
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १३ मंसिर । झापामा प्रतिनिधिसभाको भन्दा प्रदेशसभाको प्रत्यक्षतर्फ बदर मत कम भएको छ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ खसेको चार लाख १२ हजार तीन सय छ मध्ये २३ हजार नौ सय ६० मत अर्थात् पाँच दशमलव ८१ प्रतिशत बदर भएको निर्वाचन कार्यालय झापाले जनाएको छ । निर्वाचन कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले प्रदेशका १० क्षेत्रमा खसेको चार लाख ३६ हजार पाँच सय ८६ मतमध्ये २२ हजार पाँच सय ६४ मत अर्थात् पाँच दशमलव ४५ प्रतिशत मत बदर भएको छ । यसमा प्रदेशको भन्दा प्रतिनिधिसभामा एक हजार तीन सय ९६ मत बढी बदर भएको हो । उनले प्रतिनिधिसभाको क्षेत्र नं १ मा…
झापा, १३ मंसिर । पोर्चुगल उरुग्वेलाई हराउँदै विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा ब्रुनो फर्नाडेजको दुई गोलले उरुग्वेलाई २–० गोलले हराउँदै पोर्चुगल प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको हो । लुसाइल स्टेडियममा भएको खेलमा पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई गोल गरे । उनले खेलको ५४औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका हुन् । खेलको इन्जुरी समयमा पेनाल्टी मार्फत गोल गर्दै फर्नान्डेजले पोर्चुगललाई २–० गोलको जित दिलाए । जितसँगै समूह ‘एच’को पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेको छ । पोर्चुगलले लिगमा दुई खेलबाट ६ अंक जोडेको छ । यसै समूहको घानाले ३ अंक जोड्दा दक्षिण कोरिया र…
झापा, १३ मंसिर । रोजगार अनुुमति प्रणाली ९ईपीएस०मार्फत सन् २०२३ मा कृषि तथा पशुपालनतर्फ दक्षिण कोरिया जानेका लागि भाषा परीक्षाको आवेदन दिने मिति तोकिएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस शाखाले सन् २०२३ मा कृषि तथा पशुुपालनका लागि छ हजार कामदारको माग आएकाले पुस ४ देखि ८ गतेसम्म आवेदन दिन सक्ने गरी आवेदन माग गरेको हो । ईपीएस शाखाका अनुसार कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षाको पहिलो चरणको परीक्षा आउँदो माघ १६ देखि माघ २७ गतेसम्म हुनेछ भने दोस्रो चरणको परीक्षा फागुन ८ देखि फागुन २६ गतेसम्म हुनेछ । सबै परीक्षा काठमाडौँमा नै सञ्चालन हुनेछ । एक दिनमा चार सिफ्टमा…
झापा, १३ मंसिर । नेपाली कांग्रेसका शीर्ष नेताहरूले आम निर्वाचनको अन्तिम परिणाम आउनुपूर्व नै नयाँ सरकारको नेतृत्वका लागि आआफ्नो पहललाई तीव्र बनाएका छन्। मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने भए पनि कांग्रेसका आधा दर्जन नेताले प्रधानमन्त्री बन्ने आकांक्षासहित विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल थालेका हुन्। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहितका दलसँग चुनावी तालमेल गरेर अहिलेसम्म ५३ निर्वाचन क्षेत्रको परिणाम आफ्नो पक्षमा पारेको कांग्रेसभित्र प्रधानमन्त्रीका लागि भने आधा दर्जन नेताले आकांक्षा देखाएका हुन्। पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग…
बिर्तामोड, १३ मंसिर । बिर्तामोड नगरपालिकाले मेयर पकेट कार्यक्रमलाई यस वर्ष पनि अघि बढाएको छ । आज नगरप्रमुख पवित्रा महतारा प्रसाईले मेयरपकेट कार्यक्रम अन्तर्गत बाख्रा पालन तथा बंगुर पालनका लागि आवेदन दिने महिला कृषक समुहहरुको अनुगमन गर्नु भयो । नगर प्रमुख प्रसाईले मेयरपकेट कार्यक्रम अन्तर्गत रहेका ग्रामिण महिला बाख्रा साँटासाँट कार्यक्रम र ग्रामिण महिला बंगुर साँटासाँट कार्यक्रम अन्तर्गत समुह छनोटको लागि फिल्ड अनुगमन गर्नु भएको हो । वडा नम्बर ७को नवज्योति महिला कृषि समुह, वडा नम्बर ८मा रहेको नव जागरण बाख्रापालन कृषक समुह र वडा नम्बर ९मा रहेको संझना महिला कृषक समुहको अनुगमन भएको हो । अनुगमनबाट छनोटमा परेका कृषक…
बाह्रदशी, १२ मंसिर । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल र नेपालीको भविष्य बहुलवादमा आधारित संघीयता, गणतन्त्र र धर्म निरपेक्षतामा सुरक्षित रहेको बताएका छन् । झापा ३ अन्र्तगत बाह्रदशीमा आयोजित मतदातालाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले बहुलवादसित गासिएर आएको संघीयता गणतन्त्र र धर्म निरपेक्षताको विपक्षमा जाने हो भने नेपाल र नेपालीको भविष्य निरङ्कुशतामा अल्झने बताएका हुन् । उनले आगामी सरकार लोकतान्त्रिक बाम गठबन्धनको बन्ने बताउँदै पाँच बर्षसम्म लोकतान्त्रिक बाम गठवन्धनकै सरकारले नेपाली राजनीतिको नेतृत्व दिने बताए । निर्वाचनले दिएको परिणामलाई हेर्ने हो भने नेपालको राजनीति नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रकै सेरोफेरोमा रहने देखिएको भन्दै सिटौलाले…
एजेन्सी । पुरुष पार्टनरलाई कुरामा फसाएर आफ्नो काम गर्न लगाउने तरिकाबारे जानकारी दिएका कारण एक लाइफ कोच चर्चामा छिन् । यी महिला इन्फ्लुएन्सर अन्य महिलालाई महिलावादबारे पढाउँछिन् र समस्यालाई टाढा राख्ने तरिकाबारे जानकारी दिन्छिन् । ३४ वर्षकी यी महिला इन्फ्लुएन्सरको नाम मार्गरिटा नजरेन्को हो । उनी अष्ट्रेलियाको सिड्नीमा बस्छिन् । मार्गरिटा महिलालाई आफ्नो चलाखी र नारीत्व प्रयोग गर्न सल्लाह दिन्छिन् ताकि महिलाले आफ्नो पुरुष पार्टनरबाट आफूले चाहेको कामका लागि मनाउन सकून् र एक आरामदायी जीवनयापन गर्न सकून् । न्युयोर्क पोस्टका अनुसार सर्जनसँग विवाहित मार्गरिटाले तीन जनावरको उदाहरण दिएर महिलाको व्यवहारको ढाँचाबारे बताएकी छिन् । पहिलो – हरिण, दोस्रो – गाई…
झापा, १२ मंसिर । धनकुटाको मूलघाट केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रविन्दु भएर तीन दशमलव सात रेक्टर स्केलको भूकम्प गएको थियो । केही दिन पहिले पश्चिम नेपाल केन्द्रविन्दु भएर भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।
झापा, १२ मंसिर । झापामा १४ महिलासहित १५७ उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ ७९ र प्रदेशसभा सदस्यतर्फ ७८ जना उम्मेदवारको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिए । उम्मेदवारले धरौटी रकम जोगाउन नसक्दा १० लाख ३० हजार राजश्व जम्मा भएको छ । धरौटी जफत हुने प्रतिनिधिसभातर्फ झापा क्षेत्र नम्बर १ मा १२, क्षेत्र नम्बर २ मा १४, क्षेत्र नम्बर ३ मा १६, क्षेत्र नम्बर ४ मा १५ र क्षेत्र नम्बर ५ मा २२ जना उम्मेदवारको धरौटी जफत भएको छ । त्यस्तै प्रदेशसभातर्फ झापा १ (१) मा ४ जना, ९२०…
झापा, १२ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (सोमवार) चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुईरदुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ’जी’ मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा समूह ’एच ’ को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ । विश्वकप अन्तर्गत सोमवार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । आजको अन्तिम एवं चौथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । समूह ’जी’ मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । कतारका जारी विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका…