कनकाई नगरपालिका १ जामुनवारीमा मंगलवार दिउँसो साढे १ बजेको समयमा पछाडिको ढोका फोरेर स्थानीय भरतराज अधिकारीको घरबाट ७ तोला सुन, नगद १० हजार र केहि कागजात चोरी भएको प्रहरीले जनाएको छ । घरमा ताला लगाएर परिवारका सदस्यहरु बिर्तामोड गएको बेला घरको पछाडिको ढोकाको ताला फोरेर नगद र सुन चोरी भएको अधिकारीकी छोरी सदिक्षा अधिकारीले बताइन् । सिसि टिभीको फुटेजलाई आधार मानेर चोरीमा संग्लनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Read More

झापा, २० पुस । बीरता लेडी जेसीज बिर्तामोडको पद हस्तान्तरण सम्पन्न भएको छ । वर्ष २०२३ का लागि संगीता गिरीलाई जेसीज चेन पहि¥याउँदै पद हस्तान्तरण भएको हो । वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालसहित पूर्वअध्यक्षहरु र सन् २०२२ की अध्यक्ष संगीता चिमरियाले जेसीज चेन संयुक्त रुपमा गिरीलाई पहि¥याएका थिए । बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पद हस्तान्तरण भएको हो । पदस्थापन समारोहमा स्वागत मेनुका ओलीले गरेकी थिइन् । जेसीजको आस्था वाचन प्रियङ्का उप्रेती र मिसन भिजन सेलिसा उप्रेतीले वाचन गरेका थिए । यसैबीच पदभार ग्रहण गरेसंगै अध्यक्ष गिरीले महासचिवमा निशा शाक्य, कानूनी सल्लाहकारमा युनिता…

Read More

भद्रपुर, २० पुस । झापाको मेचीनगर नगरपालिका र झापा गाउँपालिबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार झापा गाउँपालिकाबाट तीन जना र मेचीनगरबाट एक जनालाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । झापा गाउँपालिका–१ स्थित सुकुम्बासी टोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले मे.८ प. ५३४४ नं.को मोटरसाइकललाई रोकी चेकजाँच गर्दा कनकाई–५ का २२ वर्षीय गौरव चुडाल र कनकाई–४ का ४४ वर्षीय भीमबहादुर बस्नेतको साथबाट ३ ग्राम ७०० मिलिग्राम र एक थान डिजिटल तराजु फेला परेको थियो । त्यस्तै, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण…

Read More

फिदिम, २० पौष । पाँचथरको फिदिम नगरपालिका वडा नं ८ साविक रानिटार गाविस घुमाउनेटारका स्थानीय मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । मेघबहादुका २२ वर्षीय छोरी ममता गुरुङ र २३ बर्षकी बुहारी आशासिंह थेबे (गुरुङ)को ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ५५ वर्षीय मेघबहादुर गुरुङ र उहाँका छोरा बिजेन्द्र गुरुङ घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख हरी खतिवडाका अनुसार सो घरमा ७ जना सुतेका थिए । ७ मध्ये २ जनाको ज्यान गएको २ जना घाइते भएको र ३ जना भागेर बच्न सफल…

Read More

भद्रपुर, १९ पुस । ३२ औ प्याब्सन दिवशको अवसर पारेर झापा प्याब्सनले भद्रपुरमा जिल्ला स्तरीय बृहद साँस्कृतिक प्रतियोगिता सम्पन्न गर्ने भएको छ । यही पौष २४ र २५ गते दुई दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका १५ पालिकाबाट उत्कृष्ट भएका गीत तथा नृत्य बीच प्रतिष्पर्धा हुने गरी साँकृतिक कार्यक्रम सम्पन्न गरिने भएको हो । प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक छत्र कार्कीका अनुसार प्रतियोगितामा नृत्यका ३९ र गायनका ३९ प्रतिष्पर्धी बीच प्रतियोगिता हुने छ । जसमा गायन तर्फ १२ वर्ष मुनि, कक्षा १० सम्मका र कक्षा १२ सम्मका उत्कृष्ट प्रतिपर्धी बीच जिल्ला उत्कृष्टका लागि प्रतियोगिता सम्पन्न हुने छ भने नृत्यतर्फ आधुनिक,…

Read More

बिर्तामोड, १९ पुस । झापाको बुद्धशान्ति गाउँपालिकामा आज ट्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बुद्धशान्ति–३ झिल्मिले पुलस्थित मेची राजमार्गमा को२०प ३२७८ नम्बरको मोटरसाइकल र प्रदेश १–०१–००१ त ९७९७ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक मोरङ केराबारी गाउँपालिका–८ का २१ वर्षीय योसन लिम्बूको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मोरङ बेलबारी नगरपालिका–४ का १७ वर्षीय लीला श्रेष्ठ घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका लिम्बू र श्रेष्ठलाई उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएकोमा योसन उपचारको क्रममा आज दिउँसो २ बजे मृत्यु भएको हो…

Read More

विराटनगर, १९ पुस । पूर्वी नेपालको १४ वटा जिल्ला समेटेर बनेको १ नम्बर प्रदेशको पाँच वर्षे कार्यकालमा सरकारले के के काम गर्यो भन्ने चासो सबैलाई छ । कतिपयले प्रदेश संरचनाको कामै छैन पनि भन्न थालेका छन् । केन्द्रीकृत शासन व्यवस्था हुँदा केन्द्रीकृत नीति र केन्द्रीकृत विकास निर्माण गर्ने भएको कारण शासनमा पनि विकेन्द्रीत नीति र साधन, स्रोत तथा विकासमा पनि विकेन्द्रीत गर्ने उद्देश्यका साथ संघीय सरकारहरुको स्थापना गरिएको हो । प्रदेश सरकारहरुले जनतामा जागेको विकास र समृद्धिको उत्कट चाहनालाई पूरा गर्नुपर्ने चुनौती स्वीकार गरेका थिए । तर, सोही अनुसार विकास निर्माणको काम हुन भने सकेन । यद्यपि प्रदेश १ लाई…

Read More