झापा, १८ जेठ । दुर्घटनामा परी गम्भीर घाइते भएकी एक युवतीको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको छ ।
गत जेठ १३ गते झापाको मेचीनगर नगरपालिका–१४ धाइजन चोकस्थित पुर्व–पश्चिम लोकमार्गमा धुलाबारीबाट चारआली तर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४७११ नम्बरको ट्रक र सोही दिशाबाट जाँदै गरेको प्रदेश १–०१–०१४ प ५१५२ नम्बरको मोटरसाइकल बीच ठक्कर हुँदा गम्भीर घाइते भएकी बुद्धशान्ति गाँउपालिका–५ की २२ वर्षीया आकृति दनुवार गम्भीर घाइते भएकी थिइन् ।
दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–१० धुलाबारीका २७ वर्षीय राहुल गुप्ता सामान्य घाइते भएका थिए । सोही मोटरसाइकलमा पछाडि सवार दनुवारको बीण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेकोमा आज दिउँसो मृत्यु भएको हो । ट्रक चालक बिर्तामोड–३ का ३४ वर्षीय विजय लिम्बू इप्रका धुलाबारीको नियन्त्रणमा रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


