jhapaonline add

झापा, १३ जेठ । देशभर पछिल्लो एक महिनामै आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन् । जसमा तीन पुरुष, पाँच महिला, दुई बालक र एक बालिका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले गएको वैशाखको तथ्याङ्क विश्लेषण गर्दा सो अवधिमा आगलागीबाट ६७ जना घाइते भएको जानकारी दिनुभयो । घाइते हुनेमा २७ पुरुष, ३२ महिला र आठ बालबालिका छन् । आगलागीका घटनामा बढोत्तरी भएसँगै ठूलो भौतिक तथा मानवीय क्षति हुने गरेको उहाँले बताउनुभयो । नागरिक सचेत भए घेरै घटना रोक्न सकिने जनाइएको छ । प्रहरीले एक महिनामा आगलागीबाट १५१ घर, १०१ गोठ र तीनवटा सरकारी कार्यालयमा क्षति पुगेको…

Read More

झापा, १३ जेठ । संघीय लोकतन्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष व्यवस्थाविरुद्ध मुलुकमा प्रतिगामी तत्वहरूले चलखेल गरिएको भन्दै संयुक्त पहिचानवादी मोर्चा चुप नलाग्ने जनाएको छ । संघीय लोकतन्त्रिक गणतन्त्र र धर्मनिरपेक्ष व्यवस्थाविरुद्ध मुलुकमा प्रतिगामी तत्वहरूले चलखेल गरिरहेकाले त्यसको विरुद्ध खुलेरै लाग्ने मोर्चाका झापा अध्यक्ष एलपी पालुङ्वाले बताउनुभयो । जेठ १२ गते बसेको संयुक्त पहिचानवादी मोर्चा झापाको पहिलो सचिवालय बैठकबाटै त्यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो । त्यस्तै, जिल्ला सचिवालय सदस्यमा मोगेन राईलाई र जिल्ला सल्लाहकारमा प्रेम घिसिङ मनोनयन गरिएको उहाँले बताउनुभयो । यस्तै, मोर्चाले संगठन विस्तारमा निरन्तरता दिँदै हल्दिबारी गाउँपालिकामा जेठ २५ गते, भद्रपुर नगरपालिकामा जेठ अन्तिम हप्ता र बिर्तामोडमा असार ५ गते…

Read More

चितवन, १३ जेठ । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई आवश्यक तालिमसमेत दिएको छ । अस्पतालको प्रयोगशाला विभाग प्रमुख डा ग्रेता पाण्डेले ‘फ्लोसाइटोमेट्री’सेवा थालनी गरेर ९० जनाभन्दा बढीको परीक्षण पनि गरिएको जानकारी दिनुभयो । विगतमा यो परीक्षणका लागि महँगो शुल्क तिरेर भारत पठाउनुपर्ने बाध्यता थियो । अस्पतालले यो सेवा सुरु गरेसँगै रु १२ हजारमा नै यो परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ । बाहिर पठाउँदा ठाउँअनुसार धेरै रकम तिर्नुपर्ने हुन्थ्यो । नेपालमा बर्षेनी कतिजनालाई रक्त क्यान्सर हुन्छ भन्ने एकीन…

Read More

सन्तोष शर्माझापा, १३ जेठ । झापामा विगत सात वर्षमा बाढीले ४६ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । विसं. २०७५ सालदेखि २०८१ सालसम्म सात वर्षको अवधिमा जिल्लाका विभिन्न आएको बाढीका कारण ४६ जनाको मृत्यु भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो । २०७६ सालमा बाढीमा परी बेपत्ता भएका झापा गाउँपालिकाबाट एक जनाको हालसम्म पत्ता लाग्न सकेको छैन । बाढीका कारण विसं. २०७५ मा १ जना, २०७६ मा १० जना, २०७७ मा २१ जना, २०८० मा ५ जना र २०८१ सालमा ९ नौ जनाको मृत्यु भएको नेपाल रेडक्रस सोसाइटी झापाको तथ्यांक छ । बाढीका…

Read More

झापा, १३ जेठ । झापाको बाह्रदशी गाउँपालिका–५ मा आज बिहान आगलागी हुँदा एक महिला घाइते भएकी छन् । आज बिहान अन्दाजी ४ बजेको समयमा बाह्रदशी गाउँपालिका–५ घोडामार टोलकी ५० वर्षीया विष्णु ओझाको गुवालीमा रहेको चुलोमा खोले पकाएर ननिभाइकन राखेकोमा अचानक आगो सल्किएर आगलागी भएको थियो । आगो निभाउने क्रममा बिष्णु ओझाको आगोले ढाँड तथा हातमा जलेर घाइते भएकी छन् । उनको बिर्तासिटी अस्पताल बिर्तामोड उपचार भइरहेको छ भने अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीय र प्रहरीको सहयोगमा आगो ४ः३० बजे नियन्त्रणमा लिइएको थियो । उक्त आगोलागीबाट विद्युतीय मोटर, कुटी काट्टने मेसिन सामान्य जलेको छ ।…

Read More

सन्तोष शर्माझापा, १३ जेठ । झापाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित कन्काई नदीको पूर्वी तहमा विद्युतीय शवदाह ग्रृह निर्माण शुरु भएको छ । विद्युतीय शवदाह गृह निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । पूर्वाधार निर्माण पछि अन्य उपकरण लागत प्रदेश सरकारबाट प्राप्त हुने नगरप्रमुख पोखरेलले बताउनुभयो । करिब रू एक करोड ५० लाखको लागतमा शवदाह गृह निर्माण हुने उहाँले बताउनुभयो । विद्युतीय शवदाह गृह पूर्वाधार निर्माणका लागि सात सदस्यीय उपभोक्ता समिति र सात सदस्यीय अनुगमन समिति गठन गरी धमाधम काम शुरु गरिएको छ । कनकाई नगरपालिकाको रू १५ लाख र उपभोक्ता समूहको तर्फबाट रू…

Read More

मकवानपुर, १३ जेठ । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सडक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा चार जना घाइते भएका छन् । दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर, सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक दुई जनाको ठेगाना खुलेको छैन । सोमबार बेलुका बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा३ख ५९९० नम्बरको यात्रुबस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरण नजिकै सडकमा हिँडिरहेका सात जनालाई ठक्कर दिएको थियो । घाइते भएका एक जनाको ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको छ भने…

Read More

झापा, १३ जेठ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सफादेखि आंशिक बदली रहने छ । देशका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका…

Read More

झापा, १२ जेठ । नेपाल पत्रकार महासंघ झापाले १५ वटै पालिकामा ज्ञापनपत्र बुझाउने अभियान अन्तरगत आज चार वटा पालिकामा ज्ञापनपत्र बुझाएको छ । महासंघले कनकाई, अर्जुनधारा, मेचीनगर नगरपालिका र कचनाकवल गाउँपालिकामा ज्ञापनपत्र बुझाएको छ । महासंघ झापाले सात बुँदे मागसहित झापाका १५ वटै स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाउँदैछ । आज महासंघका अध्यक्ष एकराज गिरीको नेतृत्वमा शुरु गरिएको ज्ञापनपत्र कनकाई र अर्जुनधारा नगरका नगर प्रमुखहरुलाई बुझाइएको थियो । कनकाई नगरका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र अर्जुनधारा नगरका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, मेचीनगरका नगर प्रमुख गोपालचन्द्र बुढाथोकी र कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईलाई ज्ञापनपत्र हस्तान्तरण गरिएको छ । आज महासंघका अध्यक्ष एकराज…

Read More

शिवसताक्षी, १२ जेठ । झापा शिवसताक्षी नगरपालिका वडा नं. ११ ले सेवा प्रवाह, विकास निर्माण, र वडा सञ्चालन भएका कार्यक्रमहरुको प्रभावकारिताका विषयमा सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा भएका विकास निर्माणको प्रभावकारिता, सेवा प्रवाह, नागरिकको गुनासो सुनुवाई गर्ने उद्देश्यले वडाले वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम आयाजना गरेको हो । वडाले गरेको वर्ष भरीको कार्यसम्पादन, सेवाको पारदर्शिता सुनिश्चित गर्नका लागि वडाले कम्तिमा पनि वर्षको एक पटक सार्वजनिक सुनुवाई गर्दै आएको वडाध्यक्ष बहादुर आङ्गबोले बताए । ‘वडाले सञ्चालन गरेका हरेक योजना वडाबासीले जानकारी पाउनु उहाँहरुको अधिकार हो । उनले भने त्यसैले वडामा संघीय सरकार, प्रदेश सरकार, नगरपालिका र वडा…

Read More