jhapaonline add

झापा, १२ जेठ । तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत फेला परेकी छन् । उनी आइतबार भक्तपुरमा मृत फेला परेकी हुन् । सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज नेउपानेले जानकारी दिए । तत्कालीन सभामुख महरामाथि लागेको बलात्कार आरोपले नेपाली राजनीतिक वृत्तमा व्यापक हलचल ल्याएको थियो। २०७६ असोजमा संसद सचिवालयमा कार्यरत रोशनीले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्। महराले मादक पदार्थ सेवन गरेर आफू बसोबास गरिरहेको कोठामा आएर जबरजस्ती गर्न खोजेको उनको आरोप थियो । घटना सार्वजनिक भएपछि उनले सभामुख…

Read More

सन्तोष शर्माबिर्तामोड, १२ जेठ । आवासीय होस् वा व्यावसायिक जुनसुकै प्रयोजनका लागि पनि भवन निर्माण गर्दा घर नक्सा पास अनिवार्य गर्नुपर्छ । सम्भावित जोखिमबाट अधिकतम् सुरक्षा दिन सरकारले घर नक्सा पाससम्बन्धी व्यवस्था गरेको छ । तर, घर निर्माण गर्दा अधिकांशले सोको पालना गर्ने गरेका छैनन् । बैंकिङ प्रयोजन वा अन्य कुनै कारणले चाहिएर अभर पर्दा मात्र चासो दिने गरेका छन् । नगरप्रमुख पवित्रा महतारा प्रसाईं “हामीले पटक–पटक सूचना जारी गरेर आह्वान गरेका छौं”, बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतारा प्रसाईं भन्नुहुन्छ, “जतिबेला चाहिन्छ त्यतिबेला मात्र नगरबासी आउनुहुन्छ ।” छोराछोरी विदेश पठाउन, बैंकिङबाट ऋण निकाल्नु पर्दा अभर परेपछि मात्र अधिकांश नगरबासी घर…

Read More

झापा, १२ जेठ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीको उत्तर–पश्चिमका केही क्षेत्र तथा दक्षिण–पश्चिमका अधिकांश क्षेत्रहरूमा साथै भारतको केरला आसपासको क्षेत्र, माल्दिभ्स, श्रीलङ्का लगायतका भू–भागसम्म मनसुनको आगमन भएको र बंगालको खाडीबाट जमिनको भू–भागतर्फ मनसुन अगाडि बढ्ने क्रममा रहेको छ। सोमबार दिउँसो कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत देशका…

Read More

झापा, १२ जेठ । तीनकुनेमा चैत १५ गते भएको प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईंसहित ६१ जनाविरुद्ध आइतबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रसाईंलाई राज्यविरुद्धको कसुरसँगै आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधको कसुरमा सजाय माग गरिएको छ। अरुलाई भन्दा प्रसाईंलाई बढी कसुरमा प्रतिवादी बनाइएको छ। प्रसाईंले भने बयानका क्रममा त्यसदिन आफ्नो प्रत्यक्ष संलग्नता नरहेको दाबी गरेका छन्। अनुसन्धानका क्रममा गरेको बयानमा उनले आन्दोलनलाई हिंसात्मक बनाउने उदेश्य नभएको बताएका छन्। उनले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भने राम्रो चिनजान भए पनि सम्बन्ध भने राजा र जनताको जस्तो भएको बताएका छन्। ५ वर्ष पहिलेदेखि नै ज्ञानेन्द्रलाई पटकपटक भेटेको प्रसाईंको बयान…

Read More

शिवसताक्षी, १२ जेठ । झापाको शिवसताक्षी सञ्चालन गरिएको पशु स्वास्थ्य शिविर ३ हजार ५१ पशुको निःशुल्क उपचार गरिएको छ । गएको बैशाख १ गतेदेखि शिविर विभिन्न समय गरेर जेष्ठ ८ गतेसम्म सञ्चालन भएको थियो । शिविर शिवसताक्षीको वडा नं. ६, ७, १० र ११ मा सञ्चालन भएको शिवसताक्षी नगरपालिका पशु सेवा शाखाले जनाएको छ । जसमा गाई ४८० ओटा,भैसी १०२, बाख्रा १५०७, बंगुर २३१, कुकुर ५१, कुखुरा ६५० ओटाको निशुल्क उपचार गरिएको पशु सेवा शाखा प्रमुख राम अवतार यादवले जानकारी दिए । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाको प्राविधिक सहयोगमा नगरले बृहत पशु स्वास्थ्य शिविर आयोजना गरेको हो…

Read More

झापा, १२ जेठ । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले लघुवित्त समिक्षा कार्यक्रम तथा ब्यवसायिक मौरी पालन सम्बन्धी तालिम प्रदान गरेको छ । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक साकोसले आज बिर्तामोडमा एक दिने लघुवित्त समिक्षा सहित मौरी पालन सम्बन्धी तालिमको आयोजना गरेको हो । साकोसले संस्थाद्वारा संचालित लघुवित्त कार्यक्रम अन्तर्गतका सेवाकेन्द्रहरुका केन्द्र प्रमुखहरुसँग लघुवित्त कार्यक्रम बारे समिक्षा गरिएको हो । संस्थाका कोषाध्यक्ष मेहरमान बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा लघुवित्तको शुरुवात कसरी भयो ? यसको आवश्यकता किन र के–का लागि ? भन्ने विषयमा संस्थाका कार्यकारी प्रमुख कमल बहादुर बस्नेतले सहभागिलाई जानकारी प्रदान गरेका थिए । त्यस्तै संस्थाका नीति नियम तथा…

Read More

अर्जुनधारा, ११ जेठ । झापाको अर्जुनधारा नगरपालिकाले यहाँका युवालाई लोक सेवा आयोगको तयारी कक्षा प्रदान गरेको छ । बढ्दो युवा विदेश पलायनलाई रोक्नुका साथै स्वदेशमै रोजगारी र सरकारी प्रशासनिक क्षेत्रमा प्रवेश गराउने उद्देश्यले नगरपालिकाले दुई महिने लोकसेवा आयोगको तयारी कक्षा प्रदान गरिएको हो । अर्जुनधारा नगरपालिकाको चार लाख रुपैयाँ आर्थिक सहयोग र फाउण्डेसन अफ नोभा एजुकेसनको आयोजनामा गत चैत १० देखि जेठ १० गतेसम्म सञ्चालित तालिमको आज समापन गरिएको छ । समापन कार्यक्रम अर्जुनधाराकी उपप्रमुख खड्गमाया पराजुलीको अध्यक्षमा भएको थियो । उपप्रमुख पराजुलीले यस्ता कार्यक्रमहरू विगतका वर्षदेखि नै गर्दै आएको बताउनुभयो । उहाँले युवालाई अब्बल र योग्य बनाएर स्वदेशमै टिकाउने…

Read More

दमक, ११ जेठ । विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो । बिर्तामोडस्थित बिएण्डसी अस्पतालका सूचना अधिकारी डा अनुपम घिमिरेका अनुसार छ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासि बिरामी परेका थिए । मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगरमा यसअघि नै मृत्यु भएको थियो । लावतीको आज बिएण्डसी अस्पतालमा मृत्यु भएको हो ।

Read More

बिर्तामोड, ११ जेठ । नेपाल पत्रकार महासंघ झापाले १५ वटै पालिकामा ज्ञापनपत्र बुझाउने अभियान शुरु गरेको छ । महासंघ झापाले सात बुँदे मागसहित झापाका १५ वटै स्थानीय तहहरुमा ज्ञापनपत्र बुझाउने भएको छ । यसैक्रममा आज (आइतबार) बिर्तामोड नगरपालिकामा महासंघले ज्ञापनपत्र बुझाएको हो । महासंघका अध्यक्ष एकराज गिरीको नेतृत्वमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाईलाई आज ज्ञापनपत्र बुझाएको छ । बाचन महासंघका उपाध्यक्ष सुव्रत न्यौपानेले गरेको कार्यक्रमको सहजीकरण सचिव राजु पाठकले गरेका थिए । अध्यक्ष गिरीले नगर प्रमुख प्रसाईलाई सात बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख प्रसाईले नगरको स्रोत र साधनले ध्याएसम्म सञ्चार क्षेत्र तथा सञ्चार माध्यमलाई…

Read More

विराटनगर, ११ जेठ । कोशी प्रदेश सरकारले प्रदान गर्दै आएको पुरस्कार दलीय भागबण्डामा वितरण नगर्न सरकारलाई सचेत गराउँदै समाजवादी प्रेस संगठन कोशीले निश्चित मापदण्ड र पारदर्शी प्रक्रिया अवलम्बन गर्न माग गरेको छ । संगठनले आइतबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यलाई ज्ञापन(पत्र बुझाउँदै पुरस्कार वितरण प्रक्रिया पारदर्शी, निष्पक्ष र मापदण्डयुक्त बनाउन आग्रह गरेको हो। संगठनका प्रदेश अध्यक्ष बन्धु पोखरेल नेतृत्वमा गएको प्रतिनिधिमण्डलले कोशी प्रदेश सरकारले पत्रकारिता पुरस्कार जस्तो संवेदनशील विषयलाई समेत दलगत भागबण्डाको आधारमा वितरण गर्ने तयारी गरिरहेकोमा आपत्ति जनाएको छ । ‘यस प्रकारको कार्यले योग्य र निस्वार्थ पत्रकारहरूको सम्मान गर्नुपर्ने प्रक्रियालाई नै बदनाम गर्ने हाम्रो ठहर छ’…

Read More