झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १४ मंसिर । नेपाल पत्रकार महासंघ शाखा, खोटाङले समाचार लेखेको विषयमा पक्राउ परेका उदयपुरका पत्रकार गजेन्द्र राईको बिना सर्त रिहाइको माग गरेको छ । समाचार लेखेको विषयमा पत्रकार राईलाई साइवर क्राइमअन्तर्गतको मुद्दा चलाइएकोमा आपत्ति जनाउँदै महासंघले सो मुद्दा खारेज गर्न र विना सर्त रिहा गर्न माग गरेको हो । महासंघका अध्यक्ष दिलीप खत्रीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमार्फत कानुनी उपचार खोज्नुपर्नेमा साइवर क्राइमको मुद्दा लगाएर पक्राउ गर्नु आपत्तिजनक रहेको बताएका छन् । ‘समाचार लेखेको विषयमा पत्रकार राईविरुद्ध साइबर क्राइमको मुद्दा दायर भएको छ । यो आफैंमा प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने काम हो ।…

Read More

एजेन्सी । अमेरिकामा ३० वर्षअघि फ्रिज गरिएको भ्रूणबाट जुम्ल्याहा शिशु जन्मिएका छन्। अमेरिकी राज्य टेनेसीमा ३० वर्षअघि चिस्याइएको भ्रूणबाट जुम्ल्याहा शिशु जन्माइएको हो । यसलाई अहिलेसम्म सबैभन्दा लामो समय भ्रूण चिस्याएर सफल रूपमा शिशुको जन्म भएको घटनाको रुपमा हेरिएको हो । सन् १९९२ को अक्टोबर १४ देखि भ्रूण चिस्याइएको थियो । ओरेगनकी रचेल रिजवेले ३१ अक्टोबरमा जुम्ल्याहा बच्चाहरूलाई जन्म दिएकी थिइन । जुम्ल्याहा सन्तानको नाम लिडिया र तिमोथी राखिएको छ । दाताले दिएको भ्रुणबाट जन्मिएको रिजवेको यो पहिलो बच्चा हो । उनका एकदेखि आठ वर्षका अन्य चार बच्चाहरू छन् । ‘म पाँच वर्षको थिएँ जब भगवानले लिडिया र तिमोथीलाई जीवन…

Read More

उदयपुर, १४ मंसिर । उदयपुरको कटारी नगरपालिका–६ साँगुरी स्थितबाट अवैध लागु औषध गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–२ का २७ बर्षिय सरोज राई रहेका छन् । आज बिहान ५ बजे प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरी गस्ति टोलीले संकित अवस्थामा रहेको राईले बोकेको बोरा चेकजाँचको क्रममा ६० किलोग्राम गाँजा बरामद गरेको हो । अवैध लागुऔषध गाँजा बरामद भएसंगै पक्राउ परेका राईको ईलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भईरहेको छ ।

Read More

झापा, १४ मंसिर । झापाको मेचीनर नगरपालिका–१३ स्थित चारआलीमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । हिजो दिउँसो प्रदेश १–०१–००१ ख ३८४८ नम्बरको ट्रकले पैदल यात्री मेचीनगर–१२ का ७० वर्षीय जगतमान सावालाई ठक्कर दिदा घाइते भएका सावाको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न रहेको ट्रक र चालक पाँचथर हिलिहाङका ३६ वर्षीय नरेन्द्र कुमार अधिकारीलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

Read More

झापा, १३ मंसिर । नेकपा एमालेले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरू ९राष्ट्रिय स्वतन्त्र पार्टीसमेत० का कारण आफ्नो पार्टीले कम्तीमा २५ देखि ३० सिटसम्म गुमाउनुपरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । एमालेले गरेको चुनावको अनौपचारिक समीक्षामा पार्टीले जित्ने निश्चित भएका ८ निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवार हाबी भएको र पार्टीका उम्मेदवार उपविजेता भएको औंल्याउँदै प्रत्यक्षमा करिब ८ सिट र समानुपातिकमा १७ सिट गुमाउनुपरेको निष्कर्ष निकालिएको हो । एमाले काठमाडौं २ र ५ तथा चितवन १ र २ मा चुनाव जित्नेमा ढुक्क थियो । काठमाडौं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चुनाव जिते । काठमाडौंका अन्य क्षेत्रमा पनि एमाले राष्ट्रिय…

Read More

झापा, १४ मंसिर । हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा प्रदेश १ मा प्रदेशसभामा विजयी उम्मेदवारहरुको नामावली प्रत्यक्षमा नेकपा एमाले विजयी उम्मेद्वारहरू १) पाँचकर्ण राई, खोटाङ १ (विजयी) २) जयप्रकाश चौधरी, मोरङ ४ (१) (विजयी) ३) तिलकुमार मेन्याङ्बो, ताप्लेजुङ १ (विजयी) ४) रामबहादुर राना, इलाम २ (२) (विजयी) ५) विदुरकुमार लिङ्थेप, संखुवासभा २ (विजयी) ६) तिलचन पाठक, झापा २ (२) (विजयी) ७) छविलाल चुँडाल, झापा ३ (२) (विजयी ८) राधाकृष्ण खनाल, झापा ४ (१) (विजयी) ९) हिक्मतकुमार कार्की, झापा ५ (१) (विजयी) १०) होमबहादुर थापा, झापा ५ (२) (विजयी) ११) एकराज कार्की, झापा २ (१) (विजयी) १२) इन्द्रमणि पराजुली, धनकुटा…

Read More

झापा, १३ मंसिर । एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा बढी मोबाइल प्रयोगकर्ता घटेको पाइएको हो । प्राधिकरणका अनुसार असारसम्म नेपालमा मोबाइल प्रयोग गर्नेको सङ्ख्या चार करोड सात लाख ९३ हजार थियो । सो सङ्ख्या घटेर साउनमा चार करोड दुई लाख १० हजारमा सीमित भएको छ । मोबाइल प्रयोगकर्ताको यो सङ्ख्यामा सीडीएमए प्रयोगकर्ता जोडिएको छैन । यो केवल जीएसएम मोबाइल प्रयोगकर्ताको मात्र सङ्ख्या हो । सेवा प्रदायकले लामो समय प्रयोगविहीन रहेका मोबाइल सिमकार्डलाई निष्क्रिय बनाउँदा प्रयोगकर्ताको सङ्ख्या तथ्याङ्कमा घट्ने गरेको…

Read More

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को जग्गा खरीदका लागि इच्छापत्र आह्वान सम्बन्धी सूचना !

Read More

हल्दिबारी, १२ मंसिर । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले लोकतान्त्रिक बाम गठबन्धन निर्माणको उद्देश्य पूरा हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । हल्दिवारीमा झापा क्षेत्र नम्वर ३ अन्र्तगत कार्यकर्ता तथा मतदातालाई धन्यवाद दिने कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले अहिलेको हारलाई आगामी दिनमा विजयमा परिणत गर्ने उद्देश्यका साथमा अगाडि बड्न समेत लोकतान्त्रिक बाम गठबन्धनका नेता कार्यकर्तालाई आह्वान गरेका छन् । चुनावमा हारजित स्वभाविक हुने भन्दै हारबाट आत्तिनु पर्ने कुनै कारणनभएकाले आम जनताको विचमा हिम्मतका साथ उपस्थित हुन समेत नेता सिटौलाले आग्रह गनरेका छन् । आफूले निर्वाचन हारेपनि जनताको विश्वास नहारेको बताउदै उनले अझै सक्रियताका साथ सामाजिक उन्नतिका लागि विकास निर्माण र…

Read More

झापा, १३ मंसिर । विश्वकप फुटबल अन्तर्गत आज ९मंगलबार० विभिन्न चार खेलहरू हुँदैछन् । आज हुने खेलमा समूह ‘ए’ र समूह ‘बी’को दुई–दुई खेलहरू हुनेछन् । आजको पहिलो खेलमा इक्वेडर र सेनेगलले प्रतिस्पर्धा गर्नेछन् । इक्वेडर र सेनेगलका लागि आजको खेल निर्णायक हुनेछ । आजको खेलमा सेनेगलले जित निकाल्दै अन्तिम १६ मा पुग्ने योजनामा छ । यता इक्वेडरलाई बराबरी भए पनि अघिल्लो चरण प्रवेश गर्न पुग्नेछ । सोही समयमा हुने अर्को खेलमा नेदरल्यान्ड्स र कतारले प्रतिस्पर्धा गर्नेछन् । आजको खेलमा नेदरल्यान्ड्स जित निकाल्दै प्रतियोगिताको अघिल्लो चरण पुग्ने योजनामा छ । यता कतार भने जितबाट प्रतियोगिताको अन्त्य गर्ने योजनामा छ ।…

Read More