jhapaonline add

बिर्तामोड, २८ फागुन । झापाको बिर्तामोडस्थित कन्काई आदर्श क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को तर्फबाट तीन जनाले मात्र मनोनयन दर्ता गराएका छन् । कांग्रेस निकट नेपाल विद्यार्थी संघसँग गठबन्धन गर्ने प्रयास अन्तिम समयमा विफल भएपछि तीन जनाले मात्र मनोनयन दर्ता गराएका हुन् । प्रत्यक्षतर्फ अनेरास्ववियुका किशोर खत्रीले कोषाध्यक्ष र सलिसा श्रेष्ठले सदस्य पदमा मनोनयन दर्ता गराएका छन् भने समानुपातिक तर्फ ओशीन तामाङले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । माओवादी निकट अखिल क्रान्तिकारीको तर्फबाट प्रत्यक्षतर्फ अध्यक्षमा नविन पौडेल, सचिवमा अनिल अधिकारी, कोषाध्यक्षमा जानकी भट्टराई, सदस्यहरु टिकाराम दर्जी, नवराज…

Read More

बिर्तामोड, २७ फागुन । विद्यार्थीहरूले शनिश्चरे बहुमुखी क्याम्पसमा तालाबन्दी गरेका छन् । स्ववियु निर्वाचनका लागि मनोनयनको समय विपरीत निर्वाचन समितिले मनोनयन दर्ता गरेको भन्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो । मनोनयन दर्ताका लागि मङ्गलबार २ बजे सम्मको समय तोकिए पनि निर्वाचन समितिले नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानलको उम्मेदवारी २ बजे पछाडी दर्ता गरेको भन्दै उनीहरुले क्याम्पसको प्रशासनिक भवनमा तालाबन्दी गरेका हुन् । तालाबन्दी पश्चात विवाद समाधान गर्ने प्रयत्न भइरहेको प्रहरीले जनाएको छ ।

Read More

चन्द्र बस्नेतकनकाई, २७ फागुन । झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा गौरादह नगरपालिका लाई हराउँदै र शिवसताक्षी नगरपालिका विजयी भएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा प्रसिद्ध पर्यटकीयस्थल जामुनबारी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा आज मंगलबार भएको खेलमा गौरादह नगरपालिका लाई ८–० फराकिलो गोल अन्तरले गौरादहलाई हराउँदै शिवसताक्षी नगरपालिकाको महिला फुटबल टिम विजयी भएको आयोजक कनकाई खेलकुद प्रतिष्ठानका उपाध्यक्ष भुवन खतिवडाले जानकारी दिनुभयो । खेल अबदिभर शिवसताक्षीका खेलाडीले दबाबमा राखेका थिए । खेलको पहिलो हापमा २ गोल लगाएको शिवसताक्षी नगरपालिकाले दोस्रो हापमा थप ६ गोल गरेसगै गौरादह माथी शिवसताक्षी नगरपालिकाको महिला फुटबल टिमले ८-०…

Read More

चन्द्र बस्नेतकनकाई, २७ फागुन । झापाको कनकाई नगरपालिका वडा न १ ले यहाँका महिलालाई धमाधम स्वरोजगार बन्ने तालिम दिन थालेको छ । कनकाई नगरपालिका वडा न १ ले विभिन्न समयमा वडाका ९ वटै टोलका सबै महिला समुहहरुलाई सहभागी गराई छुट्टाछुट्टै तालीम दिई स्वरोजगार सहित आत्मनिर्भर बनाउदै आएको हो । केही समय अघि सहजीकरण महिला समुहको आयोजनामा पोते जुरा माला लगायत सीप सिकाएको थियोे भने वडाका एकल महिलाहरूको नेतृत्वमा फिनेल, लिकुइट र धुप बनाउने सीप सिकाएको थियो । त्यस्तै केही समय अघि १ महिने जुनियर डिप्लोमा मन्टेश्वरी तालीम समेत सिकाएको थियो भने गत २५, २६ र आज २७ गते शान्ति महिला…

Read More

झापा, २७ फागुन । मोरङ, सुनसरी, झापा र उदयपुरको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागूऔषध सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २६ गते वडा प्रहरी कार्यालय भद्रपुर र लागु औषध नियन्त्रण ब्यूरो काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा झापा हल्दिबारी गाँउपालिका-१ का ३० का तोयनाथ वास्कोटा, २२ बर्षीय निश्चल खत्रीलाई १ ग्राम २४० मिलिग्राम ब्राउन सुगर सहित र पाँचथर फिदिम नगरपालिका-४ का २० बर्षीय पारस राजवंशीलाई ४ ग्राम ०९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको बेलबारी नगरपालिका-११ स्थितमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समुह र प्रहरी चौकी डाँगिहाटबाट खटिएको प्रहरी…

Read More

झापा, २७ फागुन । सरकारले यो वर्ष चैते धानको मूल्य निर्धारण गरेको छ । गत वर्षभन्दा यो वर्ष चैते धानको मूल्य करिब एक सय रुपैयाँ बढी तोकिएको छ । चालु आर्थिक वर्ष २०८१–०८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ८ सय रुपैयाँ ६९ पैसा न्यूनतम समर्थन मूल्य निर्धारण गरिएको हो । अर्थात् गत वर्षको तुलनामा प्रतिप्रतिक्विन्टल ९३.४१ रुपैयाँ वृद्धि भएको छ । गत आर्थिक वर्ष ०८०–८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७ सय ७ रुपैयाँ २८ पैसा निर्धारण गरिएको थियो ।

Read More

झापा, २७ फागुन । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई…

Read More

झापा, २७ फागुन । चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड बराबर पुगेको छ । सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई रु एक खर्ब १५ अर्ब ८८ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु ६४ अर्ब १५ करोड रहेको हो । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु एक खर्ब चार अर्ब ७५ करोड रहेकामा शिक्षातर्फको व्यय रु ६६ अर्ब ६४ करोड थियो । सो अवधिमा खुद सेवा आय…

Read More

कास्की, २७ फागुन । कास्की जिल्लाको सैमराङ केन्द्रबिन्दु भएर आज बिहान ४.३ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ः११ बजे गएको उक्त भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको थियो । हालसम्म यसबाट कुनै क्षति भएको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ ।

Read More

बिर्तामोड, २७ फागुन । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ भन्ने नीति अनुरुप झापामा ‘गौरीशंकर–चतुरमान संगठन सुदृढीकरण अभियान’ शुरु गरिएको छ । पार्टीलाई ०६४ को अवस्थामा फर्काउन पुनः जनताको घरमा जाने कार्यक्रम अनुसार अभियानको सोमबार उद्घाटन गरिएको हो । माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको नवौँ बैठककै बिच अभियानको उद्घाटन गरिएको हो । सोमबार बिर्तामोडस्थित सेन्टर पोइन्ट पार्टी प्यालेसमा पार्टीका उपमहासचिव तथा १ नम्बर प्रदेश इञ्चार्ज हरिबोल गजुरेल ९शितलकुमार०ले अभियान उद्घाटन गरेका हुन् । झापामा पार्टीको विजारोपण गर्ने नेता स्वर्गीय गौरीशंकर खड्का र बेपत्ता चतुरमान राजवंशीको नामबाट अभियानको नामाकरण गर्नुले पनि पार्टी कार्यकर्ताको घरदैलोतर्फ फर्कन खोजेको सहज अनुमान लाउन सकिने बेपत्ता…

Read More