झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ पुस । मध्य पेरिसमा रहेको कुर्दिस सांस्कृतिक केन्द्र र कपाल काट्ने सलुनमा ६९ वर्षीय बन्दुकधारीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली लाग्दा तीन जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । ‘गोली लागेर तीन जनाको मृत्यु भएको छ, एक व्यक्ति सघन हेरचाहमा र दुई जना गम्भीर घाइते छन् । पक्राउ परेका संदिग्धलाई पनि अनुहारमा चोट लागेको छ’ सहरका अभियोजक लाउरे बेकुउले भने । आक्रमणबारे अनुसन्धान भइरहेको छ । संदिग्धले दुई अलग घटनामा सन् २०१६ र सन् २०२१ मा पनि हत्या प्रयास गरेका थिए । फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले फ्रान्समा हिंसात्मक अति…

Read More

झापा, ९ पुस । पाँच महिनाको अवधिमा विदेशमा उच्च शिक्षा आर्जन गर्न चाहने ३८ हजार ६१ जनाले ‘नो अब्जेक्सन लेटर (एनओसी)’ लिएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको यो तथ्याङ्कले विशेष गरी युवापुस्ता मुलुकमा टिक्न नसकेको डरलाग्दो अवस्थाको चित्रण गरेको छ । स्वदेशी शिक्षाको प्रवर्द्धनका लागि सरकार तथा निजी क्षेत्रबाट स्थानीय स्तरमै विभिन्न अभियान सञ्चालन गरिएको भए पनि प्रभावकारी हुनसकेको छैन । उच्च शिक्षा अध्ययनका लागि विदेशिने क्रम बढेसँगै स्वदेशी क्याम्पस सञ्चालकहरूले भने चिन्ता व्यक्त गरेका छन् । मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन प्रमाणीकरण शाखाका प्रमुख वासुदेव वस्तीका अनुसार गत साउनदेखि मङ्सिर मसान्तसम्म ‘नो अब्जेक्सन लेटर’ लिएकाहरूबाट राज्यले आठ करोड २१ लाख…

Read More

झापा, ९ पुस । पूर्वी नाका काँकडभिट्टामा मानव बेचबिखनविरुद्ध सक्रियता बढेसँगै अपराधमा संलग्नले अर्कै बाटो प्रयोग गर्न थालेका छन् । मानव बेचबिखनविरुद्ध सक्रिय माइती नेपालको १ नं प्रदेश संयोजक गोविन्द घिमिरेका अनुसार हाल महिला तथा बालबालिकालाई अवैध श्रम र शोषणका लागि भारत लैजाने कार्यमा संलग्न गिरोहले काँकडभिट्टाको साटो भारतको विहार प्रदेशसँग जोडिएका नाका प्रयोग गर्न थालेका छन् । काँकडभिट्टा मानव बेचबिखनका लागि भारत लैजान प्रयोग हुँदै आएको पुरानो नाका हो । पश्चिम तथा पूर्वी नेपालका दर्जनौँ पहाडी जिल्लाका किशोरी तथा बालबालिकालाई आपराधिक गिरोहले विभिन्न प्रलोभनको बहानामा यही नाका पार गरेर भारतका सहरमा बेचबिखनका लागि पुर्याउँदै आएको थियो । “केही वर्षयता…

Read More

झापा, ९ पुस । ठुलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि आन्तरिक तयारी गरिरहेका बेला सहयात्री अर्को दल माओवादी केन्द्र भने प्रधानमन्त्री पद नपाए वर्तमान सत्ता गठबन्धन तोड्न तयार देखिएको छ । नयाँ बन्ने सरकारको नेतृत्व पहिलो अढाइ वर्ष पुष्पकमल दाहालले गर्ने भनी निर्वाचनअघि नै मौखिक सहमति भएको र सहमति कार्यान्वयन गर्न कांग्रेसले आनाकानी गरे गठबन्धन टुट्ने संकेत माओवादी नेताले दिएका हुन् । सरकार गठनका लागि गृहकार्य र संवाद भइरहेका बेला एमाले नेतृत्वले माओवादी सत्ता गठबन्धन तोडेर आए ऊसँग सहकार्य गरी सरकार गठन गर्न सकिने सन्देश दिएको छ । एमाले महासचिव शंकर पोखरेलले पनि शुक्रबार वामपन्थीहरू एकै ठाउँमा उभिनुपर्ने बेला…

Read More

झापा, ९ पुस । चालू आर्थिक वर्षको सुरुदेखि नै सङ्कुचित वैदेशिक व्यापारले मङ्सिरमा पनि निरन्तरता पाएको छ । भन्सार विभागले सार्वजनिक गरेको मङ्सिरसम्मको तथ्याङ्कअनुसार समीक्षा अवधिसम्म नेपालको अन्तर्राष्ट्रिय व्यापार दुई खर्बभन्दा बढीले घटेको छ । विभागका अनुसार मङ्सिरसम्म नेपालले कुल सात खर्ब ३२ अर्ब रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । जब कि गत आर्थिक वर्षको सोही अवधिमा नेपालको वैदेशिक व्यापार नौ खर्ब ४१ अर्ब रुपियाँ नाघेको थियो । आयातमा भएको गिरावटले कुल अन्तर्राष्ट्रिय व्यापारको आकार नै घटाएको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार मङ्सिरसम्म नेपालले छ खर्ब ६४ अर्ब ७४ करोड रुपियाँको वस्तु आयात गरेको छ । गत वर्ष सोही अवधिसम्म…

Read More

काठमाडौं, ०८ पौष । ‘द भ्वाइस अफ नेपाल’को चौंथो सिजनका विजेता करण राई बनेका छन् । करणले टीम राजु लामाको समूहबाट प्रतिस्पर्धा गरेका थिए । आज भएको ग्राण्ड फिनालेमा उनले नगद २५ लाख रुपैयाँसहित पुरस्कार प्राप्त गरे । टीम राजेशपायल राई समूहबाट सविना योङहाङ लिम्बु फस्ट रनरअप घोषित भइन् ।टीम प्रमोद खरेलबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए । टीम प्रविशा अधिकारीबाट साहिल लिम्बु थर्ड रनरअप बने । दर्शकले गरेको भोटको आधारमा विजेता घोषित गरिएको आयोजकले जनाइएको छ ।

Read More

भद्रपुर, ८ पुस । झापाको कनकाई नगरपालिकामा बुहारीले जुठाजुको हत्या गरेकी छन् । सँगै घाँस काट्न गएका जेठाजुलाई बुहारीले हँसिया प्रहार गरी हत्या गरेकी हुन् । बिहीबार दिउँसो शिवसताक्षी–१० टेक्रा स्थित माईखोलाको पुर्व साईडको बगरको डिल कासघाँरीमा जिल्ला झापा कन्काई नगरपालिका–४ का ५५ वर्षीय पदमलाल बास्तोला मृत अवस्थामा भेटिएकोका थिए । घटनाको सम्बन्धमा आज मृतकको आफ्नै बुहारी ४८ वर्षीया रनमाया बास्तोलालाई शंका लागी नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा निज रनमाया बास्तोलाले बुधबार मृतकसंग घाँस काट्न गएको बेला हसियाँ प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

Read More

भद्रपुर, ८ पुस । झापाको हल्दिबारी गाउँपालिकामा ‘हल्दिबारी आधारभूत अस्पताल सञ्चालनमा आएको छ । हल्दिबारी गाउँपालिकाले आन्तरिक स्रोत परिचालन गरी १५ शैय्याको अस्पताल सञ्चालनमा ल्याएको हो । आज एक कार्यक्रमका बीच राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूत अस्पतालको उद्घाटन गर्नुभएको छ । हल्दिबारी गाउँपालिकाको हाताभित्र सञ्चालनमा आएको अस्पतालबाट बहिरंग सेवासहित १५ प्रकारका सेवा उपलब्ध हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिनुभयो । अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम, आकस्मिक स्वास्थ्य सेवा, प्रयोगशाला, फार्मेसी, इसीजी, एकीकृत बालरोग तथा नवजात शिशु व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजन लगायतका सेवा प्राप्त हुने प्रमुख निरौलाले बताउनुभयो । स्वास्थ्य सेवा प्राप्त गर्न गाउँपालिकाबासी अन्यत्र धाउनुपर्ने…

Read More

उदयपुर, ८ पुस । उदयपुरको त्रियुगा नगरपालिका(१५ ज्यामिटार स्थितमा करेन्ट लागेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाईते भएका छन् । मृत्यु हुनेमा २८ वर्षीया पार्वती विश्वाकर्मा रहेकि छन । हिजो बिहान साढे १० बजे आफ्नै बारीमा कोदो टिप्ने क्रममा बिजुलीको पोलमा छुन पुग्दा उनलाई करेन्ट लागि घटना स्थलमा नै मृत्यु भएको थियो भने उनका श्रीमान रुपेश बिश्वाकर्मा श्रीमतीलाई बचाउन खोज्दा करेन्ट लागी घाइते भएका थिए । घाइते बिश्वाकर्माको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

बिर्तामोड, ८ पुस । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले २६ औं बार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक गरेको छ । संस्थाको भोलि (शनिबार) हुने अन्तिम निर्णय पुस्तिका प्रमाणित भेलाको पूर्व सन्ध्यामा आज प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाले प्रदेश सहकारी रजिस्ट्रार कार्यालय इटहरीको निर्देशन अनुसार एकाईगत साधारणसभा सम्पन्न गरिसकेको छ । संस्थाले नीति तथा कार्यक्रमहरुलाई एकाई साधारण सभामा सदस्यहरु माझ छलफल तथा सुझाव संकलनपछि प्रतिवेदनलाई अन्तिम रुप दिने कार्य सम्पन्न गरी सार्वजनिक गरेको संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए । विश्व बजारमा परेको आर्थिक मन्दी र नेपालका बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अभाव भैरहेको अवस्था पनि संस्थाले सहज ऋण…

Read More