jhapaonline add

कनकाई, २२ साउन । झापाको कनकाई नगरपालिकाले आधारभूत तह कक्षा–८ उत्तीर्ण गर्न नसकेका बालबालिकाका लागि वैकल्पिक कक्षा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले दोस्रो पटक साउन १४ गते सूचना प्रकाशित गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को दफा १९ को व्यवस्था अनुसार कक्षा–८ उत्तीर्ण नगरेका बालबालिकालाई अनिवार्य आधारभूत शिक्षा पूरा गराउने उद्देश्यले वैकल्पिक कक्षा सञ्चालन गर्न लागिएको कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले जानकारी दिनुभयो । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को दफा १९ मा कुनै पनि नागरिकले मिति २०७८ वैशाख १ गतेदेखि आधारभूत तह कक्षा–८ उत्तीर्ण नगरेमा सरकारी तथा गैरसरकारी संघ, संस्थाबाट कुनै पनि सेवा, सुविधाबाट…

Read More

झापा, २२ साउन । झापा जिल्ला अदालतका प्रमुख न्यायाधीशका रूपमा सरुवा भएर आएका प्रकाश राउतलाई स्वागत गरिएको छ । दुई वर्षे कार्यकाल पूरा गरी प्रमुख न्यायाधीश उमेशप्रसाद लुइटेल काठमाडौं जिल्ला अदालतमा सरुवा भएपछि राउतले झापा जिल्ला अदालतको कार्यभार सम्हालेका हुन् । नयाँ प्रमुख न्यायाधीश राउतलाई प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, न्यायाधीशहरू अम्बिकाप्रसाद दाहाल, पारसमणि पोखरेल, लोकबहादुर हमाल, उषा श्रेष्ठ, नारायण रिमाल र डिल्लीप्रसाद आचार्य, अदालतका श्रेस्तेदार डिल्लीराम प्रसाई, जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी उपरीक्षक बसुन्धरा खड्का, जिल्ला सरकारी वकिल कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता दिपेशप्रताप शाह तथा अदालतका कर्मचारीहरूले स्वागत गरेका थिए । अदालत प्रशासन शाखाका अनुसार झापा जिल्ला अदालतमा नौ…

Read More

इलाम, २२ साउन । मेची राजमार्गअन्तर्गत माईखोला–राजदुवाली सडकखण्ड वर्षौंदेखिको पहिरो समस्याबाट मुक्त हुन सकेको छैन। पछिल्लो पटक करिब एक महिनादेखि सडक अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङका सर्वसाधारण दैनिक उपभोग्य सामग्री ढुवानीदेखि बिरामी ओसारपसारसम्म कठिनाइ भोग्न बाध्य भएका छन्। २०७२ सालयता यो सडकखण्डको मर्मतमा करोडौँ रुपैयाँ खर्च भए पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन। हाल २ करोड १४ लाख रुपैयाँभन्दा बढी लागतमा कङ्क्रिट वाल, ग्याबिन वाल, ड्रेनेज, सोलिङ तथा ग्राभेल गर्ने काम जारी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ। लगातारको वर्षाका कारण निर्माण कार्यमा ढिलाइ भइरहेको कार्यालयको भनाइ छ। स्थानीयवासीले भने पटक–पटक मर्मतमा ठूलो रकम खर्च गर्नुको सट्टा…

Read More

झापा, २२ साउन । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको सङ्ख्या ५७ हजार ८९७ रहेको छ । यो ८१.१९ प्रतिशतबराबर हो । यस्तै, तीन परीक्षार्थीको परीक्षाफल रद्द गरिएको छ । नतिजामा प्राविधिक कारणले कुनै त्रुटि भएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखबाट सच्याइने उल्लेख छ । परीक्षाफल बोर्डको वेबसाइट, एसएमएस र आइभीआर सर्भिसबाट प्राप्त गर्न सकिनेछ । बोर्डले यही साउन २ र ३ गते मौका परीक्षा सञ्चालन गरेको थियो ।

Read More

झापा, २२ साउन । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पक्राउ पर्नेमा नुवाकोट घर भई काठमाडौं महानगरपालिका–४ बस्ने ४१ वर्षीय मनोहर मुडभरी, बाजुरा घर भई काठमाडौं–१४ बस्ने २६ वर्षीय अनिल मल्ल, कास्कीकी ३४ वर्षीया कमला पौडेल सुनार र पाँचथर घर भई काठमाडौं–९ बस्ने ४१ वर्षीय तुलसीराम ढुङ्गेल रहेका छन्। प्रहरीका अनुसार मनोहरले मौरिसस पठाइदिने भन्दै एक पीडितबाट ३ लाख ५० हजार रुपैयाँ, अनिलले कम्बोडिया पठाइदिने भन्दै ८ लाख ८४ हजार रुपैयाँ, कमलाले रोमानिया पठाइदिने भन्दै ६ लाख रुपैयाँ तथा…

Read More

झापा, २२ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको छ । हाल बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भागमा साधारणतया बदली भएको छ । मधेस प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भेगमा आंशिक बदली भएको छ । बागमती र कर्णाली प्रदेशका केही तथा कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो…

Read More

काठमाडौँ, २१ साउन । ललितपुरको ग्वार्कोमा यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भक्तपुरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा२ख ३५९० नम्बरको बस ग्वार्कोको फ्लाइओभरको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी ४० वर्षीया जेनिसा लामाको मृत्यु भएको हो । उपचारको क्रममा उनको बीएण्डबी अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए । । दुर्घटनामा घाइते भएका १९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

Read More

झापा, २१ साउन । आज सुनको भाउ बढेको छ । सुन तोलामा आठ हजार रुपैयाँले बढेर दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो पनि सुन तोलामा चार हजार २०० रुपैयाँले बढेर दुई लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले बढेर तोलाको चार हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलामा चार हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

इनरुवा, २१ साउन । सुनसरीको धरान उपमहानगरपालिका–१६ पौडेल चोकबाट लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१३ का २२ वर्षीय अनिष तामाङ, सोही स्थानकी १८ वर्षीया प्रतिमा राजधामी, धरान–१६ का १८ वर्षीय निराजन तामाङ, पाँचथरको फिदिम नगरपालिका–१ का २१ वर्षीय पुरप राना मगर तथा सोही स्थानका २१ वर्षीय अभिनाश थापा मगर रहनुभएको छ। सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लका अनुसार पक्राउ परेकाहरूको साथबाट ट्रामाडोल ३१६ पिस, स्पासपेन–फ्री १९५ पिस, स्पासप्रो १०० पिस र स्पासरेस्ट १८ पिस गरी जम्मा ६२६ पिस ट्याब्लेट…

Read More

झापा, २१ साउन । हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी क्षेत्रका २० भन्दा बढी किराना, हार्डवेयर, कपडा, खाजा घर तथा सैलुनमध्ये अधिकांश व्यवसाय बिनादर्ता तथा आवश्यक कानुनी कागजातबिनै सञ्चालन भइरहेको पाएको छ । बुधबार भएको अनुगमनपछि गाउँपालिकाले त्यस्ता व्यवसायलाई आगामी २५ गतेभित्र गाउँपालिकामा दर्ता भई आवश्यक प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । साथै मूल्यसूची, होल्डिङ बोर्ड, बिल÷रसिदलगायत अन्य आवश्यक कानुनी कागजातसमेत सोही अवधिभित्र गाउँपालिकामा पेस गर्न पनि निर्देशन दिएको छ । अनुगमन टोलीको नेतृत्व गर्नुभएकी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले लक्ष्मीदेवी मैनालीले बजारलाई व्यवस्थित बनाउने र उपभोक्ता अधिकारको संरक्षण गर्ने उद्देश्यले अनुगमन अभियानलाई निरन्तरता…

Read More