
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३ पुस । निर्वाचन आयोगले प्रदेश सांसदको विवरण सातवटै प्रदेशका प्रमुखहरूलाई शनिबार बुझाएसँगै सम्बन्धित प्रदेशसभा अधिवेशन आहवान गर्न बाटो खुलेको छ । आयोगले सम्बन्धित प्रदेशसभा सदस्यको पहिलो हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निवार्चित हुने सदस्यहरूको नामावली समावेश गरी प्रत्येक प्रदेशका प्रमुखहरूलाई अलगअलग एकै प्रतिवेदन बुझाएको हो । गत मंसिर ४ गते आइतबार सम्पन्न प्रतिनिधिसभासँगै प्रदेशसभा सदस्यको निर्वाचनबाट निर्वाचित सांसदको नामावली बुधबार घोषणा गरेको थियो । प्रत्यक्षतर्फबाट निर्वाचित ३ सय ३० र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित २ सय २० गरी ५ सय ५० जना प्रदेश सांसदको विवरण सम्बन्धित प्रदेश प्रमुखलाई बुझाएको निर्वाचन प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आजको…
झापा, ३ पुस । ‘को बन्ला राष्ट्रपति ? प्रधानमन्त्रीमा को आउला ?,’ चुनावपछि सबैको चासो छ। जनताले चुनावमा कुनै एक दललाई मात्रै बहुमत दिएनन्। प्रधानमन्त्री र राष्ट्रपति हात पार्न दलहरू ‘मिल्नैपर्ने’ जनताको म्यान्डेड छ। त्यसैकारण दलहरू भागबन्डाको संवाद र छलफलमा व्यस्त छन्। ५ दलीय गठबन्धनका दलहरू ‘मिलेरै’ यी पद भागबन्डा गर्नेतिर सक्रिय छन्। उता विपक्षी एमाले गठबन्धन भत्काएर नयाँ समीकरण बनाउने प्रयत्नमा छ। किनभने, यही समीकरण रहिरहे सत्ता र शक्तिका कुनै पनि पद एमालेले नपाउने पक्का छ। यता, ५ दलीय गठबन्धनमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको भागबन्डा मिलिसकेको छैन। कांग्रेस दुवै पद आफूले पाउनुपर्ने अडानमा छ। गठबन्धनका अरू दलहरू ‘प्रधानमन्त्री र…
झापा, ३ पुस । विश्वकप फुटबलको इतिहासमा क्रोएसियाले दोस्रो पटक तेस्रो स्थान प्राप्त गरेको छ । गत विश्वकपमा उपविजेता बनेको क्रोएसियाले शनिबार राति भएको खेलमा मोरक्कोलाई २–१ गोलले हराउँदै तेस्रो स्थान प्राप्त गरेको हो । सातौँ मिनेटमा जोस्को जिभार्डिओलले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए पनि दुई मिनेट पछि नै मोरक्कोका असरफ दारीले बराबरी गोल फर्काएका थिए । मिस्लाभ ओरसिचले खेलको ४२ औँ मिनेटमा गोल गर्दै क्रोएसियालाई पुनः अग्रता दिलाए । क्रोएसियाले यसअघि सन् १९९८ को विश्शवकपमा तेस्रो स्थान हात पारेको थियो । त्यतिबेला क्रोएसियाले नेदरल्याण्डलाई २–१ गोल अन्तरले नै हराएको थियो । मोरक्कोले भने पहिलोपटक तेस्रो स्थानका लागि खेलेको हो…
झापा, ३ पुस । चालू आर्थिक वर्षको पाँच महिनामा वैदेशिक लगानी प्रतिबद्धता आधाले घटेको छ । उद्योग विभागका अनुसार साउनदेखि मङ्सिर महिनासम्म १११ परियोजनामार्फत १२ अर्ब ४४ करोड ९२ लाख ८८ हजार ७०४ रुपियाँको विदेशी लगानी प्रतिबद्धता आएको हो । गत वर्ष सो अवधिमा १२२ परियोजनामार्फत २९ अर्ब ९५ करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यो अवधिमा वैदेशिक लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको छ । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता आधाभन्दा बढीले घटेको विभागले जनाएको छ । विभागका वैदेशिक लगानी शाखा प्रमुख शङ्करसिंह धामीले विदेशी लगानीको सीमा घटाइएको, विदेशी नागरिकलाई भिसामा कडाइ गरिएको र विश्वभर…
झापा, ३ पुस । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३, आहालेका ७४ वर्षीय विष्णुबहादुर आलेमगरले चलाउने भिभो कम्पनीको मोबाइल घरबाटै चोरी भयो। मोबाइल खोज्नेक्रममा गाउँकै १३ वर्षीय र १५ वर्षीय (नाबालक भएकाले दुवैको नाम नखुलाइएको) दुई जनाले चोरेको पत्ता लाग्यो। मोबाइलधनी मगरले चोरी गर्ने दुई बालकलाई खाजा खान भन्दै केही पैसा दिएर फकाउँदै उक्त मोबाइल फिर्ता लिए। मोबाइल चोर्ने व्यक्ति नाबालक भएको र मोबाइल पनि फिर्ता पाएको हुनाले त्यतिखेर सो घटना त्यत्तिकै सामसुम भयो। वडाध्यक्ष कमल थापाका अनुसार यो घटना मङ्सिर पहिलो साता भएको थियो। तर मोबाइल चोर्दा पनि कारबाही गर्नुको सट्टा उल्टै पैसा पाएपछि ती बालक झन् हौसिए र दोस्रो पटक पनि…
झापा, २ पुस । सैनिकमोड–गोलधाप सडक खण्डमा भईरहेको कालोपत्रे निमार्णका क्रममा देखिएको विवाद समाधान भएको छ । बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित सैनिकमोड चौकमा रहेको राजेश राजवंशीको घरमा जोडीएको लाछी सडक मापदण्ड अनुसार भत्काउनु पर्ने भएपछि जग्गा धनी र सरोकारवालाहरु विच विवाद भएको थियो । आज बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ६का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, वडा नम्बर १०का वडाअध्यक्ष दुर्योधन गुरुङ्ग ,स्थानिय टोल विकास संस्थाका पदाधिकारीलगायत सरोकारवालाहरुको उपस्थितिमा सहमति भएको उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बताउनु भयो । जग्गाधनि राजवंशीले सडकमापदण्ड अनुसार आफ्नो घरमा जोडीएको लाछी भत्काउने र सडकलाई ६० मिटर बनाउन…
झापा, २ पुस । संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपाली सेनाको शान्ति स्थापना कार्यको इतिहासमै पहिलोपटक छ हजारभन्दा बढी नेपाली सेनाका फौज मिशनमा तैनाथ भइ ऐतिहासिक कोसेढुङ्गा कायम भएको छ । ‘मिनुस्का मिशन’ सेन्ट्रल अफ्रिकन रिपब्लिकमा गत मङ्सिर २७ गते लाइट इन्फेन्ट्री बटालियनको अन्तिम डफ्फामा रहेका दुई सय दुई शान्ति सैनिकको तैनाथीसँगै शान्ति मिशनमा नेपाली सेनाको तैनाथी सङ्ख्या छ हजार १६ पुगेको छ । सन् १९५५ मा नेपालले संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गरे पश्चात संयुक्त राष्ट्रसंघको आव्हानमा सन् १९५८ मा पाँच मिलिटरी अब्जर्भर युएनओजिआइएल मिशन लेवनानमा तैनाथ गरेसँगै सुरु भएको नेपाली सेनाको शान्ति मिशनको यात्राले छ दशकभन्दा बढीको समयावधि पूरा गरिसकेको…
झापा, २ पुस । फिफा विश्वकप फुटबलमा आज तेस्रो स्थानका लागि खेल हुँदैछ । तेस्रो स्थानका लागि मोरक्को र क्रोएसियाबीचको खेल खालिफा अन्तराष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । यस्तै दुबै टोली जितसहित प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा साविक विजेता फ्रान्ससँग २९० ले पराजित भएको थियो । यस्तै युरोपियन तथा साविक उपविजेता क्रोएसियालाई अर्जेन्टिनाले ३९० ले हराएको थियो । मोरक्को र क्रोएसिया समूह चरणमा समेत प्रतिस्पर्धा गरेका थिए । जुन खेल गोलरहित बराबरीमा सकिएको थियो । प्रतियोगिताको फाइनल खेल भने आइतबार हुनेछ । फाइनलमा फ्रान्स र अर्जेन्टिना भिड्ने छन् ।
झापा, २ पुस । काठमाडौँ उपत्यकामा सञ्चालित सवारीसाधनमध्ये ८५ प्रतिशतले वातावरणीय प्रदूषण मापदण्ड पूरा गरेका छैनन् । हरियो स्टिकर टाँस्ने तर चेकजाँच गर्दा मापदण्ड पूरा नहुने अवस्था देखिएपछि वातावरण विभागले नियमित अनुगमनलाई तीव्रता दिएको छ । अनुगमन शुक्रबारदेखि सुरु गरिएको छ । वातावरणीय मापदण्ड पूरा नगरी सञ्चालन भएका सवारीसाधनलाई एक लाख रुपियाँसम्म जरिवाना लाग्ने कानुनी व्यवस्था छ । विभागका महानिर्देशक नमराज घिमिरेले भने, “प्रदूषण परीक्षणमा ८५ प्रतिशतले पास गर्न सकेका छैनन्, हामी स्टिकर हेर्दैनौँ, गाडीको धुवाँ नै परीक्षण गर्छौं, कडाइका साथ जान्छौँ, कारबाही गर्छौं ।” गाडीको धुवाँले वातावरणलाई निकै प्रदूषण मात्र गरेको छैन, नियम, कानुन पनि उल्लङ्घन भएको उनको भनाइ…
झापा, २ पुस । विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको छ । वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म पुर्याउने उद्देश्यसाथ सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यको सुरुवात गरिएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले केही दिनअघि गण्डकी प्रदेशमा (मङ्सिर १६ गते) पर्वतीय हरित अर्थतन्त्र विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ । चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको परिसरमा (साउन १६ गते) सहरी विकास र वातावरण विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरिएको थियो । नास्टका उपकुलपति डा। सुनीलबाबु श्रेष्ठले मुलुक सङ्घीय संरचनामा गएसँगै नास्टले पनि आफ्ना गतिविधि स्थानीय तहसम्म पु¥याउन प्रत्येक प्रदेशमा…