jhapaonline add

राजेश ढुंगानावर्तमान सरकार बनेको आज ८७ दिन भएको छ । यसका प्रारम्भिक काम र कदमहरू आशलाग्दो प्रकारका देखिएका पनि छन् । यो यात्रामा सरकार कता–कता अल्मलिएको देखिन नथालेको पनि होइन । तर, यत्तिमै र यतिबेलै यो सरकारलाई पूर्णतः खोट लगाइहाल्ने ठाउँ पनि छैन । यद्यपि जनअपेक्षा अत्यन्त ठूलो छ । त्यसलाई रातारात कुनै पनि सरकारले पूरा गर्न सक्दैन । यो सरकारले पनि सक्दैन । परिवर्तन एकाएक एक दिन वा एकै रातमा हुने कुरा पनि होइन । तर, प्रथम पाइला ठीक ठाउँमा टेकिनु प¥यो । विपक्षीहरु, जसले ३५ वर्ष शासन गरे; उनीहरूको विरोधले कुनै अर्थ र माने राख्दैन । राख्नु र…

Read More

खोटाङ, १० असार । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँदरलगायत वन्यजन्तुबाट हुने बाली क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। १५औँ नगरसभाबाट पारित बजेटअनुसार हरेक वडा तथा टोलमा ‘बाली हेरालु’ राख्ने व्यवस्था गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए। नगर उपप्रमुख विशन राईले प्रस्तुत गरेको १ अर्ब १ करोड ५५ लाख ३१ हजार १०१ रुपैयाँको बजेटमा कृषि उत्पादनलाई प्राथमिकता दिइएको छ। नगरपालिकाले ‘किसानलाई के चाहिन्छ ?’ कार्यक्रम सञ्चालन गर्दै किसानको घरदैलोमै प्राविधिक सेवा, उन्नत बीउबिजन वितरण तथा एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने योजना पनि अघि सारेको छ।

Read More

अर्जुनधारा, १० असार । झापाको अर्जुनधारा नगरपालिका वर्षायाममा विपद्को जोखिममा बर्सेनि पर्दै आएको छ । विशेषगरी यसै नगरपालिका भएर बग्ने, विरिङ, टाङटिङलगायतका खोलाले विपद् निम्त्याउने गरेको छ । वर्षायाममा हुनसक्ने सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै अर्जुनधारा नगरपालिकाको वातावरण शाखाले मनसुनजन्य विपद् प्रतिकार्य तथा पूर्व अभ्यास तालिम सम्पन्न गरेको छ । सैद्धान्तिक र अभ्यासमुलक तालिम समापनपछि नगर प्रमुख बलदेवसिंह गोम्देनले आफ्ना वरपर र सिंगो नगरमै हुनसक्ने विपद्का जोखिम न्यूनीकरणका लागि तयार रहन सहभागीलाई आग्रह गरेका छन् । कोशी प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म चन्द्रगढीका तालिमप्राप्त प्रहरी नेतृत्वले सहजीकरण गरेको तालिमका सहभागीलाई नगरप्रमुख गोम्देनले विपद् प्रतिकार्यका लागि तयार रहन आग्रह गरेका हुन्…

Read More

झापा, १० असार । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रहरूमा आंशिक बदली भएको छ । कोशी प्रदेशका केही तथा बागमती प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भेग तथा कोशी प्रदेशका तराईमा साधारणतया बदली रहनेछ…

Read More

झापा, ९ असार । पूर्वी सीमा नाका काँकरभिट्टामा यात्रु तथा मालवस्तुको चेकजाँचलाई व्यवस्थित र प्रभावकारी बनाउन ‘एकीकृत जाँच एकाइ’ पुनः सञ्चालनमा आएको छ। सोमबारदेखि सञ्चालनमा आएको यस एकाइमा मेची भन्सार कार्यालय, इलाका प्रहरी कार्यालय काँकरभिट्टा तथा सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षा गुल्मका सुरक्षाकर्मीले एउटै स्थानबाट संयुक्त रूपमा यात्रुका सामानको परीक्षण गर्ने व्यवस्थाको शुभारम्भ गरेका हुन्। योसँगै सीमा सुरक्षा, भन्सार निगरानी तथा यात्रु सेवामा समन्वयात्मक सुधार हुने अपेक्षा गरिएको छ। जेनजी आन्दोलनका क्रममा क्षति पुगेपछि बन्द भएको ‘एकीकृत जाँच एकाइ’ झन्डै १० महिनापछि पुनः सञ्चालनमा आएको हो। मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा नाका भारतको पश्चिम बङ्गाल राज्यअन्तर्गत दार्जिलिङ जिल्लाको पानीट्याङ्कीसँग जोडिएको…

Read More

झापा, ९ असार । झापाको गौरीगञ्ज गाउँपालिका–३ सयपत्री टोलमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । आज बिहान करिब ६ः३० बजे गौरीगञ्ज–३ स्थित चन्द्रमाया श्रेष्ठको घरमा डेरा गरी बस्दै आएका भोजपुर आमचोक गाउँपालिका–९ निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठ खेतमा आली खन्ने काम गरिरहेका बेला चट्याङ लागेर मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

Read More

झापा, ९ असार । झापाको झापा गाउँपालिका–५ पन्थापाडा हुलाकी राजमार्ग क्षेत्रमा लागूऔषध ब्राउन सुगरसहित दुई जना युवक पक्राउ परेका छन् । आइतबार साँझ प्रहरी चौकी शरणामतिबाट प्रहरी निरीक्षक तीर्थबहादुर भण्डारीको कमाण्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई शंका लागेर जाँच गर्दा उनीहरूको साथबाट लागूऔषध बरामद गरेको हो । पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–१० का २२ वर्षीय रोहित कटुवाल र २७ वर्षीय सन्तोष राजवंशी रहेका छन् । प्रहरीका अनुसार उनीहरूले कालो प्लास्टिकमा पोका पारेर लुकाइछिपाइ ल्याउँदै गरेको ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरिएको छ । बरामद पदार्थको तौल प्लास्टिकसहित ६ ग्राम ४०० मिलिग्राम तथा प्लास्टिक बाहेक…

Read More

झापा, ९ असार । अर्जेन्टिना फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘जे’ अन्तर्गत भएको खेलमा अष्ट्रियालाई २–० गोलले पराजित गर्दै अर्जेन्टिनाले अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसी नायक बने। उनले टोलीका लागि दुवै गोल गर्दै ऐतिहासिक कीर्तिमानसमेत कायम गरे। खेलको ३८औँ मिनेटमा गोल गर्दै मेसीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान बनाएका हुन्। उक्त गोलसँगै मेसीको विश्वकप गोल संख्या १७ पुगेको थियो। यसअघि जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा १६ गोलसहित सर्वाधिक गोलको कीर्तिमान रहेको थियो। ३८ वर्षीय मेसीले केही दिनअघि अल्जेरियाविरुद्धको खेलमा ह्याट्रिक गर्दै क्लोजको कीर्तिमान बराबरी…

Read More

राजेन्द्र गौतमएउटा संसय थियोे गगन थापा चितवन जान्छन् कि जाँदैनन् । त्यही संसयलाई बाह्य शंकामा रुपान्तरित गर्दै अतिथि भएर कांग्रेस सभापति गगन थापा चितवन गए। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा आफ्नो र पार्टीको धारण राखे अनि काठमाडौ फर्किए । उनी काठमाडौबाट चितवन गएनन् मात्रै उनले रास्वपा महाधिवेशनमा जुन मत राखे त्यसले नेपाली राजनीतिमा एउटा ऐतिहासिक घटनाको आकार ग्रहण गर्दैछ । चितवनको सहिद मूमिमा उभिएर गगनले गगनभेदी स्वरमा भने ” कृपया ३५ वर्षमा केही भएन नभन्दिनु होला ! ” औसत बुझाईमा यो सामान्य तर्क हो , जुन हामीले धेरै गरेका छौँ । हामीले बुझ्ने औसत बुझाइ पनि यही हो । उनले…

Read More

झापा, ९ असार । सरकारले नेपालबाट भारतमा हुने चिया निर्यातमा देखिएको समस्या समाधान गर्नका लागि कार्यदल गठन गरेको छ । चिया निर्यातमा देखिएको समस्याको अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुझावसहितको प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गरिएको प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयका उपसचिव, परराष्ट्र मन्त्रालयका उपसचिव, कृषि, वन तथा पर्यावरण मन्त्रालयका उपसचिव, भन्सार विभागका उपमहानिर्देशक, खाद्य प्रविधि तथा गुण…

Read More