झापा, ७ कात्तिक । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज हिमाली र पहाडी भूभागमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार तराईका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्ने सम्भावना छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। देशका अन्य हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने अनुमान गरिएको छ। देशका बाँकी हिमाली तथा पहाडी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
त्यस्तै, भोलि पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईका क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। भोलि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।



