jhapaonline add

निशान निरौलाइलाम, १४ असार । लगातारको वर्षापछि इलामस्थित मेची राजमार्गका विभिन्न तीन स्थानमा लेदो, पहिरो, भित्ता खस्नुका साथै रुख ढल्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीका अनुसार असार १३ गते राति करिब ११ः४० बजे इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा लेदो सहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । त्यस्तै, असार १४ गते बिहान ५ः३० बजे रोङ गाउँपालिका–४ डुमी चोकमा सडकको भित्ता खस्नुका साथै सखुवा जातको रुख ढलेर यातायात पूर्ण रूपमा बन्द भएको छ । त्यसैगरी, बिहान ६ः३० बजे इलाम–झापा सिमाना अन्तर्गत रोङ गाउँपालिका–४ क्षेत्रमा भित्ता खस्नुका साथै चिलाउने जातका दुई वटा रुख ढल्दा मेची राजमार्ग पुनः अवरुद्ध भएको प्रहरीले…

Read More

झापा, १४ असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको प्रभाव रहेको छ । अन्य क्षेत्रमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर आगामी तीनदेखि चार दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ । अहिले सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र मुख्यतया सफा रहेको छ भने देशका बाँकी भेगमा आंशिक बदली छ । कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहनेछ ।…

Read More

रोल्पा, १३ असार । प्युठानको स्वर्गद्वारी नगरपालिका–२ बाङ्गे सल्लामा गाडी दुर्घटना हुँदा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको मृत्यु भएको छ। उपप्रमुख राना सवार लुम्बिनी ०१–००१ भ नम्बरको गाडी दुर्घटना हुँदा घटनास्थलमै उहाँको मृत्यु भएको प्युठान प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्युठान प्रहरीले जानकारी दिएको छ ।

Read More

भेनेजुएला, १३ साउन । भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पबाट शुक्रवारसम्म ९२० जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ भने हजारौँ मानिस बेपत्ता रहेको रिपोर्ट प्राप्त भएको छ । सहयोगका लागि भेनेजुएला पुगेका अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले बाँचेकाहरूको खोजी तथा उद्धारका लागि प्रयास तीव्र पारेका छन् । काराकासका बासिन्दाहरूले अन्तरिम नेतृ डेल्सी रोड्रिगेजसँग सरकारको तर्फबाट पर्याप्त प्रतिक्रिया नआएको भन्दै आक्रोश जनाएका छन् । संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरले एएफपीसँग भन्नुभयो, “गत बुधबार साँझ एक मिनेटको अन्तरमा आएका दुई शक्तिशाली भूकम्पमा परी ५० हजार भन्दा बढी मानिस बेपत्ता छन् । यी भूकम्पले देशको उत्तरी भागमा धेरै भवनहरू ध्वस्त पारेका छन् ।” राजधानी…

Read More

भद्रपुर, १३ असार । झापा जिल्ला खेलकुद विकास समितिमा नवनियुक्त अध्यक्ष शेखर कँडेल र उपाध्यक्ष लक्ष्मी देवान राईले पदभार ग्रहण गरेका छन् । कोशी प्रदेश खेलकुद विकास बोर्डका नवनियुक्त सदस्य सचिव विप्लव घोषको प्रमुख आतिथ्यमा हिजो अपरान्ह समितिकै सभाहलमा आयोजित समारोहका बीच नवनियुक्त अध्यक्ष कँडेल र उपाध्यक्ष देवानले पद वहाली गरेका हुन् । यसअघिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ अध्यक्ष रहेको कार्यसमितिको पदावधि सकिएसँगै समितिमा नयाँ नेतृत्वय चयन भएको हो । झापा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख विष्णुकुमार नेम्बाङले सञ्चालन गरेको समारोहमा नवनियmु अध्यक्ष कँडेल र उपाध्यक्ष देवानले माइन्युटबुकमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेका थिए । सो अवसरमा अध्यक्ष कँडेलले…

Read More

झापा, १३ असार । कोशी प्रदेश प्रहरीको लागू औषधविरुद्धको महाअभियान अन्तर्गत लागू औषधमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ लागू औषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने तथा लागू औषध ओसारपसार नियन्त्रण अभियान अन्तर्गत कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूको साथबाट ४ ग्राम ११० मिलिग्राम ब्राउन सुगर र बेवारिसे अवस्थामा १२० केजी गाँजा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका इलाम चुलाचुली गाउँपालिका(३ का २६ वर्षीय विवेक राईलाई २ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ…

Read More

मोरङ, १३ असार । मोरङमा यस वर्ष चैते धानको उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र मोरङका अनुसार गत वर्षको तुलनामा यस वर्ष दुई हजार १९६ मेट्रिकटन बढी धान उत्पादन भएको हो। तर उत्पादन बढे पनि बजार मूल्य घटेका कारण किसान भने निराश बनेका छन्। कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहका अनुसार गत वर्ष जिल्लामा एक लाख एक हजार ३७४ दशमलव १० मेट्रिकटन चैते धान उत्पादन भएको थियो। यस वर्ष त्यो बढेर एक लाख तीन हजार ५७० दशमलव ६० मेट्रिकटन पुगेको छ। यस वर्ष चैते धान खेती हुने क्षेत्रफल पनि विस्तार भएको छ। गत वर्ष १७ हजार ७५५ हेक्टरमा खेती…

Read More

बिर्तामोड, १३ असार । बिर्तामोड नगरपालिकाले ‘मेयर पकेट प्याकेज ग्रामिण बाख्रा साटासाट कार्यक्रम’ अन्तर्गत वडा नं. ९ मा रहेको पञ्चकन्या महिला समूहलाई बाख्रा वितरण गरेको छ। एक संक्षिप्त कार्यक्रममा नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले समूहका १५ जना सदस्यलाई प्रतिव्यक्ति तीनवटाका दरले जम्मा ४५ वटा बाख्रा र एउटा बीउ बोका हस्तान्तरण गर्नुभयो। कार्यपालिका सदस्य तथा आर्थिक विकास समिति संयोजक संगीता शिवाका अनुसार बाख्राहरू बिर्तामोड २ स्थित ओम नवज्योति कृषक समूहबाट ल्याएर पञ्चकन्या महिला समूहलाई वितरण गरिएको हो। कार्यक्रमअन्तर्गत एउटा समूहलाई बाख्रा उपलब्ध गराइएपछि एक वर्षपछि ती बाख्राबाट जन्मिएका सोही संख्याका पाठापाठी अर्को समूहलाई हस्तान्तरण गर्नुपर्ने व्यवस्था रहेको छ। वितरण गरिएका बाख्राको बीमा…

Read More

बिर्तामोड, १३ असार । झापाको बिर्तामोड नगरपालिका पूर्णखोप सुनिश्चित पालिका घोषित भएको छ । पूर्णखोप निर्देशिकाअनुसार बिर्तामोडका १० वटै वडामा रहेका १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार प्राप्त गर्नुपर्ने सम्पूर्ण खोप पाएको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । जनप्रतिनिधिहरूको उपस्थितिमा आयोजित कार्यक्रममा नगरपालिकाले नगर अस्पतालसहित सबै वडाका स्वास्थ्य संस्थाहरूलाई पूर्णखोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेको छ। नगर प्रमुख पवित्रा महतारा प्रसाईंले अगामी आर्थिक वर्ष २०८३/०८४ मा पनि पूर्णखोप सुनिश्चितताको अवस्था कायम राख्ने प्रतिबद्धतासहित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको बताउनुभयो । नगर प्रमुख प्रसाईले कुनै पनि बालबालिका खोप पाउने अधिकारबाट वञ्चित हुन नहुने…

Read More

तनहुँ, १३ असार । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी छ वर्षीया सायना थापा र ५ वर्षीय उलियम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो । शुक्रबार अपराह्न विद्यालयबाट घर फर्किरहेका उनीहरूलाई कारले ठक्कर दिएको हो । गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा चितवनमा आज बिहान मृत्यु भएको हो ।

Read More