
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
रुपन्देही, २२ पुस । पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुर्साने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको ज्यान गएको छ। दर्घटनामा खुर्साने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्यान गएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक सबै खुर्साने गाउँका हुन् । बस सडकबाट करिब…
झापा, २२ पुस । श्री स्वस्थानी व्रत आजदेखि प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्त्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रतका बेला विभिन्न ठाउँमा मेलासमेत लाग्ने गर्दछ । काठमाण्डौँस्थित शालीनदीमा प्रत्येक वर्ष पूर्णिमादेखि सुरु हुने माधवनारायण मेला पनि आज बाट सुरु भएको छ । स्वस्थानी व्रत कथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार तपस्या गरी मनोकाङ्क्षा पूर्ण भएको कथासँग जोडिएको छ ।…
विराटनगर, २२ पुस । प्रदेश १ का सांसद जिवन अचार्यले देशकै पहिलो मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन । मोरङ क्षेत्र नम्बर ६ (१) बाट प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित माओबादी केन्द्रका सांसद जिवन आर्यायले देशकै पहिलो प्राविधिक विश्वविद्यालय आफनै क्षेत्रमा स्थापना भएको र त्यसलाई अन्तराष्ट्रिय स्तरमा चिनाउनेगरि स्तरोन्तीमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन । नव निर्वाचित सांसद आचार्यलाई आफनै क्षेत्रको सांसद भएकोमा मनमोहन प्राविधिक विश्वविद्यालयले विहिवार बधाई ज्ञापनगर्दै प्राविधिक विश्वविबद्यालयका पदाधिकारीहरुले प्रदेश १ सरकारले स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वबिद्यालयलाई अन्तराष्ट्रिय स्तरमा चिनाउनेगरि स्तारोन्तीमा पह गरिदिन आग्रह गरेका थिए । सांसद आर्यायलाई बधाई ज्ञापनगर्दै मनमोहोहन…
झापा, २२ पुस । दमकबाट बिहीबार साँझ प्रतिबन्धित लागुऔषधसहित चार जना पक्राउ परेका छन । साँझ करीब ६ बजे दमक–२ खरखरेबाट सोही स्थानका ३६ बर्षिय सन्तोष राजवंशीको घरबाट राजवंशीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने अन्य तीन जनामा सोही स्थानका ३६ वर्षीय लीलाकुमार बुढाथोकी, २८ वर्षीय केशव धिमाल र दमक–१ का ३१ वर्षीय सन्दिप लिम्बु रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ ४ ग्राम, को ४ प ७७८४, मे८प ३०६६ नम्वरका मोटरसाइकल र विभिन्न कम्पनीका ५ थान…
बिर्तामोड नगरपालिकाको स्वेच्छिक जग्गा दान सम्बन्धी सार्वजनिक सूचना
पाँचथर, २१ पुस । पाँचथरमा पूर्वाधार विकास कार्यालयअन्तर्गत सञ्चालन भइरहेका कालोपत्रे हुने तीन वटा सडक आयोजनाको काम अघि बढेको छ । चारमध्ये एक आयोजनाको काम भने अघि बढ्न सकेको छैन । पाँचथरमा अहिले मुख्य सडक कालोपत्रेको काम अघि बढिरहेको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख राजनराज रिड्डीले बताए । उनका अनुसार अहिले तीन वटा आयोजनाको काम द्रुत गतिमा अघि बढिरहेको छ भने एउटा आयोजनाको काम पनि चाँडै अघि बढ्नेछ । फिदिम फालोटको १० किलोमिटर सडकको कालोपत्रे गर्ने कार्य ८० प्रतिशत र आर्थिक प्रगति ७४ प्रतिशत सकिएको छ । कन्काई पिएएस जेभी झापाले रु ६० करोड २७ लाखको लागतमा गत ०७६ असार…
झापा, २१ पुस । झापाको बुद्धशान्ति गाउँँपालिका–१ को वडा कार्यालय आफ्नै भवन सञ्चालन हुने भएको छ । वडा कार्यालयको निर्माण कार्य अन्तिम चरणमा रहेको र एक महिनाभित्र आफ्नै भवनबाट कार्यालय सञ्चालन हुने बुद्धशान्ति–१ का वडाध्यक्ष अनिल वाग्लेले जानकारी दिनुभयो । सभाहलसहितको दुई तले वडा कार्यालय भवनको बिजुली, पानी, झ्याल–ढोका, रेलिङ लगायत ‘फिनिसिङ’को काम भइरहेको छ । “ठेकेदार कम्पनीले पुसमसान्तभित्र काम सक्ने गरी काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “एक महिनाभित्र हामी आफ्नै भवनबाट वडाबासीलाई सेवा प्रवाह गर्छौं ।” स्थानीयबासीले निःशुल्क उपलब्ध गराएको दुई कट्ठा जमिनमा भवन निर्माण भइरहेको वडा सदस्य तुलसा खतिवडा रेग्मीले बताउनुभयो । वडा कार्यालय भवन निर्माणको ठेक्का विकास…
झापा, २१ पुस । झापाको दमक नगरपालिका(१ र ९ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाकफोकथुम गाँउपालिका–४ इलाम घर भइ हाल दमक–१ कुमाल चोक बस्ने ३९ बर्षीय धनराज आले र दमक–९ की २३ वर्षीया अनिशा कार्की रहेका छन् । बुधबार साँझ साढे ६ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ५१०७ नम्बरको मोटरसाईकल चालक आलेलाई चेकजाँच गर्दा निजको साथबाट ८ सय मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो भने सोही दिन दमक–९ स्थित रहेको चिया दोकानमा बसिहेको अवस्थामा २६ बर्षीय कार्कीलाई चेकजाँच गर्दा कार्कीको साथबाट २ ग्राम ब्राउन…
बिर्तामोड, २१ पुस । झापाको कमल गाउँपालिकामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कमल–५ लवडाडास्थित राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउदै गरेको प्र१–०१–०१६ प २०९४ नं. को स्कुटी, विपरित दिशाबाट जाँदै गरेको मे २ प २१५७ नं. को मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ नै जाँदै गरेको प्र १–०१–०१५ प ७४८७ नं. को स्कुटी बुधबार एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मे २ प २१५७ नं. को मोटरसाइकल चालक मोरङ मिक्लाजुङ गापा–७ का ३८ वर्षीय नरेन्द्र सेलिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनापछि उपचारका लागि लाइफलाइन अस्पताल दमक पठाइएकोमा सेलिङको बाटोमै मृत्यु भएको थियो । सोही मोटरसाइकलमा पछाडि…
दमक, २१ पुस । कबड्डी खेल्नेक्रममा झापाको दमक नगरपालिकामा एक विद्यार्थीको मृत्यु भएको छ । संखुवासभा भोटेखोला गाउँपालिका(४ घर भई दमक–४ स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ अध्ययनरत १८ वर्षीय लाप्टुक भोटेको मृत्यु भएको हो । विद्यालयले बुधबार दिउँसो आयोजना गरेको खेलकुद प्रतियोगिताअन्तर्गत कबड्डी खेल्नेक्रममा भोटे अचानक बेहोस भएर मैदानमा लडेका थिए । उनको उपचारका लागि बिर्तामोडतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका अनुसार भोटे संखुवासभा जिल्लास्तरीय कबड्डी खेलाडी हुन् । –न्युज कारखाना