
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सुनसरी, २१ वैशाख । भारतीय नम्बर प्लेटको एम्बुलेन्समा गाँजा तस्करी भएको खुलेको छ । सुनसरीको रामधुनी नगरपालिका–६ बाट लागुऔषध गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । २० वैशाख राति ९ बजे भारतीय नम्बरको एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट परिचालन भएको प्रहरी टोलीले लोकमार्ग तथा भित्री सडक खण्डहरुमा सवारी साधनहरु जाँच गर्ने क्रममा रामधुनी–६ पिडारी स्थितबाट बीआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्समा ६ वटा बोरामा लुकाइछिपाइ ल्याउँदै गरेको १ सय ८० किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद…
काठमाडौँ, २१ वैशाख । धादिङको गजुरी गाउँपालिका–२ डुँडेठाँटी बस्ने ६० वर्षीय चूडामणि कँडेल गत वर्षको चैत २७ गते आफ्नै घरमा मृत फेला परेका थिए । दुई तले घरको भुईँतलाको कोठाभित्र रहेको अट्याच ट्वाइलेट र बाथरुमभित्र भुईँमा घाटीमा डोरी कसिएको अवस्थामा कँडेलको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय धादिङले कँडेलको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–९ घर भएका ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तान रहेका छन् । प्रजालाई प्रहरीले वैशाख ३ गते डुँडेठाँटीबाट पक्राउ गरेको थियो भने थिङ र मुक्तान वैशाख १६…
इनरुवा, २१ वैशाख । नेपालको नागरिकताका लागि सरकारले १६ वर्ष उमेर कायम गरेको छ । तर सुनसरी सदरमुकाम इनरुवा–३ स्थित न्यू विशाल सेकुवा कर्नरमा काम गर्दै आएका अर्जुन भुजेलले उमेर २८ वर्ष हुँदा पनि नागरिकता पाउन सकेको छैनन् । उहाँसँग न कुनै कागजात छ न त कोही सहारा नै छन् । आमाबुबाको अत्तोपत्तो नभएपछि भुजेल नागरिकताबाट वञ्चित हुनुभएको हो । “मलाई मेरो जन्मेको ठाउँ समेत जानकारी छैन”, भुजेलले रासससँग भन्नुभयो । विराटनगरस्थित एक बाल आश्रममा नौ वर्ष बिताउनुभएका भुजेलले कुन आश्रममा बिताएको विषयमा समेत जानकारी नभएको बताउनुभयो । उहाँ नौ वर्षको भएपछि त्यहाँबाट भागेर विराटनगर होटलमा काम गर्न थाल्नुभएको हो…
कञ्चनपुर, २१ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा चट्याङ लागेर एक महिलाको मृत्यू भएको छ। आइतबार बिहान हावाहुरीसँगै परेको चट्याङ लागेर २४ वर्षीय लालमती रानाको ज्यान गएको छ । सँगै रहेका श्रीमान २५ वर्षीय रतन सिंह राना घाइते भएका छन्। घर नजिकैको बगरमा लगाइएको तरकारी टिप्न गएको बेला एक्कासी हुरी बतास र पानीसँगै परेको चट्याङले लाग्दा गर्भवती समेत रहेकी रानाको ज्यान गएको वडा नम्बर १२ का वडाध्यक्ष नवल सिंह रानाले जानकारी दिनुभयो । घटनामा परी गम्भीर घाइते भएका श्रीमान् रतनको उपचारका लागि उद्धार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मेची प्रादेशिक अस्पतालको बोलपत्र आह्वान सम्बन्धी सूचना !
झापा, २१ बैशाख । पाकिस्तानी महिलासँग विवाह गरेपछि भारतको केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) ले जवान मुनिर अहमदलाई जागिरबाट बर्खास्त गरेको छ। सीआरपीएफको ४१औँ बटालियनका सिपाही मुनिर अहमदले पाकिस्तानको सियालकोट निवासी मीनल खानसँग विवाह गरेको आरोप छ। उनले मिनलको भिसा सकिएपछि पनि उनलाई अवैध रूपमा भारतमा राखेको दाबी छ। सीआरपीएफले भन्यो( मुनिर अहमदलाई सेवा आचरण र राष्ट्रिय सुरक्षाको लागि खतरा मानिएको छ। उनले भिसा नियम उल्लंघन गरेर मिनललाई भारतमा आश्रय दिए। मिनल मार्च २०२५ मा छोटो अवधिको भिसामा भारत आएकी थिइन्। उनले दीर्घकालीन भिसाका लागि आवेदन दिएकी छन्, जुन गृह मन्त्रालयमा विचाराधीन छ। अप्रिल २२ मा पहलगाम आतंकवादी हमलापछि भारत…
नवलपरासी, २१ बैशाख । गए रातिदेखि निरन्तर परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणघाट–बुटवल सडक अवरुद्ध भएको छ । सडक विस्तारका क्रममा रहेको यस सडकको दाउन्ने क्षेत्रमा निरन्तरको वर्षाका कारण सडकमा सवारीसाधन चिप्लिन थालेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । उहाँले गएरातिदेखि परेको पानीका कारण सडक चिप्लो भएर पूर्ण रूपमा अवरुद्ध हुँदा यो सडक भएर यात्रा गर्ने सम्पूर्ण यात्रुहरूलाई वैकल्पिक सडकबाट यात्रा गर्न समेत आग्रह गर्नुभएको छ । सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आएको छ ।…
झापा, २१ बैशाख । सरकार र विभिन्न माग राखेर आन्दोलन गर्दै आएका चिकित्सकबीच चार बुँदे सहमति भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकबीच विभिन्न विषयमा सहमति भएको हो । सहमतिअनुसार चिकित्सका शिक्षा आयोगको १६औँ बैठकको निर्णय कार्यान्वयन गरिने छ । यस्तै, निजी तथा सार्वजनिक संस्थाको एकैसाथ म्याचिङ तथा भर्ना हुन पाउने गरी व्यवस्था गरिने भएको छ । आवासीय चिकित्सकको बिदा, कार्य समय, अतिरिक्त सुविधालगायतका विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यदल गठन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्ने सहमति भएको छ । यस्तै, आवासीय चिकित्सकलाई स्वास्थ्य सेवाको आठौँ तह बराबरको निर्वाह भत्ता तत्काल…
धरान, २१ बैशाख । धरान उपमहानगरपालिका–८ मा निर्माणाधीन धरान स्मार्ट बसपार्क अन्तिम चरणमा पुगेको छ । करिब एक बिघा सात कट्ठामा बनिरहेको बसपार्कको हालसम्म ९८ प्रतिशत भौतिक र ९६ प्रतिशत वित्तीय प्रगति भएको छ । धरान उपमहानगरपालिकाका योजना निर्माण शाखाका इन्जिनियर प्रकाश शर्माका अनुसार सङ्घीय सरकारको ५० प्रतिशत र धरान उपमहानगरपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण थालिएको थियो । ‘बिकोइ गीताञ्जली जेभी दुहबी सुनसरी’ले रु २३ करोड १५ लाखमा ठेक्का सम्झौता गरी निर्माण थालेको इन्जिनियर शर्माले बताउनुभयो । हालसम्म बसपार्कको टर्मिनल भवन निर्माण सकिएको छ भने विद्युत् र पानीको लाइन विस्तारका काम सम्पन्न भएका छन् । बसपार्कको बाह्य सडक,…
झापा, २१ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले आज बिहानदेखि देशभरका परीक्षा केन्द्रबाट एकैसाथ सुरु गर्ने कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गरे । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुने छ । आगामी जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षाका लागि बोर्डले देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरेको छ । सबैभन्दा बढी काठमाडौँमा एक सय ६२ र कम मनाङ–मुस्ताङमा एक–एक केन्द्र निर्धारण गरिएको अध्यक्ष…