
चन्द्र बस्नेत
कनकाई, २७ फागुन । झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा गौरादह नगरपालिका लाई हराउँदै र शिवसताक्षी नगरपालिका विजयी भएको छ ।
कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा प्रसिद्ध पर्यटकीयस्थल जामुनबारी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा आज मंगलबार भएको खेलमा गौरादह नगरपालिका लाई ८–० फराकिलो गोल अन्तरले गौरादहलाई हराउँदै शिवसताक्षी नगरपालिकाको महिला फुटबल टिम विजयी भएको आयोजक कनकाई खेलकुद प्रतिष्ठानका उपाध्यक्ष भुवन खतिवडाले जानकारी दिनुभयो ।

खेल अबदिभर शिवसताक्षीका खेलाडीले दबाबमा राखेका थिए । खेलको पहिलो हापमा २ गोल लगाएको शिवसताक्षी नगरपालिकाले दोस्रो हापमा थप ६ गोल गरेसगै गौरादह माथी शिवसताक्षी नगरपालिकाको महिला फुटबल टिमले ८-० को जित दर्ता गरेको हो।

भोलि २८ गते बुधबारबाट पहिलो सेमिफाइनलका खेल सुरु हुने र पहिलो सेमिफाइनलमा काकरभिट्टाको महिला फुटबल टिम र बारर्दशीको महिला फुटबल टिमबीच प्रतिस्पर्धा हुने खेल संयोजक गीता खरेलले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिनुभयो । कार्यक्रमकै अवसरमा खेलको माध्यमबाट खेलकुदको विकास र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक अध्यक्ष छवि थपलियाले बताउनुभएको थियो ।
जिल्लाका ८ टिम सहभागी प्रतियोगिताको फाइनल खेल आगामी चैत २ गते हुनेछ । प्रतियोगिताको मुख्य प्रायोजक कनकाई नगरपालिका रहेको प्रतियोगितामा जामुनबारी सामुदायिक वन उपभोक्ता समूह एवं जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र सहआयोजकका रुपमा रहेको छ।
