
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
काठमाडौं, ५ पुस । काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ। काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ। बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। ‘काठमाडौंमा आज सबैभन्दा कम तापक्रम मापन भएको छ, यो अहिलेसम्मकै कम तापक्रम हो र यो अझै घट्ने सम्भावना छ।’ उनले भने। काठमाडौं उपत्यकाको आज बिहान ५ः४५ बजे ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको न्यूनतम तापक्रम ८ः४५ बजे घटेर ४ दशमलव ५ डिग्री सेल्सियस कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ, ५ पुस । प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। एपीएफले सुदूरपश्चिमलाई नौ विकेटले हराएको हो। काठमाडौँको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज सुदूरपश्चिम टोलीका कप्तान ऋतु कनौजियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकी थिइन्। सुदूरपश्चिमले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै ८७ रन बनायो। अठासी रनको विजय लक्ष्य एपीएफले १७औँ ओभरको पहिलो बलमा मात्र एक विकेट गुमाएर भेट्टायो। एपीएफका लागि ज्योति पाण्डेले अविजित ४९ तथा इन्दू बर्माले अविजित ३१ रन बनाइन्। पाण्डेले ४८ बल खेल्ने क्रममा नौ चौका हिर्काइन्। यस्तै बर्माले ४४ बलको सामना गर्दै चार चौका प्रहार…
काठमाडौँ, ५ पुस । नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदले जोड दिएका छन् । नागरिकता ऐनमा गरिएको पछिल्लो संशोधनले पनि समस्या समाधान नभएकाले संविधानअनुसार कानुन बनाउनुपर्नेमा उहाँहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका हुन् । महिलामाथिको सबै विभेद अन्त्य गर्ने महासन्धि ९सिड० ४४ वर्ष पुगेको अवसरमा महिला, कानुन र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘पूर्ण नागरिक, पूर्ण अधिकार स् नागरिकतामा समान अधिकार’ विषयक छलफल कार्यक्रममा प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले खुला सिमाना भएकाले देशको आफ्नै विशिष्टताका आधारमा नागरिकता कानुन व्यवस्थित गर्नुपर्ने बताए । भारतको राजनीतिमा सोनिया गान्धीको ठूलो योगदान रहेपनि प्रधानमन्त्री बन्न नपाएको उदाहरण प्रस्तुत…
झापा, ५ पुस । हाम्रो उमेर बढ्दै जाँदा शरीरको बाँकी अंग जस्तै गरी मस्तिष्कको पनि उमेर बढ्छ । दिमाग बुढो भएपछि निर्णय लिने क्षमता र स्मरण शक्तिमा पनि कमी आउन थाल्छ । दिमागलाई बुढो हुनबाट रोक्न भिटामिन र मिनिरलले अहम् भूमिका निर्वाह गर्ने कयौँ अनुसन्धानहरूले देखाएका छन् । आफ्नो उमेरमा भइरहेको वृद्धिको असर दिमागमा नपरोस् भन्ने चाहनु हुन्छ भने तपाईंले पनि यी भिटामिन र मिनरल्सलाई आफ्नो भोजनमा समावेश गर्नुपर्ने विज्ञहरुको सुझाव छ । ओमेगा–थ्री फ्याटी एसिडओमेगा–थ्री फ्याटी एसिडमा इन्टी–इन्फ्लेमेटरी र एन्टीअक्सिडेन्ट पाइन्छ । यसले मस्तिष्कको स्वास्थ्यलाई बढाउने काम गर्छ । साल्मन माछा, ओखर, आलस र चिया सिड्समा ओमेगा–थ्री फ्याटी एसिड…
काठमाडौँ, ५ पुस । नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आउँदो फागुन पहिलो साता हुने भएको छ । बिहीबार बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकबाट फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरिएको हो । उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार विधान मस्यौदाका निम्ति सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरू गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा, सचिवहरू गणेश साह र राम कार्की छन् । माओवादीले यसअघि तीन महिने रूपान्तरण अभियान सकिएपछि मंसिरमै विधान सम्मेलन गर्ने निर्णय गरेको थियो । तर, रूपान्तरण अभियानको समयावधि चार महिना पुर्याइएपछि फागुनमा विधान सम्मेलन गर्न लागिएको हो…
पोखरा, ५ पुस । पोखराबाट काठमाडौंका लागि उड्न लागेको बुद्ध एयरको विमानको आकस्मिक ढोका यात्रुले खोलेका छन् । बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं उड्न लागेको उडान नं.६५२ को जहाजको आकस्मिक ढोका यात्रुले खोलेका थिए । विमान ट्याक्सी वेबाट धावनमार्गमा जान लागेको बेलामा ढोका खुलेको थाहा भएको बुद्ध एयरले जनाएको छ । यात्रुबाट के कति कारणले ढोका खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले अध्ययन गरिरहेका पनि बुद्ध एयरले जनाएको छ । ढोका खोलेको विमान बुद्धएयरका प्राविधिकले जाँच गरिरहेको र काठमाडौं आउने यात्रुलाई अर्को विमानबाट ल्याउन लागेको पनि बुद्ध एयरले स्पष्ट पारेको छ ।
लन्डन, ५ पुस । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको ‘फूल छ कि काँडा’ बोलको गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सञ्जीवनी र सौरभ दासको आवाज रहेको यस गीतको म्युजिक भिडियोमा ज्योति खड्का, सुमन अधिकारी र योदिश न्यौपानेले अभिनय गरेका छन् । साहित्यिक नाम दुबसु क्षेत्रीका रूपमा परिचित राजदूत सुवेदीको शब्द सिर्जना रहेको छ भने वरिष्ठ सङ्गीतकार शिखर सन्तोषले सङ्गीत दिएका हुन् ।सुवेदीका गीत, कविता, गजल जस्ता दर्जनौँ साहित्यिक सृजनाहरू यसअघि पनि सार्वजनिक भइसकेका छन् । सन् २०१६ देखि सन् २०२२ सम्म बेलायतको २० औँ राजदूतको भूमिका निर्वाह गर्ने क्रममा बेलायतको कला,साहित्य र गीत सङ्गीतको क्षेत्रलाई निकै…
दिनेश बुढा सुर्खेत, ५ पुस । गएराति रुकुमपश्चिममा ट्याक्टर दुर्घटनाहुँदा पतिपत्नीसहित एकै गाउँका पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा कम्तिमा ८ जना घाइते भएका छन्। जसमध्ये तीन जनाको अवस्था गम्भीर छ। बुधबार राति साढे १० बजेको समयमा आठबीस नगरपालिका(१० को इजाखोला नजिक रा १ त १४ नम्बरको जस्तापाता लोड गरेको ट्याक्टर दुर्घटना परेको हो। दुर्घटनामा एकै वडाका पाँचजनाको मृत्यु भएको आठबीसको नगरपालिकाका नगर प्रमुख रवि केसीले जानकारी दिए। दुर्घटनामा आठबीसकोट–१० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, उनकी श्रीमती ४२ वर्षीया लुकी शाही, ५२ वर्षीय भर्दर सार्की, ४८ वर्षीय धनराम सार्की र ४७ वर्षीया निर्मला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। आठबीसकोट…
काठमाण्डौ, ५ पुस । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट आजदेखि शुरु हुँदैछ । प्रतियोगितामा ७ वटा प्रदेश र नेपाल एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो पटक प्रतियोगिता राउन्ड रोबिनको आधारमा हुन लागेको हो । यसअघि प्रतियोगितामा दुई समूह विभाजन गरी शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने समीकरणमा हुँदै आएको थियो । तर यस पटकदेखि सबै टोलीले एकअर्कासँग खेल्न पाउनेछन् । शीर्ष चार टोली प्लेअफ खेल्नेछन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आजदेखि काठमाण्डौको कीर्तिपुर र मूलपानीमा हुने प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । प्रतियोगितामा हरेक दिन चार वटा खेल हुनेछन् । कीर्तिपुरमा दुई र मूलपानी मैदानमा दुई वटा खेल हुनेछन् । लगातार…
काठमाडौँ, ५ पुस । “सदनमा पर्याप्त विधेयक प्रवेश नहुँदा भनेजति काम पाइएको छैन । सदनमा विधेयकका चाङ नै लागे पनि कानुन बनाउने काममा मात्रै लागेर हामी सुख पाउँदैनौँ”, प्रतिनिधिसभा सदस्य सरिता भुसालको अनुभव छ, “विधि निर्माणका साथै जनताका विकास र समस्यामा सांसदले साथमा साथ दिन सक्नुपर्छ ।” प्रतिनिधिसभाको एकबर्से अवधिमा सीमित मात्रामा मात्र कानुन बन्न सकेकामा पनि नेकपा एमालेकी नेत्री सन्तुष्ट छैनन् । जति मात्रामा कानुन बनाउनुपर्ने हो त्यति बन्न नसक्नामा सरकारले नै धेरै ‘बिजनेस’ नदिनाको कारण रहेको उनको ठम्याइ छ । त्यसो त समय–समयमा प्रमुख प्रतिपक्षले सरकारसँग विभिन्न विषयमा माग राखी सदन अवरोध गरेकाले पनि कानुन निर्माणले गति नलिएको…