
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १९ बैशाख । झापाको झापा गाउँपालिका–७ स्थित झागडटोलमा आगलागी भएको छ । आज दिउँसो १ः३० बजेको समयमा झापा गाउँपालिका–७ बस्ने गोविन्द सिंह क्षेत्रीको टाटी बेरा, फुसको छानो भएको भान्सा घर र घरसँगै जोडिएको गाई गोठमा आगलागी भएको हो । अचानक चुलोबाट आगो सल्कीएर आगलागी भएको भन्ने २ बजेको समयमा प्रहरी चौकी शरणामतिमा जानकारी प्राप्त हुन साथ तत्काल प्रहरी टोली गएर स्थानिय र प्रहरीको सहयोगमा २ः४५ बजेको समयमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट गोठ, भान्सा घरमा रहेको भाडा वर्तन पूर्ण रुपमा जलेर नष्ट र उक्त आगलागीबाट अन्दाजी ५० हजार मूल्य बराबरको क्षति भएको प्रहरीले…
बिर्तामोड, १९ बैशाख । नेपाल दशनामी समाज बिर्तामोड नगरसमितिले कुल गुरु शंकराचार्यको १२३७ औं जन्म जयन्ती मनाएको छ । समाजले शुक्रबार बिर्तामोडस्थित कार्यालयमा एक कार्यक्रमको आयोजना गरी जन्म जयन्ती मनाएको हो । समाजका बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष खेमराज गिरीले गरेका थिए । कार्यक्रममा कोषाध्यक्ष विदुर गिरी, सदस्य रणवहादुर गिरी, नगरका प्रेस सल्लाहकार उद्धव पुरी, सदस्य माया गिरी लगायतले शंकराचार्यको तस्वीरमा माल्यार्पण गर्दै पुष्प गुच्छा अर्पण गरेका थिए । कार्यक्रमको संचालन सचिव प्रजीत पुरीले गरेका थिए । दशनामी समाज बिर्तामोड नगर समितिले प्रत्येक बर्ष दशनामीका कूलगुरु शंकराचार्यको जन्मजयन्ती मनाउँदै आएको छ ।
झापा, १९ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्र्तीण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ । परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक सञ्जालमा बोर्डको लोगो प्रयोग गरी प्रचार भएकामा आपत्ति प्रकट गर्दै भ्रामक सूचनाका पछाडि नलाग्न आग्रह गरिएको छ । यसअघि बोर्डले कक्षा १२ को परीक्षा यही वैशाख ११ गतेदेखि गर्ने समयतालिका निर्धारण गरेको थियो । नेपाल शिक्षक महासङ्घ आन्दोलनमा रहेका कारण परीक्षाको मिति सारिएको थियो । पछिल्लोपटक महासङ्घसँग सहमति भएकाले अब भने निधारित परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले आफ्नो कुनै फेसबुक पेज नभएको…
झापा, १९ बैशाख । सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले छुट बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने जानकारी दिनुभयो । “नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई हामीले वैशाख ३१ गते खोप लगाउँदैछौँ”, उहाँले भन्नुभयो, “त्यो दिन विगतमा नियमित खोप लगाउन छुटेका बालबालिकाले खोप लगाउनेछन् ।” नेपालमा पाँच वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाइसकेका छन् । शाखा प्रमुख डा गौतमले छुटेका पाँच प्रतिशत बालबालिकालाई खोजी गरेर खोप लगाइने बताउनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन छुट…
झापा, १९ बैशाख । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै, चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
सुनसरी, १९ बैशाख । सुनसरीको हरीनगर गाउँपालिका–७ स्थितबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय सजाद अन्सारी रहेका छन् । वैशाख १८ गते अपरान्ह वादविवादको क्रममा सजाद अन्सारीले पेस्तोल निकालेको भनि स्थानीयबासीले प्रहरीलाई खबर गर्ना साथ तत्काल प्रहरी चौकी घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । कटुवा पेस्तोलसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
झापा, १९ बैशाख । अमेरिकाको नर्थ क्यारोलिना निवासी २० वर्षीय प्रसन नेपालविरुद्ध विश्वव्यापी बाल यौन शोषण नेटवर्क चलाएको अभियोग लगाइएको छ। हिंसात्मक अनलाइन सञ्जाल सञ्चालन गरेको अभियोगमा उनलाई पक्राउ परेपछि अहिलेसम्मकै सबैभन्दा जघन्य अनलाइन बाल शोषण उद्यमहरूमध्ये एक सञ्चालन गरेको अभियोग लगाइएको हो। अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिसले विज्ञप्ति जारी गर्दै ‘टिप्पी’ उपनामले चिनिने २० वर्षीय प्रसान नेपाललाई पक्राउ गरेको उल्लेख गरेको छ। नेपालसँगै २१ वर्षीय लियोनिडास वारागियानिसलाई पनि पक्राउ गरिएको छ। उनीहरूविरुद्धको अभियोग प्रमाणित भएमा उनीहरूले आफ्नो बाँकी जीवन जेलमा बिताउने डिपार्टमेन्ट अफ जस्टिसको वक्तव्यमा उल्लेख छ। उनीहरूले अनलाइनमा कमजोर बालबालिकाहरूलाई लक्षित गर्दै उनीहरूलाई उक्साएर र धम्क्याएर अश्लील सामग्रीहरू…
झापा, १९ बैशाख । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत अर्की नेपाली छात्रा मृत फेला परेकी छन्। वीरगन्ज पर्साकी प्रिसा साह मृत फेला परेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्। उनी छात्रावासको कोठामै मृत फेला परेको प्रहरीलाई उद्धृत गर्दै खबरहरुमा जनाइएको छ। गत फागुनमा मात्र केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल छात्रावासमा मृत फेला परेकी थिइन्। उनी रुपन्देहीकी थिइन्। प्रकृतिले आफूमाथि दुर्व्यवहार भइरहेको विषयमा कलेजमा धेरै पटक उजुरी दिँदा पनि सुनुवाइ नभएको पाइएको थियो। त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले छानबिनपछि विश्वविद्यालयको निष्क्रियतालाई घोर लापरवाही ठहर गरेको थियो।
झापा, १९ बैशाख । उदयपुरको कटारी नगरपालिका–६ सोमबारेमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् । चितवनबाट झापातर्फ जाँदै गरेको मे१च ३०४० नम्बरको जिप दुर्घटना हुँदा झापाको दमक नगरपालिका–३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको हो । उनी दमक नगरपालिकाका कानुन अधिकृत हुन् । इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईंका अनुसार बस्नेतको कटारी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गम्भीर घाइते झापाको दमक नगरपालिका–१० का ४९ वर्षीय राजेन्द्रप्रसाद भण्डारीको कटारी अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनामा दमक–१ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक–६ का ५४…
झापा, १९ बैशाख । आज शुक्रबार देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षा हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षार हिमपात हुने सम्भावना छ। यस्तै आज राति कोसी प्रदेश ,गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। कोसी प्रदेश र गण्डकी…