
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १२ मंसिर । झापामा वर्षे धानको उत्पादकत्व बढेको छ । गत वर्षभन्दा धान खेतीको क्षेत्रफल घटे पनि यस वर्ष धानको उत्पादकत्व बढेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए। यस वर्ष जिल्लामा वर्षे धानको उत्पादकत्व चार दशमलव ८९ मेट्रिक टन प्रतिहेक्टर रहेको उहाँले बताउनुभयो । आव २०७७/०७८ र आव २०७८/०७९ मा वर्षे धानको उत्पादकत्व चार दशमलव ८५ रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आव २०७७/०७८ मा ८५ हजार सात सय ५० हेक्टरमा धानखेती गरिएको थियो । गत वर्ष जिल्लामा ८७ हजार पाँच सय हेक्टरमा धान खेती गरिए पनि यस वर्ष ८६ हजार छ सय २५ हेक्टरमा मात्र…
झापा, १२ मंसिर । विश्वकप फुटबलको दोस्रो खेलमा हारसँगै क्यानडा बाहिरिएको छ । आइतबार राति भएको खेलमा क्रोएसियाले क्यानडामाथि ४–१ गोलको जितपछि क्यानाडा विश्वकपको दौडमा ट्रयाकआउट भएको छ । कालिफा अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा क्यानडाले सुरुवाती अग्रता बनाएको थियो । क्यानडाका लागि खेलको दोस्रो मिनेटमा अल्फोन्सो डाभिसले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । मार्को लाभाजले गोल गर्दै क्रोएसियालाई २–१ गोलको अग्रता दिलाए । खेलको ७० औं मिनेटमा कर्मारिचले गोल गर्दै क्रोएसियालाई ३–१ गेलको अग्रता दिलाए । खेलको इन्जुरी समयमा लोभरो माजेरले गोल गर्दै क्रोएसियालाई ४–१ गोलको जित दिलाए । जितसँगै क्रोएसियाले दुई खेलबाट ४ अंक जोडेको छ । क्रोएसिया…
झापा, १२ मंसिर । सातै प्रदेशमा मतगणना अन्तिम चरणमा पुग्दा प्रदेश सभामा सत्ता साझेदार पाँच दलबीच समझदारीकै आधारमा सरकार गठन हुने सम्भावना देखिएको छ। निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहे पनि प्रदेश सभातर्फ निर्वाचित सांसद् सङ्ख्या र समानुपातिक मतका आधारमा सत्ता साझेदार दलहरूबीच संयुक्त सरकार गठन हुने देखिएको हो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चासँगै चुनावी गठबन्धनमा आएको लोकतान्त्रिक समाजवादी पार्टीले मङ्सिर ४ गतेसम्म निर्वाचनको नतिजाअनुसार सुविधाजनक बहुमत प्राप्त गरेका छन्। नेकपा एमालेले केही प्रदेशमा प्रत्यक्ष र समानुपातिकमा अग्रता लिइरहेको छ। तर सत्ता साझेदार दलबीचको समझदारीअनुसार प्रदेश सरकार गठन हुँदा एमाले प्रतिपक्षमै बस्नुपर्नेछ। २०७८ असार…
झापा, १२ मंसिर । संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० राष्ट्रिय पार्टीको रुपमा पुनरागमन भएको छ । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा १ सिट मात्र ल्याएको राप्रपाले यसपटक प्रत्यक्षतर्फ ७ सिटमा विजयी भइसकेको छ भने राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ । राप्रपाले अहिलेसम्म समानुपातिकतर्फ ५ लाख १६ हजार मत कटाइसकेको छ । यस हिसाबबाट समानुपातिकमा राप्रपाले ७ देखि ८ सिट पाउने निश्चित भएको छ । २०७४ को निर्वाचनमा राप्रपा राष्ट्रिय पार्टीको रूपमा स्थापित भएन । राप्रपाबाट राजेन्द्र लिङ्देन मात्र संसद्मा विजयी भएका थिए । त्यतिबेला राप्रपा ३ वटा पार्टीको रूपमा विभाजित भएको थियो । कमल थापाले नेतृत्व गरेको राप्रपा, पशुपति…
झापा, ११ मंसिर । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै ब्याजदर बढ्न नदिने र बैंक तथा वित्तीय संस्थाहरूको नाफा घटाउने रणनीति अख्तियार गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले यस्तो नीति अख्तियार गर्न लागेको संकेत गरेको छ । आगामी दिनमा बजारमा तरलता कम नहुने गरी व्यवस्थापन गरिने राष्ट्र बैंकका प्रवक्ता डा।गुणाकर भट्टले जानकारी दिए । यस्तै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको नाफा कम गर्ने गरी ब्याज अन्तर ९स्प्रेडदर० घटाउने भएको छ । नयाँ व्यवस्था अनुसार वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४।४ प्रतिशतबाट ४ प्रतिशत तथा विकास बैंक…
झापा, ११ मंसिर । मोरोक्कोले बेल्जियममाथि जित निकालेको छ । विश्वकप फुटबल अन्तर्गत आइतबार भएको आफ्नो दोस्रो खेलमा मोरक्कोले फिफा वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियमलाई २–० गोल अन्तरले हराएको हो । मोरक्कोलाई जित दिलाउन अदेल हामिद साबारी र अबुखेलाले एक(एक गोल गरे । जीतसँगै मोरक्को ४ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ । ३ अंकसहित बेल्जियम दोस्रो स्थानमा छ । आज नै अर्को खेलमा क्रोएसिया र क्यानडा भिड्दैछन् ।
भद्रपुर, ११ मंसिर । झापा हात्तीपाइले रोग निवारण सम्बन्धी ‘सेम्पल सर्भे’ हुने भएको छ । तालिम केन्द्रका भेक्टर कन्ट्रोल अधिकृत कुमार पोखरेलले झापाको दुई पालिकामा सेम्पल सर्भे गरिने जानकारी दिनुभयो । झापाको कचनकवल गाउँपालिका गाउँपालिका–४ को लोदाबारी र झापा गाउँपालिकाको कुमरखोदमा सेम्पल सर्भे गरिने उहाँले बताउनुभयो । विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको परीक्षण कीटबाट १० मिनेटमै नतिजा (रिपोर्ट) आउने उहाँले बताउनुभयो । १२ गते कचनवल र १३ गते कुमरखोदनमा सेम्पल सर्भे हुनेछ । सर्भेका क्रममा लोदाबारी र कुमरखोदका तीन/ तीन सय स्थानीयबासीको रगत परीक्षण गरिनेछ । रगतमा हात्तीपाइले रोगको जीवाणु रहे/नरहेको परीक्षण गरिने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन विश्वनाथ श्रेष्ठले…
भद्रपुर, ११ मंसिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले समाजले खोजेको नयाँपन तथा नयाँ दिशातर्फ सबै राजनीतिक दलहरूले सोच्ने बेला आएको बताएका छन् । भद्रपुरमा आयोजित मतदातालाई धन्यवाद तथा आभार र प्रदेशसभा सदस्यमा निर्वाचित भूमिप्रसाद राजवंशीलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले संघीयता लोकतन्त्र र समाजवादलाई सही कार्यान्वयनमा ल्याएर नागरिकले खोजेको नयाँपन शासन व्यवस्थामा स्थापित गर्न दलहरू गम्भीर हुनु पर्ने बताएका हुन् । देशको राजनीतिमा नयाँ परिस्थिति सिर्जना भएको बताउँदै नेता सिटौलाले शासन सञ्चालनमा समेत नयाँ शैली अपनाएर राजनीति अगाडि जान सके वर्तमान नेपालले खोजेको भावना पूरा हुने प्रष्ट पारेका छन् । उनले पुरानो राजनैतिक शैलीलाई अगाडि बढाएर अवको राजनीति…
बिर्तामोड, ११ मंसिर । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना रेखा खोलामा निर्माण हुँदै गरेको पुलको अनुगमन गरिएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडा नम्बर ८का वडासदस्य अग्निप्रसाद सिटौलालगायतको टोलीले आज अनुगमन गरेको हो । पुल नहुँदा यस क्षेत्रका स्थानीयलाई वारीपारी गर्न असहज रहेको थियो । बिर्तामोड नगरपालिका वडा नम्बर ४मा रहेको एनके कन्ट्रक्सन कम्पनीले ३७ लाख ७३ हजार ३१९ रुपैंया ५९ पैसामा पुल निर्माणको ठेक्का पाएको छ । पुल ९ दशमलव २० मिटर लम्बाई र ६ मिटर चौडाईको बन्ने छ । बिर्तामोड नगरपालिकाले नगरक्षेत्र भित्र निर्माण भईरहेका विकास निर्माणका कार्यहरुको प्रत्यक्षरुपमा…
बिर्तामोड, ११ मंसिर । झापाको बिर्तामोडमा नैवेद्य रेष्टुरेन्ट सञ्चालनमा आएको छ । गणपति बेकर्सको पूर्णसफलतापछि सञ्चालक राजु ढकालले गणपति नैवेद्य रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । करिब १ करोड ५० लाख रुपैयाँको लागतमा सञ्चालनमा आएको रेष्टुरेन्टमा नर्थ इन्डियन परिकार ‘तन्दुर आइटम’ विशेष आकर्षणका रुपमा रहेको छ । सँगै रेष्टुरेन्टमा नेपाली, चाइनिज, इन्डियन, कन्टिेन्टल खानाको स्वाद चाख्न पाइने सञ्चालक ढकालले बताए । भोलि (सोमबार) देखि औपचारिक रुपमा सञ्चालनमा आउने नैवेद्यको उद्घाटन सञ्चालक ढकालका हजुरबुबा नन्दीकेशरी ढकाल लगायतलेका आफन्तजनले गर्ने जनाइएको छ । रेष्टुरेन्ट सञ्चालनको अवसरमा ७ दिनसम्म सेलिब्रेसन अपनिङ विक सञ्चालन हुने सञ्चालक ढकालले बताए । अष्टे«लियामा बेकरी सम्बन्धी काम गरेको अनुभवका…