jhapaonline add

झापा, २० बैशाख । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आज दुई जना पत्रकार पुरस्कृत भएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले आयोजना गरेको पुरस्कार वितरण र अग्रज पत्रकार सम्मान कार्यक्रमकाबीच एक लाख एक सय रुपैयाँ पुरस्कार राशिको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार पत्रकार किशोर वुढाथोकीलाई र २५ हजार २५ रुपैयाँ पुरस्कार राशिको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार पूर्वाञ्चल दैनिकका सह सम्पादक सुरेन्द्र भण्डारीलाई प्रदान गरिएको हो । उनीहरुलाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले संयुक्त रुपमा प्रदान गर्नुभयो । भण्डारी सूचनाको हकका लागि राष्ट्रिय महासंघ कोशी प्रदेशका…

Read More

झापा, २० बैशाख । प्रेस स्वतन्त्रताका लागि झापाका राजनीतिक दलहरुको पाँच बुँदे प्रतिबद्धता जनाएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा आयोजित ‘प्रेस स्वतन्त्रताका लागि राजनीतिक दलहरुको प्रतिबद्धता’ विषयक अन्तरसम्वादका सहभागीले पाँच बुँदे प्रतिबद्धता जनाएका हुन् । अन्तरसम्वाद पछि जारी प्रतिबद्धता पत्रमा नेपाली कांग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरीे, नेकपा माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य अग्नि, राष्ट्रिय स्वतन्त्र पार्टी झापा सचिव शम्भु सुस्केरा, राष्ट्रिय प्रजातन्त्र पार्टी झापा अध्यक्ष केशवप्रसाद ओझा, नेकपा एकीकृत समाजवादी झापा अध्यक्ष वेदराज रेग्मी, जनता समाजवादी पार्टी झापा अध्यक्ष समर राई, जनमत पार्टी झापा अध्यक्ष…

Read More

झापा, २० बैशाख । पताल गंगा बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोडका तत्कालिन अध्यक्ष रेवती खनाल पक्राउ परेका छन् । बचत कर्ताको करोडौं रुपैंया रकम हिनामिना गरेर लामो समयदेखि फरार रहेका खनाललाई प्रहरीले धनगढीबाट पक्राउ गरेको हो । उनलाई हाल इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । सहकारीको रकम गठी गरेर फरार रहेका खनाललाई आइतबार जिल्ला अदालत झापामा बुझाउने तयारी भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए । खनालले दुई करोड ६ लाख रुपैंया भन्दा धेरै रकम अपचलन गरेको आरोप लागेको छ । रकम लिएर फरार भएका खनाल विरुद्ध सञ्चालक समितिले जिल्ला प्रहरी कार्यालय…

Read More

१. प्रतिदिन पुरुषले ४० र महिलाले ७० रौं गुमाउँछन् । जुन शरीरबाट झर्छ । २. मानव शरीरमा त्यत्तिकै मात्रामा नुन हुन्छ जति समुद्रमा हुन्छ ।३. रातिमा भन्दा मानिस बिहानमा बढी अग्लो हुन्छ ।४. प्रतिदिन मुटुले एकहजार पटक शरीरमा रगत प्रवाह गर्छ ।५. एउटा आँखी भौं मा करीव पाँच सय रौंहरु हुन्छन् ।६. एक मानव शरीरमा करीव एकहजार विलियन ९१ अर्ब० स्नायु कोषहरु हुन्छन् ।७. आँखा खोलेर हाक्ष्युँ गर्न सकिदैन ।८. कङक्रिट भन्दा मानिसको हाड चर गुणा बढी बलियो हुन्छ ।९. जिब्रोको टेस्ट बड अर्थात स्वादका प्वाल को आयु करिव दश दिन हुन्छ ।१०. बच्चा घुँडाको क्याप बिना जन्मन्छ र २…

Read More

नवलपरासी, २० वैशाख । नवलपरासीको सुनवलमा एकै घरका दुई बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। नवलपरासी पश्चिमको सुनवल नगरपालिका –६ पुलटोल बस्ने विष्णु कवंरका दुई छोराको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको हो। मृत्यु हुनेमा १० वर्षीय विप्सन र उनका भाइ ८ वर्षीय दिप्सन रहेका इलाका प्रहरी कार्यालय सुनवलका इन्सपेक्टर सन्तोष पौडेलले जानकारी दिए। शुक्रबार साँझ पोखरीमा एक बालक तैरिहरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खोजी गर्ने क्रममा अर्का बालकको पनि शव फेला परेको प्रहरीले जनाएको छ। उनीहरु स्थानीय जनसेवा माध्यामिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए। घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Read More

झापा, २० वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । खेल बेङ्गलुरुमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । बेङ्गलुरु १० खेलमा १४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । समान १० खेलमा चेन्नईको ४ अङ्क छ । तालिकाको पुछारमा रहेको चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको छ । यसअघि हिजो भएको खेलमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई ३८ रनले हरायो । यो जीतसँगै गुजरातको १० खेलमा १४ अङ्क भएको छ । गुजरात तालिकाको दोस्रो स्थानमा छ । हैदराबाद समान १० खेलमा ६ अङ्कसहित नवौं स्थानमा छ ।

Read More

लन्डन (बेलायत), २० वैशाख। लन्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको छ । लन्डन मेट्रोपोलिटन प्रहरीले औँठाछाप परीक्षण गर्दा सो शव रुकुम पश्चिम मुसीकोट नगरपालिका–१२ का २० वर्षीय सुशान ओलीको भएको पुष्टि गरेको नेपाली दूतावासका प्रवक्ता एवम् उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिनुभयो । गत मङ्गलबार फेला पारेको शव नेपाली विद्यार्थीको हुनसक्ने आशङ्कामा लन्डन प्रहरीले औँठा छाप परीक्षण गर्दा शव नेपाली विद्यार्थीको भएको पुष्टि भएको हो । दूतावासले नेपालीको राहदानी विभागबाट मगाएको औँठाछाप परीक्षण गर्दा शवसँग सो औँठा छाप मिलेको लन्डन प्रहरीलाई उद्धृत गर्दै दुवाडीले जानकारी दिनुभयो । प्रहरीले अहिलेसम्मको अनुसन्धानमा ओलीले आत्महत्या गरेको…

Read More

ध्यान कुलुङसङ्खुवाभा, २० वैशाख । जिल्लाको खाँदबारी नगरपालिका ९ तुम्लिङटारमा बुहारीको योजनामा ७२ वर्षीय ससुराको हत्या गरिएको छ । गत शनिबार तुम्लिङटारमा मनबहादुर कुमालको ४५ वर्षीय बुहारीले दुई जना नाबालक परिचालन गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्याका योजनाकारले १७ वर्षीया दुई नाबालक र आफ्नै १३ वर्षीया छोरीको प्रयोग गरेर ससुराको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीले हत्यामा संलग्न एक नाबालिका, दुई नाबालक र योजनाकार मृतककी बुहारीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । घटनामा संलग्नहरु नाबालक तथा नाबालिका रहेकाले मृतकको योजनाकार बुहारीको पहिचान गोप्य राख्नुपरेको प्रनाउ बस्नेतले…

Read More

नयाँदिल्ली, २० वैशाख। भारतको तटीय राज्य गोवामा रहेको एक हिन्दू मन्दिरमा आगो बाल्नका लागि भेला भएका हजारौं मानिसलाई कुल्चिएर छ जनाको मृत्यु भएको अधिकारीहरुले शनिबार बताएका छन् । घटनामा कम्तीमा ८० जना घाइते भएका छन् । शुक्रबार साँझ जात्रामा भाग लिन ठुलो सङ्ख्यामा भक्तजनहरू मन्दिरतिर गइरहेका थिए । सोही समयमा पसल अगाडि बिजुलीको तारले करेन्ट लागेर केही मानिसहरू लडे । त्यसपछि त्यहाँ भागदौड मच्चिएको थियो । गोवाका मुख्यमन्त्री प्रमोद सावन्तले एक विज्ञप्ति जारी गर्दै शिरगाओ गाउँको लैराई देवी मन्दिरमा शनिबार बिहान भएको भागदौडले आफूलाई निकै दुःखी बनाएको बताउनुभएको छ । “घाइतेमध्ये छ जनाको अस्पताल पुर्‍याउनुअघि नै मृत्यु भएको थियो,” सावन्तले…

Read More

झापा, २० बैशाख । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा रु एक खर्ब ५२ अर्ब १६ करोडको परियोजनाका लागि सम्झौता भएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित दुईदिने ‘कोशी प्रदेश लगानी सम्मेलन– २०२५’को आज समापन कार्यक्रममा विभिन्न ४६ परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा भएको समापन समारोहमा प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा.सरोज कोइराला र लगानीकर्ताहरूबीच सहमतिपत्र सम्झौतामा हस्ताक्षर भएको हो ।प्रदेश लगानी प्राधिकरणका अनुसार कृषिसम्बन्धी आठ ऊर्जासम्बन्धी तीन, उद्योगसम्बन्धी १२, पूर्वाधारका नौ, सूचना प्रविधिका दुई, पर्यटनसम्बन्धी १० र फोहरमैला व्यवस्थापनसम्बन्धी दुई वटा परियोजनाका लागि सहमतिपत्रमा सम्झौता सम्पन्न भएको छ ।…

Read More