झापा, २० कात्तिक । स्थानीय बजारमा सुनको मूल्य आज एकैदिन प्रतितोला ५ हजार ९०० रुपैयाँले घटेको छ। चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ हजार ८१० रुपैयाँ निर्धारण गरिएको छ।

बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ३ हजार ९२० रुपैयाँ रहेको थियो।
यससँगै एकैदिन सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।
Facebook Comments Box



