jhapaonline add

एजेन्सी, ४ पुस । उत्तरी चीनमा भूकम्प जाँदा मृत्यु हुनेको संख्या १३० पुगेको छ । ७०० भन्दा धेरै घाइते भएका छन् । नेपाली समयअनुसार मंगलबार बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पले कान्सु र छिङहाइ प्रान्तमा क्षति पुगेको छ । पिपुल्स डेली अफ चाइनाले भूकम्पमा परी १३० जनाको मृत्यु भएको जनाएको छ । भूकम्पका कारण भवनहरु भत्किएका छन् । भग्नावशेष मानिसहरु पुरिएको हुनसक्ने भएकाले तालिमप्राप्त कुकुरको सहयोगमा खोजी तथा उद्धार कार्य जारी छ । भूकम्पका कारण सडक, सञ्चार, बिजुली र खानेपानी आपूर्तिमा पनि क्षति पुगेको छ । भूकम्प प्रभावित पहाडी क्षेत्रको न्यूनतम तापक्रम…

Read More

इलाम, ४ पुस। इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उनी काममै व्यस्त रहन्छन् । दिउँसो प्रायः जनताको काममा व्यस्त रहने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिन्छन् । दिउँसो प्रायः जनतासँगै सुखदुःखमा समय बिताउने उनी बिहान र बेलुका भने आफ्नो ड्रागन फल खेतीको स्याहारसुसारमा व्यस्त देखिन्छन् । उनले छथरे टोलमा ६ कट्ठा जमिनममा विगत ४ वर्षदेखि ड्रागन फल खेती सुरु गरेका छन् । जनताको काम गरेर बाँकी समय त्यही ड्रागन बगानमा रमाउँदै सफल व्यवसायीका रुपमा आफूलाई समर्पित गराउँदै आएका छन् । चुलाचुलीमा नै पहिलोपटक व्यावसायिक ड्रागनखेती सुरु गरेका लिम्बूको…

Read More

झापा, ४ पुस । झापा गाउँपालिकामा थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु भएको छ। झापा गाउँपालिका– २ सुगाबथान निवासी ५७ वर्षीय नुनुवा टुडूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। आज बिहान करिब ५ बजे स्थानीय चन्द्रदेव राजवंशीको प्र १–०१–००१ त ८०९२ नम्बरको ट्याक्टरमा टुडूले आफ्नै धानको कुन्यूमा थ्रेसर लगाएका थिए।सोही क्रममा टुडु थ्रेसरमा च्यापिँदा उनको शरीर टुक्रा टुक्रा भएको प्रहरीले जनाएको छ। घटनापछि ट्याक्टर चालक फरार रहेको र प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

झापा, ४ पुस । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी र झापा फुटबल क्लब खेल्दैछन् । यो खेल दशरथ रङ्गशालामा बेलुका ५ बजे शुरु हुनेछ । नौ टोली सहभागी दोस्रो संस्करणको एनएसएलमा धनगढी ६ खेलमा १२ अङ्कका साथ तालिकाको दोस्रो र झापा समान खेलमा ७ अङ्कका साथ छैठौँ स्थानमा छ । आजको खेल जितेमा धनगढी १५ अङ्कका साथ शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्नेछ । यसअघि हिजो भएको खेलमा बुटबल लुम्बिनीलाई हराउँदै पोखरा थन्डर्स प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । ७ खेलमा १० अङ्कका साथ ललितपुर सिटी तेस्रो र ६ खेलमा ९ अङ्कका साथ साविक विजेता टोली काठमाण्डौ रेजर्स…

Read More

काठमाण्डौ, ४ पुस । बारामा बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा तीन जनाको ज्यान गएको छ । २७ जना घाइते भएका छन् । काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयाका लागि छुटेको ना ७ ख ७३०० नम्बरको ट्रक बिहान २ बजे तिर बाराको अमलेखगञ्जमा एक आपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । ज्यान गुमाउनेहरुमा ट्रक चालक तनहुँ घर भएका २८ वर्षका पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौँडाका ४० वर्षका हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका पुरुष रहेका उहाँले बताउनुभयो । घाइतेमध्ये गम्भीर अवस्थाका…

Read More

जब हामी बिरामी भएर अस्पताल पुग्छौं चिकित्सकले ‘आँ गर्नुहोस् त’ भन्छन् । लाइट बालेर जिब्रोलाई राम्रोसँग नियाल्छन् । हरेकपटक बिरामी हुँदा किन यस्तो गरेको होला भन्ने हामीलाई लाग्न सक्छ खासमा जिब्रो हेरेर स्वास्थ्य स्थितिको प्रारम्भिक अनुमान गर्न सकिन्छ । त्यसैले चिकित्सकले सुरुमै जिब्रो हेर्ने गर्छन् । जिब्रो पाँच ज्ञानेन्द्रियमध्ये एक हो । जिब्रोको काम शब्दको उच्चारणमा सहयोग गर्ने, बोल्ने र खानेकुराको स्वाद छुट्ट्याउने मात्र होइन, यसले स्वास्थ्य समस्याको बारेमा संकेत पनि दिन्छ । शरीरकको महत्वपूर्ण अंग जिब्रो बनावट पनि अन्य अंगभन्दा फरक छ । गिजा र दाँतमा एउटा स्नायुले रगत प्रवाह गर्छ भने जिब्रोमा दुईवटा स्नायुले प्रवाह गर्छ । जिब्रोको…

Read More

बिर्तामोड, ३ पुस । श्री सुनकोशी बचत तथा ऋण सहकारी संस्थाले १७ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । झापाको बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको संस्थाले मंगलबार (आज) बाह्रदशी–५ स्थित फुलबारीको कभर्ड हलमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष गंगाराम ओडारीको अध्यक्षतामा भएको कार्यक्रममा बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष शान्तदेबी शिवाकोटीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाकी उपाध्यक्ष रञ्जु प्याकुरेल बरालले गरेको कार्यक्रमको सञ्चालन सचिव कमल पराजुलीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, बिशिष्ठ अतिथि बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहाल, बाह्रदशी–५ का वडाध्यक्ष वीरबहादुरसिंह राजवंशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै बिर्तामोड नगर सहकारी अधिकृत तथा…

Read More

उद्धव पुरी झापा, ३ पुस । मैले २०६० सालबाट पत्रकारिता सुरु गरें । निरन्तर आज पनि म पत्रकारिता मै सक्रिय छु । आज भन्दा २० वर्ष अघिको कुरा, जुनवेला अहिले जस्तो पत्रकारिता गर्न सहज थिएन । प्रविधिको विकास थिएन, भएकामा पनि पहुँच थिएन । कम्प्युटर र इन्टरनेटको पहुँज नभएका कारण पत्रकारिता गर्न निक्कै अप्ठेरो परिस्थिति थियो । म धरानबाट प्रकाशित हुँदै आएको त्यसबेलाको लोकप्रिय पत्रिकाको रुपमा पूर्वमा चिनिएको ‘ब्लाष्ट टाइम्स दैनिक’ को बिर्तामोड शाखाबाट पत्रिका बितरकको रुपमा काम गर्थें । करिब डेढ बर्षजति पत्रिका बितरककै रुपमा मैले काम गरें । प्रविधिको पहुँच नभएका कारण त्यसबेला हातले ‘ए फोर’ साइजको (फोटोकपी)…

Read More

पोखरा, ३ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरू मिसन ८४ को नारा लिएर दौडिनुभन्दा देशको चिन्ता गर्न सुझाएका छन् । पोखरामा जारी कांग्रेसको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले एउटा चुनाव नसकिँदै अर्को चुनावी दौडमा लागेर देश विकास नहुने बताए । ‘एमालेले मिसन ८४ भनेको छ । नयाँ दल पनि ८४ भन्छन् । जिम्मेवार दल र सस्तो राजनीतिमा यही फरक छ,’ उनले भने, ‘७० को चुनाव सकिएपछि मिसन ७४ भन्ने, ७४ पछि मिसन ७९ भन्ने । ७९ को चुनाव सकियो अब मिसन ८४ भनेर देश बन्छ ? बरु ८३ सम्म राम्रो काम गरौँ जनतामा विश्वास जगाऔँ ।’ महामन्त्री शर्माले…

Read More

काठमाडौं,३ पुस । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटीले पहिलो हार ब्यहोरेको छ । मंगलबार भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले हराएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खलेमा इलामका लागि ५९ औं मिनेटमा फोडे कमराले गोल गरेका थिए । यो हारसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । ७ खेल खेलेको ललितपुर १० अंकसहित तेस्रो स्थानमा छ । जितसँगै प्रतियोगिता टुंग्याएको इलाम भने ८ खेलबाट ८ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । यद्यपि लिगमा यही स्थानमा कायम रहन्छ कि रहन्न भन्ने अरु टिमको खेलमा भर पर्छ ।

Read More