
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २२ मंसिर । महिला हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन भइरहँदा लैङ्गिक हिंसाका घटना थपिने क्रम जारी छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आह्वानमा मङ्सिर २४ गतेसम्म अभियान सञ्चालन भइरहेको छ र यस अवधिमा तीन जना महिलाले अकालमा ज्यान गुमाएका छन्। आइतबार काठमाडौँको धुम्बाराहीमा नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपाने जलेर गम्भीर घाइते भइन्। उनको कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारका क्रममा मङ्गलबार मृत्यु भयो । मृतक पुष्पाको गत भदौ १८ गते युवक सुधन सङ्ग्रौलासँग जनैसुपारी सम्पन्न भएको थियो। विवाह गर्ने सहमतिपछि गरिएको जनैसुपारी वर पक्षले एकतर्फी रूपमा तोडेको बताएपछि भएको पुष्पाको मृत्यु रहस्यमय बनेको छ। शनिबार वर पक्षले पुष्पाको घरमा…
झापा, २२ मंसिर । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट अनुसार बन्दसूचीका उम्मेदवार छनोट गर्न तीन दिनको समयसीमा राखेर पत्राचार गरेको छ। राजनीतिक दलले तीन दिनभित्र आरक्षित समूह मिलाएर बन्दसूचीमा राखिएको क्रमअनुसार उम्मेदवार छनोट गर्नुपर्नेछ। आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपसचि गुरुप्रसाद वाग्लेले बुधबारबाट तीन दिनको समय राखेर पत्राचार गरिएको बताए । आयोगले पत्राचार गरेपछि नेपाली कांग्रेसले बुधबारै पत्र बुझिसकेको छ। पत्रअनुसार राजनीतिक दलले शनिबारसम्म नामावली पठाउनुपर्नेछ। यसरी पठाइएको नामावली समावेशी समूहअनुसार नभए दलले थप दुई दिनको समय पाउनेछन्। समानुपातिकबाट उम्मेदवार निर्वाचित भएको प्रमाणपत्र पाउन अझै कम्तीमा पाँच दिन…
झापा, २२ मंसिर । चालू आर्थिक वर्षको चार महिनाको तथ्यांकले यो वर्ष वैदेशिक रोजगारीमा करिव ८ लाख युवा जाने देखाएको छ। कुल जनसंख्याको करिव ३ प्रतिशत वार्षिक रुपमा विदेश जान थालेपछि मुलुकको आन्तरिक श्रम बजारको अवस्था कस्तो होला ? अहिले नै नेपाली निजी क्षेत्रले सबै प्रकारका (दक्ष, अर्धदक्ष र अदक्ष) काम गर्ने जनशक्तिको अभाव झेलिरहेको छ। कुनै पनि उद्योग, व्यवसाय, संघसंस्था वा निर्माण कम्पनीले दक्ष त कुरै छाडौं, अदक्ष कामदार समेत पाउन सकेका छैनन्। यस्तो अवस्थामा वार्षिक ८ लाखको हाराहारीमा युवा विदेश जान थाल्नुले नेपाली श्रम बजारले आगामी दिनमा अझै चर्को मूल्य चुकाउनुपर्ने अवस्था आउनेछ । सरोकारवालाहरु नेपाली युवाको विदेश…
झापा, २२ मंसिर । हरेक वर्षको मार्ग शुक्ल पूर्णिमाका दिन मनाइने किरातहरूको महान पर्व उधौली, लिम्बू समुदायको महान चाड चासोक तङनाम र नेवारहरूको महत्वपूर्ण पर्व यःमरि पुन्हिको अवसरमा प्रदेश नं. १ का मुख्यमनत्री राजेन्द्कुमार राईले शुभकामना व्यक्त गर्नु भएको छ । किरात तथा लिम्बू मान्यताअनुसार मार्ग शुक्ल पूर्णिमाको दिनदेखि हिउँद (जाडो) शुरु हुन्छ । यसै दिनदेखि न्यानोको खोजीमा पशुपन्छी, विभिन्न जीवजन्तु लेकबाट बेसीतिर उँधो झर्ने गर्छन् । त्यसै भएकाले यस दिन मनाइने पर्व (साकेला) लाई उधौली भनिएको हो । उधौली पर्व अन्नबाली भित्र्याएको खुशीयालीमा मनाइन्छ । यस पर्वमा मूलतः प्रकृति, भूमि, पितृहरू आदिको पूजा गरिन्छ । यो पर्वमा मौलिक भेषभूषा…
झापा, २१ मंसिर । लोकप्रिय गायिका मेलिना राईले आफ्नो जन्मदिन अनाथ बालबालिकाहरूसँग रमाइलो गरेर मनाएकी छिन् । राजधानीको गोकर्णस्थिति संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेका अनाथ बालबालिकाबीच बुधवार गायिका राईले आफ्नो जन्मदिन मनाएकी हुन् । उनले केन्द्रमा रहेका ५७ जना बालबालिकाका लागि १ लाख लाख १० हजार आर्थिक सहयोग प्रदान गर्दै खाना खुवाएर आफ्नो जन्मदिन मनाएकी हुन् । साथै उनले बालबालिकाहरुसँगै केक काटेर गीत गाउँदै खुसियाली साटासाट गरेकी थिइन्। संस्थाका अध्यक्ष तिलबहादुर कार्कीले संस्थामा जम्मा ५७ जना बालबालिका रहेका र आफूहरुले विभिन्न दाताहरूको सहयोगमा उनीहरूको पालन पोषणा तथा शिक्षा प्रदान गरिरहेको जानकारी दिए । साथै उनले गायिका मेलिनालाई आर्थिक सहयोगको…
बिर्तामोड, २१ मंसिर । बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरणको कामलाई तिव्रता दिएको छ । नगरपालिकामा आज बसेको स्थानीय भू–उपयोग परिषदको बैठकले कहि दिन भित्रमा जग्गा वर्गीकरणको काम सक्ने गरिका विषयमा छलफल गरेको हो । आजको बैठकले बिहीबार देखि तालिका बनाएर प्राविधिक टोली सहित नगरप्रमुख पवित्रा महतारा प्रसाई र प्रमुख प्रशासकिय अधिकृत विनोदकुमार न्यौपाने सबै वडामा पुग्ने निर्णय गरेको छ । भोली विहान वडा नम्बर २ देखि छलफल तथा बाँकी रहेका कामलाई अघि बढाउने नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिनु भयो । बिर्तामोड नगरपालिकाले सबै वडामा यस अघि देखिनै प्राविधिक टोली पठाएर जग्गा वर्गीकरणको काम गरिरहेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको…
झापा, २१ मंसिर । सहकारीले अब बिनाधितो कर्जा लगानी गर्न नपाउने भएका छन् । बागमती प्रदेश भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार सहकारी संघ संस्था सञ्चालन, अनुगमन तथा लेखा परीक्षण सम्बन्धी मापदण्ड, २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । ललितपुरमा एक कार्यक्रमकाबीच मापदण्ड जारी गरेको प्रदेश सहकारी मन्त्रालयले सहकारीहरूले मनलाग्दी घर जग्गा जस्ता जोखिमपूर्ण क्षेत्रमा लगानी गर्ने गरेको, संस्थाको वित्तीय अभिलेख नियमित राख्ने नगरेको र लेखा परीक्षण समेत चुस्तदुरुस्त नहुँदा समस्या आएको निष्कर्ष निकालेको हो । सोही वेथितिलाई चिर्दै सहकारी शुद्धीकरणसँगै सुदृढीकरण र सबलीकरण गर्न समग्र प्रदेश भित्रका सहकारी संघ संस्थाको अनुगमन तथा नियमन गर्न मापदण्ड जारी…
सन्तोष शर्माभद्रपुर, २१ मंसिर । सरकारले तोकेको धानको समर्थन मूल्य किसानले नपाएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाइएको छ । अखिल नेपाल किसान महासंघले आज झापाका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएका हुन् । गत कात्तिक १६ गतेको मन्त्रिपरिषद्को बैठकले यस वर्षका लागि धानको समर्थन मूल्य निर्धारण गरे पनि यहाँका किसानले समर्थन मूल्य नपाएको अखिल नेपाल किसान महासंघका झापाका अध्यक्ष गोपाल चुँडालले बताउनुभयो । सरकारीले निर्धारित मूल्य अनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल रू दुई हजार ९६७ र मध्यम धानको रू ३ हजार १२८ रहेको छ । गत वर्षभन्दा मोटा धानमा प्रतिक्विन्टल रू २१५ र मध्यम धानमा रू २२६ बृद्धि गरिए पनि लागत…
भद्रपुर, २१ मंसिर । झापाको कनकाई नगरपालिका–८ स्थित पूर्व–पश्चिम लोकमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१ का २२ वर्षीय ओमप्रकाश राउत रहेका छन् । आज बिहान ६ बजे ना. ३ ख २९०४ नम्बरको ट्रकले प्रदेश १ –०१–०१३ प ४०५२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाइते भएका राउतको उपचारको क्रममा बिएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । घटनामा सम्लग्न ट्रक चालक मोरङ पथरी शनिश्चरेका पर्शुराम थापालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
बिर्तामोड, २१ मंसिर । बिर्तामोडका व्यवसायी निर्मल भट्टराई र सुमित्रा भट्टराईले पत्रकार सहारा उपचार कोषलाई एक लाख एक हजार सहयोग गरेका छन् । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार उपचार कोषमा भट्टराई दम्पत्तिले आफ्नो विवाह वर्षगाँठको अवसर सहयोग प्रदान गरेका हुन् । बुधबार एक कार्यक्रमकावीच भट्टराई दम्पत्तिले पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई उक्त रकम हस्तान्तरण गरे । नेपाल अलंैची व्यवसायी महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका भट्टराईले पत्रकारको सामाजिक सुरक्षा र दीगो हित गर्ने उद्देश्यले स्थापित पत्रकार उपचार कोषमा सहयोग गर्न पाउँदा खुशी व्यक्त गरे । नागरिकलाई सूसुचित गराउन अहोरात्र खटिने पत्रकारहरुलाई घाइते र विरामी हुँदा उपचार खर्च दिने…