
कनकाई, २६ फागुन । झापाको कनकाई नगरपालिका–७ मा भोलि मंगलबार पाठेघरको मुखको क्यान्सरको निःशुल्क स्क्रीनिङ हुने भएको छ ।
कनकाई नगरपालिका वडा नं. ७ को आयोजनामा महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङका हुने भएको हो । पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ साथै प्रजनन स्वास्थ्य रुग्नता सेवा अन्तरगत स्तन क्यान्सर, अफ्सट्रेस्टिक, फिस्टुला, आङ्ग खस्ने, बाँझोपन सम्बन्धी स्क्रिणिंग, स्वास्थ्य सेवा तथा परामर्श दिइने कनकाई–७ का वडाध्यक्ष भीष्मभूषण सिटौलाले जानकारी दिनुभयो ।
कनकाई–७ कालिमुडास्थित प्राथमिक स्वास्थ्य केन्द्रमा बिहान १०ः३० बजेदेखि हुने स्क्रीनिङ शिविर हुने भएकाले त्यसको लाभ लिन सबै वडाबसीलाई महिला सदस्य अरुणा सुब्बाले आग्रह समेत गर्नुभएको छ ।
Facebook Comments Box



