२०८३ कात्तिक २१ गते शनिबार ।
मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ भने छोटो दूरीको पारिवारिक यात्राको तय हुनेछ। माया–प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ। अध्ययन वा कामको सिलसिलामा लामो दूरीको यात्रा तय हुनेछ। चाडबाडमा खेलिने खेल तथा दाउमा भाग्यले साथ दिनेछ। साँझपख विलासी सामानको प्रयोगमार्फत अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ।
वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
व्यवसाय तथा काम गर्ने अनुकूल वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ। आफन्त तथा सन्तानबाट आफ्नो काममा विशेष सहयोग प्राप्त हुनेछ। बौद्धिकताको प्रयोग गरी नाम र दाम कमाउन सकिनेछ। नयाँ विचार आउने भएकाले प्रविधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ। परिवारका साथ घुमघाम, किनमेल तथा मनोरञ्जनमा समय बित्नेछ। चाडबाडमा खेलिने खेलमा भाग्यले साथ दिने हुनाले धन प्राप्त हुन सक्छ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
राजनीति तथा समाजसेवामा समय लगानी गरे पनि पदप्रतिष्ठा प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ। व्यापार व्यवसायमा अन्य दिनभन्दा बढी समय खर्चिनुपर्नेछ। चाडबाड लक्षित खेल तथा मनोरञ्जनमा धन गुम्न सक्छ। साँझपख कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले अपेक्षित आम्दानी गर्न सक्नेछन्। प्रेममा रमाउन चाहनेहरूका लागि यात्राको अवसर जुर्नेछ। शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ।
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
बौद्धिक क्षमता उच्च रहने हुँदा भाग्य बलियो बन्नेछ। अध्ययन–अध्यापनका क्षेत्रमा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा ख्याति प्राप्त गर्ने योग रहेको छ। नकारात्मक मनोवृत्ति निष्क्रिय हुनेछ। राजनीतिक गतिविधिमार्फत समाजमा प्रभावशाली व्यक्तित्वको परिचय बनाउन सकिनेछ। भाग्य बलियो भएकाले चाडबाड लक्षित मनोरञ्जनात्मक खेलमा धन जित्न सकिनेछ।
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
कुटुम्बसँग बिग्रिएको सम्बन्ध सुधार गर्न सकिनेछ। कृषि तथा बालीका माध्यमबाट राम्रा र परिणाममुखी काम गर्न सकिनेछ। व्यवसाय फस्टाएर जानेछ भने आम्दानी बढ्नुका साथै उठ्नुपर्ने रकम हात लाग्नेछ। शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई स्वादिष्ट भोजनका साथ रमाइलो वातावरणमा दिन बिताउन सकिनेछ। माया–प्रेममा नजिक हुने समय रहेको छ। काम वा अध्ययनको सिलसिलामा यात्रा हुनेछ। सट्टेबाजी तथा चाडबाड लक्षित खेलमा भाग्यले साथ दिनेछ।
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
राजनीति तथा कल्याणकारी कामबाट समाजमा नाम र दाम कमाउन सकिनेछ। व्यापार व्यवसायबाट अपेक्षित आम्दानी हुने हुँदा आर्थिक अवस्था सुदृढ हुनेछ। प्रेम सम्बन्धमा एकअर्काप्रति विश्वास बढ्नेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ। सुन्दर पहिरनमा सजिएर अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ। भाग्य परीक्षणका खेल वा गतिविधिमा जित हासिल गर्ने सम्भावना छ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
कुनै पनि आर्थिक कारोबार गर्दा सचेत रहनुहोला। आर्थिक कारोबार बिग्रिने तथा दण्ड–जरिवाना हुने सम्भावना छ। स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ। चाडबाड लक्षित खेल तथा सट्टेबाजीमा सहभागी भए हार बेहोर्नुपर्ने सम्भावना छ। साँझपख काम तथा अध्ययनको सिलसिलामा यात्राको अवसर जुर्नेछ। विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यवसाय गर्नेहरूका लागि समय फलदायी रहनेछ।
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ भने व्यापारबाट मनग्य लाभ लिन सकिनेछ। आर्थिक लाभ हुने काममा हात हाल्न सकिनेछ। चाडबाड लक्षित खेल तथा गतिविधिमा भाग्यले साथ दिनेछ। ईर्ष्या गर्नेहरू आफैँ किनारा लाग्नेछन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। चुनौती चिर्दै काम सम्पन्न गर्न सकिनेछ। साँझपख यात्रा गर्दा विशेष ध्यान दिनुहोला, अप्रिय घटना हुन सक्ने सम्भावना छ।
धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा वर्चस्व कायम राख्न र पहुँच विस्तार गर्न सकिनेछ। चाडबाडमा आफन्त तथा साथीभाइसँग खेलिने मनोरञ्जनात्मक खेलमा जित हासिल गर्न सकिनेछ। बुवा वा बुवासरहका व्यक्तिबाट आफ्नो काममा सहयोग प्राप्त हुनेछ। परिवार तथा आफन्तको साथ पाइने हुनाले काम गर्न सहज हुनेछ। प्रेम सम्बन्धलाई विवाहमा परिणत गरी गृहस्थ जीवन सुरु गर्ने समय रहेको छ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
भाग्य र समयले साथ दिने हुँदा सानो प्रयासबाटै ठूला काम सम्पन्न हुनेछन्। धर्म तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्ने भएकाले धार्मिक प्रतिष्ठान वा मन्दिरको यात्रा हुनेछ। दाजुभाइ तथा जीवनसाथीसँगको सम्बन्ध थप सुदृढ हुनेछ। लेखनकलामार्फत आफ्ना विचार अरूको मनमा पुर्याउन सकिनेछ। कल्याणकारी तथा प्रशंसनीय काम गरी चर्चामा आउन सकिनेछ। यात्रा, सट्टेबाजी तथा चाडबाड लक्षित खेलमा समय बित्नेछ।
कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
समयको ख्याल नगर्दा वा सानातिना काममा अल्झिँदा महत्त्वपूर्ण कामहरू थाती रहनेछन्। चाडबाड लक्षित मनोरञ्जनात्मक खेलमा सहभागी नहुनुहोला, हार बेहोर्नुपर्ने सम्भावना छ। बाटो हिँड्दा वा सवारीसाधन प्रयोग गर्दा सावधानी अपनाउनुहोला। गन्तव्यमा पुग्नुअघि विभिन्न समस्याको सामना गर्नुपर्ने हुन सक्छ। स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुन सक्ने भएकाले ध्यान दिनुहोला। साँझपख लामो दूरीको यात्राको सम्भावना छ।
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
व्यावसायिक तथा मनोरञ्जनात्मक यात्राको योग रहेको छ। व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय छ। पारिवारिक जमघटमा सहभागी भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ। प्रेम सम्बन्धमा निकटता बढ्नेछ। मन परेको सामान तथा उपहार प्राप्त हुने योग छ। चाडबाड लक्षित खेल तथा मनोरञ्जनमा जित हासिल गर्न सकिनेछ।
तपाईंको दिन शुभ रहोस्।



