झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २६ मंसिर । राष्ट्रिय महिला आयोगको अगुवाइमा भद्रपुरमा वैदेशिक रोजगारमा संलग्न महिलाहरूको सुरक्षित मर्यादित सेवाको सुनिश्चितताका लागि सरोकारवाला निकायसित छलफल तथा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्काको प्रमुख आतिथ्यमा छलफल तथा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागी पीडित महिलाहरूले वैदेशिक रोजगारीमा गएर ठगिनु पर्दाको पीडा सुनाउँदै ठकलाई कारवाही नभएकोमा आपत्ति उठाएका थिए । उनीहरूले श्रम तथा रोजगार विभागकै कर्मचारीका कारण न्याय पाउन नसकेको भन्दै म्यानपावर कम्पनीका अवैध काम रोक्न माग समेत गरेका छन् । सो कार्यक्रममा झापामा कानुनी रूपमा सञ्चालनमा रहेका भनिएका…

Read More

भद्रपुर, २६ मंसिर । झापा सदरमुकाम समेत रहेको भद्रपुर स्थित मेची रंगशाला केही वर्षयता खेलविहिन हुँदै गएपछि पहिलो पटक भद्रपुर नगर सरकारले भद्रपुर गोल्डकप सञ्चालन गर्ने भएको छ । भद्रपुर नगरपालिकाको संरक्षणमा पहिलो पटक ‘ए’ डिभिजन क्लबहरूको सहभागितामा भद्रपुर गोल्डकप सञ्चालन गर्न लागिएको हो । यस आर्थिक वर्षको नगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको भद्रपुर गोल्डकपलाई सफल बनाउन नगरपालिकामा सर्वपक्षीय छलफल गरिएको थियो । सो छलफलबाट युवा उद्योगी दीपेश ढकालको अध्यक्षतामा भद्रपुर गोल्डकप मूल आयोजक समिति गठन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा आदित्य पराजुली, महासचिव जीवनकुमार श्रेष्ठ, सचिवमा टहलदास मैनाली, कोषाध्यक्षमा गणेश राजभण्डारी र सहकोषाध्यक्ष अजय साहेवालालाई निर्विरोध चयन…

Read More

झापा, २६ मंसिर । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट देशले नयाँ जनमत पाए पनि प्रमुख राजनीतिक दलका तिनका नेताको शैली पुरानै देखिएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फ २ सय २० जना सांसद चयन भइसकेका छन् । समानुपातिकतर्फबाट प्रतिनिधिसभामा सात दलले निर्वाचन आयोगलाई १ सय १० सांसदको नाम बुझाइसकेका छन् । आयोगले आफ्नो प्रक्रिया पूरा गरेपछि उनीहरू निर्वाचित भएको घोषणा गर्छ । सबै दलले प्राप्त गरेको मतका आधारमा हेर्दा वर्तमान सरकार बहुमतीय आधारबाट नै बन्ने पक्का छ । त्यसैले सरकार गठनका लागि दलैपिच्छेका सर्तसमेत सुरु भइसकेको छ । ​प्रदेशसभामा सातै प्रदेशमा गरी प्रत्यक्षतर्फ ३ सय ३० सांसद…

Read More

भद्रपुर, २६ मंसिर । जंगली हात्तीको आक्रमणमा परी आइतबार झापाको हल्दिबारीमा चार जना घाइते भएका छन् । घाइते हुने हल्दिबारी गाउँपालिका–५ निवासी गौरादेवी पौडेल, सोही ठाउँका नगेन्द्र पौडेल, पार्वतादेवी पौडेल र चेतन पौडेल रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुई परिवारका चार सदस्यको भद्रपुरस्थित मेची अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार हल्दिबारी गाउँपालिका–४ स्थित कालीमन्दिर टोलको गाउँमा चारकोशे जलथल जंगलबाट जंगली हात्ती निस्किएका थिए । हात्तीले स्थानीय जयप्रकाश दाहालको करिब एक बिगाहाको धान पूर्ण रूपमा क्षति पुर्‍याउनुका साथै विजय लावतीको थ्रेसर लगाएको करिब ६ मन धान खाएको स्थानीय प्रह्लाद सिलवालले बताए । हात्तीले धनबहादुर गहतराजको अटोमा समेत…

Read More

झापा, २६ मंसिर । नेपाल विद्युत् प्राधिकरणले उत्पादित बिजुली नकिन्दा निजीक्षेत्रका विद्यत् उत्पादकलाई गएको वर्षायाममा १ अर्ब रुपैयाँभन्दा बढी नोक्सान भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ९इप्पान० का अनुसार गएको वर्षायाममा उत्पादित बिजुली नबिक्दा २७ ऊर्जा उत्पादक कम्पनीले १ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी बेहोरेका हुन् । प्राधिकरणले बढी विद्युत् उत्पादन भएकाले प्रसारण लाइनमा ओभरलोड भई समस्या आउने कारण देखाएर नकिनेको इप्पानको भनाइ छ । केही दिनअघि ऊर्जासचिव दिनेश घिमिरेलाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएको इप्पानले बताएको छ । अहिले हाइड्रोपावर कम्पनीहरूले बेहोरेको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको इप्पानको भनाइ छ । इप्पानका अनुसार चेपे खोला, तल्लो मोदी,…

Read More

झापा, २६ मंसिर । सुशासन कायम गर्ने राज्यका निकायहरूले प्रभावकारी काम नगरिरहेकै बेला सरकारले सुशासनका नाममा राज्यलाई करोडौं भार पर्ने गरी अर्को निकाय थपेको छ । ऐन, नीति, कार्यक्रम र पार्टीका घोषणापत्रमा सुशासन प्राथमिकतामा परे पनि व्यवहारमा भने यसको महसुस हुन सकेको छैन । सुशासनका सूचकहरूले नेपाल हरेक वर्ष ओरालो यात्रामा रहेको देखाएका छन् । तर सरकारले सुशासनका नाममा जनताका आँखामा छारो हाल्ने काम मात्र गर्दै आएको छ । सरकारले झन्डै दुई महिनाअघि विद्युतीय सुशासन आयोग गठन गरेको छ । विद्युतीय सुशासन कायम गर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले यो आयोग गठन गरेको हो। प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन…

Read More

झापा, २६ मंसिर । दाङमा हनि ट्र्यापको आरोपमा एक पुरुष र २ जना महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। ुहनि ट्र्यापको अभियोगमा घोराही १० नारायणपुरबाट पुरुष र तुलसीपुरबाट २ जना महिला पक्राउ परेका छन् । घोराही १० नारायणपुरका रुद्रबहादुर केसी, तुलसीपुर १८ ग्वारखोलाकी कृष्णीकुमारी बस्नेत र गढवा ६ घर भई हाल तुलसीपुर बस्दै आएकी अनुष्का सिंह भनेर चिनिने कृष्णी गहतराज पक्राउ परेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सन्जिव बेलबासेले जानकारी दिए । तुलसीपुरका एक जना व्यवसायीसँग ब्ल्याकमेलिङ गर्दै मोटो रकम नदिए बलात्कार मुद्दा हाल्ने भनेर महिलाले धम्की दिएपछि प्रहरीले पक्राउ गरेको हो। महिलाले यौन सम्बन्धको प्रस्ताव राख्दै ब्ल्याकमेलिङ…

Read More

झापा, २६ मंसिर । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता हटाएको छ । आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भई मतपरिणाम सार्वजनिक भइसकेको हुँदा सोमबारदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता हटाउने निर्णय भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए। ‘गत साउन १९ गते नेपाल सरकार र मन्त्रिपरिषद्को निर्णयानुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६ को उपदफा (१) बमोजिम मंसिर ४ गते निर्वाचन सम्पन्न हुने गरी निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार…

Read More

भद्रपुर, २५ मंसिर । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति भद्रपुरको १० औं अधिवेशनबाट लावण्यकुमार पोखरेल निर्वाचित भएका छन् । निर्वतमान अध्यक्ष लोकनाथ भट्टराईलाई ४६ मतले पछि पार्दै पोखरेल निर्वाचित भएका हुन् । पोखरेलले एक सय ३० मत प्राप्त गरेका थिए भने भट्टराईले ८४ मतमा रोकिनु परेको छ । त्यसैगरी, उपाध्यक्षमा एक सय ३२ मतका साथ प्रकाश निरौला निर्वाचित भए भने उनको प्रतिष्पर्धीमा ७७ मत पाएर मुकुन्द पौडेल उपविजेता बन्न पुगेका छन् । त्यस्तै, सचिवमा मुरारी न्यौपाने र सहसचिवमा नारायण हजाम निर्विरोध निर्वाचित भएका थिए भने कोषाध्यक्ष डिल्लीराम अधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरूमा क्रमशः सुगम सुवेदी…

Read More

झापा, २५ मंसिर । प्रतिनिधिसभामा समानुपातिक तर्फबाट दलहरूले सिफारिस गरेका ११० जनामध्ये १७ जना प्रदेश १ का परेका छन् । जसमा सबैभन्दा धेरै ७ जना झापाबाट परेका छन् । नेपाली काँग्रेसले ३२ समानुपातिक सांसदमा सरिता प्रसाई (झापा), सरस्वती बजिमय (खोटाङ), लीलादेवी बाखिम (लिम्बू) (ताप्लेजुङ), माया राई (भोजपुर) र कल्पना चौधरी (सुनसरी) लाई समानुपातिक तर्फबाट सांसद सिफारिस गरेको छ । नेकपा एमालेले प्रदेश १ बाट मात्रै ६ जना हेमराज राई (भोजपुर), कालुराम राई (झापा), उर्मिला थेवे (ताप्लेजुङ), सुनिता बराल (झापा), हर्कमाया विश्वकर्मा (झापा) र अमृत राजवंशी (झापा) रहेका छन् । एमालेले समानुपातिकमा ३४ जना सांसद सिफारिस गर्दा झापाबाट मात्रै ४ जनाको…

Read More