jhapaonline add

बिर्तामोड, १४ मंसिर । झापाको बिर्तामोडमा डिजिटल सुरक्षासम्बन्धी कार्यशाला सम्पन्न भएको छ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत लैंगिक हिंसा न्यूनीकरणका लागि कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य तथा प्रवक्ता कृष्णकुमारी खतिवडाले लिंगका आधारमा हिंसा हुन नहुने जिकिर गरिन् । त्यस्तै, जुनसुकै उमेरका महिलाहरु पनि पीडित भइरहेको उनको भनाइ थियो । अहिले पनि नेपालमा महिलाको नेतृत्व स्वीकार गर्न नसकिएको उनले बताइन् । महिलाहरु पुरुषको आज्ञापलक मात्र भइरहेको खतिवडाले बताइन् । त्यस्तै, कार्यक्रममा झापा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाल पत्रकार महासंघ कोशीकी उपाध्यक्ष अम्बिका भण्डारी, मानवअधिकारी डा। रुपक खनाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी…

Read More

झापा, १४ कात्तिक । झापाको कचनकवल गाउँपालिका–६ लाहुरेचोकस्थित केचना–चन्द्रगढी सडकखण्डमा म्याजिक भ्यानमा आगलागी भएको छ । मंसिर १३ गते साँझ बनियानीबाट हिमालीतर्फ जाँदै गरेको मे १ ज ३२७९ नम्बरको म्याजिक गाडी अचानक आगलागी भई पूर्णरूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । चालक सोही स्थानका २४ वर्षीय प्रकाश खनालको अनुहार र टाउकोमा आगोले पोलेर सामान्य चोटपटक लागेको छ । उनलाई तत्काल स्वास्थ्य केन्द्र बनियानीमा उपचारका लागि पठाइएको छ । गाडीमा सवार अन्य दुई जना भने सकुशल रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, १४ मंसीर । अध्ययन बिदामा गएर लामो समयदेखि काममा नफर्केका दुई जना कृषि वैज्ञानिक र अन्य तीन कर्मचारीसँग नेपाल कृषि अनुसन्धान परिषद्ले सबै रकम असुल उपर गर्ने चेतावनीसहितको सूचना जारी गरेको छ । सात दिनभित्र उनीहरूलाई कार्यालयमा उपस्थित हुनको लागि आग्रह गर्दै परिषद्ले अन्यथा परिषद्ले उनीहरूको लागि लगानी गरेको सबै रकम असुल उपर गर्ने चेतावनी दिएको हो । सिंहदरबारस्थित नेपाल कृषि अनुसन्धान परिषद्ले आज जारी गरेको सूचनाअनुसार अध्ययन बिदामा गएर काममा नफर्कने वैज्ञानिकहरुमा पहाडी बाली अनुसन्धान कार्यक्रम काभ्रे र दोलखाको वैज्ञानिक किरण बराल र राष्ट्रिय व्यावसायिक बाली अनुसन्धान केन्द्र, खुमलटारका वैज्ञानिक राजु चौधरी छन् । त्यसैगरी, बागबानी अनुसन्धान केन्द्र…

Read More

झापा, १४ मंसीर । नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८९ रुपैयाँ ४६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २० पैसा र बिक्रीदर ९३ रुपैयाँ ५९ पैसा,…

Read More

झापा, १४ मंसीर । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।

Read More

झापा, १४ मंसीर । हाल नेपालमा दक्षिण–पश्चिम बंगालको खाडीमा विकसित चक्रवात ‘दित्वा’को आंशिक प्रभाव परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज (आइतबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार यतिबेला कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ । चक्रवात ‘दित्वा’को आंशिक प्रभाव परे पनि आगामी ३ दिनसम्म देशभर कतै वर्षा तथा हिमपातको सम्भावना भने देखिएको छैन । यस्तो छ मौसम महाशाखाको प्रक्षेपण अनुसार मंसिर १४ गते आइतबार दिउँसो र राति देशभर आंशिक बदली रहने छ । यस्तै, मंसिर १५ गते सोमबार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र…

Read More

झापा, १३ मंसीर । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले शनिबार विवाह गर्दै देशको इतिहासमा नयाँ रेकर्ड कायम गरेका छन् । ६२ वर्षीय अल्बानिज अस्ट्रेलियाको १२४ वर्षे इतिहासमा प्रधानमन्त्री पदमै रहँदा विवाह गर्ने पहिलो नेता बनेका हुन् । प्रधानमन्त्री अल्बानिजले ४६ वर्षीया पार्टनर जोडी हेडेनसँग विवाह गरेका हुन् । हेडेन वित्तीय सेवामा कार्यरत छिन् । उनीहरूबीच सन् २०२० मा मेलबर्नमा एक व्यावसायिक डिनरमा भेट भएको थियो। अल्बानिजले फेब्रुअरी २०२४ मा हेडेनसँग इन्गेजमेन्ट गरेका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नवदम्पतीले सोमबारदेखि शुक्रबारसम्म हनिमुन मनाउनेछन् । यसको सम्पूर्ण खर्च उनीहरूले आफ्नै खल्तीबाट बेहोर्ने भएकाले सरकारी सहयोग प्रयोग हुने छैन । यो अल्बानिजको दोस्रो विवाह…

Read More

झापा, १३ मंसीर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन् । महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा आज प्रतिनिधि छनोट सम्पन्न भएको बताउनुभयो । “धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका छन्”, उहाँले भन्नुभयो, “केही ठाउँमा निर्वाचनको माध्यमबाट प्रतिनिधि छनोट भएका छन् ।” उहाँले छिटफुट रूपमा रोकिएको प्रतिनिधि छनोट प्रक्रिया पनि निर्वाचनबाट टुङ्ग्याउने निर्देशन दिएको बताउनुभयो । उहाँका अनुसार एक प्रतिनिधि निर्वाचन क्षेत्रबाट खुला, महिला र युवा गरी चार जना प्रतिनिधि छनोट हुनेछन् । आज छनोट…

Read More

झापा, १३ मंसीर । हङकङको ताइपोस्थित वाङफुक कोर्ट नामको आवासीय भवनमा बुधबार भएको भीषण आगलागीमा मृत्यु भएकाहरूको सम्झनामा शनिबार तीन दिनका लागि शोक सुरु गरिएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार आगलागीमा परी अहिलेसम्म १२८ जनाको मृत्यु पुष्टि भएको छ भने अझै १५० जना बेपत्ता छन् । शनिबार बिहान तीन दिने शोक सुरुवात गर्दै हङकङका प्रमुख कार्यकारी जोन ली का–चिउको नेतृत्वमा अधिकारीहरूले सरकारको मुख्यालयमा ३ मिनेट मौन धारण गरे । सोमबारसम्म सबै १८ जिल्लामा बिहान ९ बजेदेखि राति ९ बजेसम्मका लागि शोक पुस्तिका राखिएका छन् । शनिबारदेखि सोमबारसम्म सबै सरकारी भवनमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ । यसैबीच घटनास्थलको ब्लकमा भइरहेको…

Read More

झापा, १३ मंसीर । नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट भएको छ । नेपालले आज सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै एसिया कपमा स्थान सुरक्षित गरेको हो । संयुक्त अरब इमिरेट्स (यूएई) को अजमान मैदानमा मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७.५ ओभरमा एक विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका वंश क्षेत्रीले अविजित २३ र निश्चल क्षेत्रीले अविजित १५ रन बनाए । मलेसियाका मोहम्मद अक्रामले एक विकेट हात पारे । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भयो । उसका लागि हमजाह पङ्गीले १३, मुहम्मद फतुल मुइनले ११ रन जोडेपनि अन्य ब्याटरले दोहोरो अङ्कमा…

Read More