
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २७ फागुन । झापाको मेचीनगरमा जारी पाँचौं मेचीनगर गोल्डकप अन्तर्गत आज अन्तिम क्वाटरफाइनल खेल हुँदैछ । काँकरभिट्टा खेल मैदानमा आज ए डिभिजन क्लब मछिन्द्र एफसी काठमाडौं र विभागीय टिम शसस्त्र प्रहरीको एपीएफ एफसी काठमाडौं बिच खेल हुनेछ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित मेचीनगर गोल्डकपको पाँचौं संस्करणमा यी दुई टिम बिच रोमाञ्चक भिड्न्त हुने आयोजकले जनाएको छ । आजको खेल जित्दै दुवै टिमले अन्तिम चारमा फाइनल प्रवेशिका लागि चर्च ब्वाइज युनाइटेड संगको भेट पक्का गर्ने दाउमा हुनेछन् । यसअघि सोमबार भएको खेलमा उज्वेकिस्तानको व्ल्याक बुल्स एफसीलाई पराजित गर्दै धरान एफसी सेमिफाइनलमा प्रवेश गरिसकेको छ । धरानले पहिलो सेमिफाइनलमा…
झापा, २६ फागुन । सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी ९ औं संस्करणको रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमबार भएको सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्बललाई १–० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । बिदेशी खेलाडी एबायोमीले निकालको लामो पासलाई लाक्पाले ७० औं मिनेटमा गोल गरेका थिए । जितसँगै चर्च ब्वाइजले उपाधिको लागि बुधबार थ्रीस्टारसँग सामना गर्नेछ । थ्रीस्टारले आइतबार विभागीय टिम त्रिभूवन आर्मी क्लबलाई ३–२ गोलले निराश बनाउँदै उपाधि नजिक पुगेको हो । चर्च ब्वाइजले क्वारटफाइलनमा…
चन्द्र बस्नेत कनकाई, २६ फागुन । कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा मेचीनगरको काँकरभिट्टा महिला फुटबल क्लब विजयी भएको छ । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा प्रसिद्ध पर्यटकीयस्थल जामुनबारी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा आज भएको खेलमा दमकको ध्रुवतारा महिला फुटबल टिमलाई पेनाल्टी सुट आउटमा ५–४ गोल अन्त्तरले पराजित गर्दै मेचीनगरको काँकरभिट्टा विजयी भएको हो । भोलि २७ गते मंगलबारको खेल गौरादह र शिवसताक्षि नगरपालिकाको महिला फुटबल टिमबीच प्रतिस्पर्धा हुने खेल संयोजक गीता खरेलले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र उपविजेताले ५१ हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजक कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि…
भोजपुर, २६ फागुन । जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भोजपुर पौवादुम्मा गाउँपालिका–६ का ४६ वर्षीय शान्तकुमार राईलाई घटनाको २४ वर्षपछि पक्राउ गरेको छ । भोजपुरको सविक ठुलोदुम्मा गाविस–८ का विजयकुमार राईलाई शान्तकुमार राईले २०५७ साल साउन १३ गते मरणासन्न हुने गरी कुटपिट गरी घाइते बनाएकोमा विजय कुमारको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ गते मृत्यु भएको थियो । घटना पश्चात तत्काल भागी फरार रही लुकिछिपी बस्दै आएका राईको खोजतलासको क्रममा गाउँ घरमा नै आएको अवस्थामा प्रहरीले २०८१ साल फागुन २५ गते पक्राउ गरेको हो । पक्राउ परेका राईलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारगार…
काँकरभिट्टा, २६ फागुन । अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा पाहुना टोली उज्वेकिस्तानको व्ल्याक बुल्स एफसी यहाँ आयोजित पाँचौ मेचीनगर गोल्डकपको पहिलो चरणबाटै घर फर्किएको छ । टाइब्रेकरमा धरान फुटबल क्लबसँग ५–३ को गोल अन्तरले पराजित हुँदै व्ल्याक बुल्स घर फर्किएको हो । टाईब्रेकरमा धरानका कप्तान मिलन राई, सुरज रसाइली, प्रज्वल थापा, अजय विष्ट र सुगम जिसीले गोल गरेका थिए । यसैगरी व्ल्याक बुल्सका खुसन गनुनोभ, अजिजबेक खुसौनोबेभ र कुभनबेकले गोल गरे भने आसिभेकको प्रहार गोलरक्षक बिपुल मगरले बचाए । निर्धारित ९० मिनेटको खेलमा दुबै टिमको १–१ को बराबरीमा सकिएपछि खेललाई सोझै टाइब्रेकरमा धकेलिएको थियो । खेलको ६० औँ मिनेटमा व्ल्याक…
कनकाई, २६ फागुन । झापाको कनकाई नगरपालिका–७ मा भोलि मंगलबार पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रीनिङ हुने भएको छ । कनकाई नगरपालिका वडा नं. ७ को आयोजनामा महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका हुने भएको हो । पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ साथै प्रजनन स्वास्थ्य रुग्नता सेवा अन्तरगत स्तन क्यान्सर, अफ्सट्रेस्टिक, फिस्टुला, आङ्ग खस्ने, बाँझोपन सम्बन्धी स्क्रिणिंग, स्वास्थ्य सेवा तथा परामर्श दिइने कनकाई–७ का वडाध्यक्ष भीष्मभूषण सिटौलाले जानकारी दिनुभयो । कनकाई–७ कालिमुडास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बिहान १०ः३० बजेदेखि हुने स्क्रीनिङ शिविर हुने भएकाले त्यसको लाभ लिन सबै वडाबसीलाई महिला सदस्य अरुणा सुब्बाले आग्रह समेत गर्नुभएको छ ।
झापा, २६ फागुन । झापा र मोरङबाट लागुऔषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते मोरङको बिराटनगर-१५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानी (सिमा)बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बेलबारी-११ का २७ बर्षीय विशाल गुरुङ र सुनसरी इटहरीका १९ बर्षीय आर्यन राजधामीलाई १० ग्राम १३१ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय सिजुवाले रतुवामाइ-४ का २५ बर्षीय सुरज ताजपुरीया, २६ बर्षीय बिक्रम चौधरी र २६ बर्षीय अशोक गुरुङलाई २०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ, भने प्रतिबन्धित लागुऔषध Pyeevon Spas…
उदयपुर, २६ फागुन । उदयपुरको त्रियुगा नगरपालिका–८ स्थितमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । फागुन २५ गते दिउँसो प्र १ ०५ ००१ प ८३५९ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ६५ वर्षीया टिका माया कार्कीलाई ठक्कर दिँदा घाइते भएकी कार्कीको उपचारको क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको हो । ठक्कर दिने मोटरसाईकल चालक रौतामाई गाउँपालिका–७ का २२ वर्षीय गजेन्द्र दाहाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुन्धान गरिरहेको छ ।
झापा, २६ फागुन । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यसको प्रभावले दैनिक…
झापा, २६ फागुन । काठमाडौं महानगरपालिकाले वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०लाई १ लाख रुपैयाँ जरिबाना तोकेको छ। महानगरपालिकाले आइतबार पूर्वराजाको स्वागतका क्रममा भएको प्रदर्शनमा वातावरणीय प्रदूषण भएको र सार्वजनिक स्थलमा फोहोर फैलिएको आरोप लगाएको छ। महानगर प्रहरीले राप्रपा मुख्यालयमा पत्र लेखेर पार्टीको कार्यालयबाट आयोजना गरिएको कार्यक्रममा सहभागीहरूले एयरपोर्ट, तिलगंगा गौशाला, सडकपेटी, आईल्याण्ड र त्यहाँका बिरुवा र रेलिङ्गमा भौतिक क्षति पुर्याएको र जथाभावी फोहोर फैलाएको जनाएको छ। यो पत्र निर्वाचन आयोग र काठमाडौं महानगरपालिकाको प्रशासन विभागलाई पनि पठाइएको छ । पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले त्यसमा हस्ताक्षर गरेका छन्। पत्रमा फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका…