jhapaonline add

झापा, १८ जेठ । काठमाडौँको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० नेपालका अध्यक्ष कमल थापासहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । पक्राउ परेकाहरूलाई हाल परिसरमा राखिएको उहाँले बताउनुभयो । यसरी पक्राउ पर्नेमा थापासहित प्रतिनिधिसभा सांसद दीपक सिंह, ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिनालगायत रहेका छन् । राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि यहाँ प्रदर्शन गरिरहेका छन् ।

Read More

झापा, १८ जेठ । दुर्घटनामा परी गम्भीर घाइते भएकी एक युवतीको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको छ । गत जेठ १३ गते झापाको मेचीनगर नगरपालिका–१४ धाइजन चोकस्थित पुर्व–पश्चिम लोकमार्गमा धुलाबारीबाट चारआली तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४७११ नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१४ प ५१५२ नम्बरको मोटरसाइकल बीच ठक्कर हुँदा गम्भीर घाइते भएकी बुद्धशान्ति गाँउपालिका–५ की २२ वर्षीया आकृति दनुवार गम्भीर घाइते भएकी थिइन् । दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–१० धुलाबारीका २७ वर्षीय राहुल गुप्ता सामान्य घाइते भएका थिए । सोही मोटरसाइकलमा पछाडि सवार दनुवारको बीण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा आज दिउँसो मृत्यु भएको हो ।…

Read More

झापा, १८ जेठ । झापाको बिर्तामोडमा फष्ट स्टेप इजुकेशनल कन्सल्टेन्सीको शाखा सञ्चालनमा आउने भएको छ । बिर्तामोड–१ स्थित निर्माणाधीन कार्यालयमा परिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अमित पौडेलले बिर्तामोडबाट फष्ट स्टेप इजुकेशनलले सेवा प्रारम्भ गर्न लागेको जानकारी दिनुभयो । काठमाडौं, बुटवल, नेपालगञ्ज र दाङबाट सेवा प्रदान गर्दै आएको कन्सल्टेन्सीले चाँडै झापाको बिर्तामोडबाट सेवा शुरु गर्ने भएको हो । “काठमाडौंमा हुँदा देखि नै मैले झापाबाट धेरै विद्यार्थी भर्ना गराएको छु”, उहाँले भन्नुभयो, “हामी सबै सर्टिफाइ छौं, झापाबाट पनि राम्रो काम गरेर फस्ट स्टेपप्रतिको विश्वास अझ बढाउँदै लैजाने छौं ।” https://www.youtube.com/watch?v=0aUTIs5AMTA&t=81s आफूहरुसँग १७ वर्ष लामो अनुभव भएको बताउनुहुँदै फस्ट स्टेपबाट…

Read More

इटहरी, १८ जेठ । कोशी टप्पु वन्यजन्तु आरक्षले आजदेखि सप्तकोशी नदीमा पाइने डल्फिनको गणना सुरु गरेको छ । आरक्षले सप्तकोसीमा पाइने डल्फिनको गणना प्रत्येक वर्ष गर्दै आएको छ । यहाँ पाइने गंगेटिक प्रजातिको डल्फिनको गणना यस वर्ष आरक्षले सुरु गरेको हो । सप्तकोसीमा सन् २०२२ देखि नियमितरुपमा डल्फिनको गणना हुँदै आएको कोशी टप्पु वन्यजन्तु आरक्षका वरिष्ठ संरक्षण अधिकृत भूपेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । उहाँले यस वर्ष राष्ट्रिय प्रकृति संरक्षण कोष, कोशी प्रदेश कार्यालय तथा काठमाडौँस्थित हिमालयन नेचर संस्थालगायतको प्राविधिक सहकार्यमा सुरु गरिएको बताउनुभयो । उहाँले चेतनशील स्तनधारी जलचरको रूपमा चिनिने डल्फिन दुर्लभ मानिने जानकारी गराउनुभयो । आरक्षका अनुसार गङ्गा सागरबाट…

Read More

झापा, १८ जेठ । गत शुक्रवारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु ३०० ले बढेको छ । सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल रु एक हजार ९८० निर्धारण भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार २८९ अमेरिकी डलर कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Read More

एजेन्सी, १८ जेठ । सन् २०२५ को मिस वर्ल्डको उपाधि थाइल्यान्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन् । शनिवार बेलुका भारतको हैदराबादमा आयोजित समारोहमा उनले ७२औं मिस वर्ल्डको उपाधि जितेकी हुन् । विजेता ओपललाई अघिल्लो संस्करणकी विजेता क्रिस्टिना पिस्ज्कोभाले ताज पहिर्‍याइदिइन् । २१ वर्षीया ओपल अन्तर्राष्ट्रियसम्बन्धी विद्यार्थी हुन् । अन्तिम चारमा अमेरिका तथा क्यारेबियनबाट मार्टिनिक, अफ्रिकाबाट इथियोपिया, युरोपबाट पोल्यान्ड र एशियाबाट थाइल्यान्डबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा दोस्रो नम्बरमा इथियोपियाकी हैसेट देरेज र तेस्रो नम्बरमा मार्टीनिककी आरेली योहाचिम थिइन् । ७ मे मा शुरू भएको प्रतियोगिता ३१ मे अर्थात् हिजो मिस वर्ल्ड चुनेर समापन भएको छ । नेपालबाट सृच्छा प्रधानले मिस…

Read More

काठमाडौँ, १८ जेठ । गायक तथा संगीतकार गणेश रसिकको आइतबार निधन भएको छ । ७७ वर्षिय उनको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको गीतकार संघका अध्यक्ष बसन्त बी थापाले जानकारी दिए । उनी विगत पाँच वर्षदेखि क्यान्सर रोगबाट ग्रसित थिए । रसिककी छोरी देश बाहिर रहेकाले भोलि (सोमबार) मात्रै अन्त्येष्टि गरिने अध्यक्ष थापाले बताए ।

Read More

झापा, १८ जेठ । सुनसरी र मोरङको दुई स्थानबाट प्रहरीले लागू औषध खैरो हेरोइन सहित ४ जनालाई पक्राउ गरेको छ । जेठ १७ गते अस्थायी प्रहरी पोष्ट सखुवागाछी सुनसरीको प्रहरी टोलीले इनरुवा नगरपालिका–३ स्थितबाट सुनसरीको इटहरी उपमहानगरपालिका–३ का २८ वर्षीय विवेक अधिकारी, इटहरी–४ का २२ वर्षीय मनोज परियार र २६ वर्षीय मनिष राईलाई लागुऔषध खैरो हेरोइन ३ ग्राम ३७ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी, लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट तनहुँको रिसिङ गाउँपालिका–३ का ३७ वर्षीय दलराज मगरलाई लागुऔषध खैरो हेरोइन १९ ग्राम ६३ मिलिग्रामसहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनाको सम्बन्धमा…

Read More

झापा, १८ जेठ । हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । दिनभरि चिया बगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले साँझ परेपछि स्थानीयवासीका खोरबाट बाख्रा, सुँगुर मारेर खाने गरेको मेचीनगर–२ का वडाध्यक्ष दीपक बरालले जानकारी दिनुभयो । विगत लामो समयदेखि हात्ती र बाँदरको आतङ्क खेपिरहेको बाहुनडाँगीले पछिल्लो १५ दिनयता चितुवाको थप आतङ्क खेप्नुपरेको उहाँले बताउनुभयो । “ हात्तीको नियमित आतङ्क, बाँदरको अस्वाभाविक बिगार खेपिरहेका हामीले फेरि चितुवाको पनि सामाना गर्नुपरिरहेको छ”, वडाध्यक्ष बराल भन्नुहुन्छ, “प्रत्येक दिन खोरबाट बाख्रा, सुँगर तानेर खाइरहेको छ । अब बालबालिका कसरी जोगाउनु भन्ने चिन्ता छ…

Read More

मोरङ, १८ जेठ । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन् । उनीहरु साथी भेट्न जाने भन्दै यही जेठ १५ गते गणतन्त्र दिवसका दिन घरबाट निस्किएका जनाइएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले बेपत्ता बालिकाहरूको खोजी जारी रहेको जानकारी दिनुभयो ।

Read More