
सुनसरी, १९ बैशाख । सुनसरीको हरीनगर गाउँपालिका–७ स्थितबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २५ वर्षीय सजाद अन्सारी रहेका छन् । वैशाख १८ गते अपरान्ह वादविवादको क्रममा सजाद अन्सारीले पेस्तोल निकालेको भनि स्थानीयबासीले प्रहरीलाई खबर गर्ना साथ तत्काल प्रहरी चौकी घुस्की र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । कटुवा पेस्तोलसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


