jhapaonline add

झापा, ६ बैशाख । झापा जिल्लाका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको संजालद्वारा आयोजित पाँचौं समीक्षा बैठक तथा दिगो विकासको लक्ष्य हासिलमा स्थानीय सरकारको भूमिका विषयक छलफल कार्यक्रम वैशाख ४ र ५ गते इलामको सुर्योदय नगरपालिकास्थित पर्यटकीय स्थल श्रीअन्तुमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता संजालका संयोजक तथा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई ले गरेका थिए। झापा जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ वराल प्रमुख अतिथि रहनुभएको कार्यक्रममा संविधानसभा सदस्य महेन्द्राकुमारी सुब्बा र सुर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राई विशिष्ट अतिथि रहेका थिए। कार्यक्रमको मूल उद्देश्य पछिल्लो एक वर्षको कार्यप्रगतिको समिक्षा गर्नुका साथै दिगो विकासका लक्ष्यहरू प्राप्तिमा स्थानीय सरकारहरूको भूमिकालाई प्रस्ट्याउँदै आगामी नीति…

Read More

झापा, ७ चैत । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा सरकारले तिर्न बाँकी ऋण रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार पारेको चालु आर्थिक वर्षको दोस्रो चौमासिक अवधिसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार यो आर्थिक वर्षमा मात्र करिब साढे दुई खर्ब सरकारी ऋण थपिएको छ । “चालु आर्थिक वर्षको सुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा फागुन मसान्तसम्म रु दुई खर्ब ४१ अर्ब ९३ करोड थप वृद्धि भई कुल सार्वजनिक ऋण दायित्व रु २६ खर्ब ७६ अर्ब तीन करोड पुगेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४६ दशमलव…

Read More

झापा, ७ चैत । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको सटहीदर तोकेको छ । आजको विनिमयदरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्विस फ्य्राङ्कलगायत मुद्राको मूल्य घटेको छ । बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रूपैयाँ ८२ पैसा कायम भएको छ । बुधबार एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा कायम भएको युरोको आज खरिददर १५० रुपैयाँ ४४ पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा रहनेछ । युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७८ रूपैयाँ ९९ पैसा र बिक्रीदर १७९ रूपैयाँ ७७ पैसा, स्विस फ्य्राङ्क एकको…

Read More

झापा, ७ चैत । कोशी प्रदेशमा आगामी वैशाख १७ र १८ गते हुने लगानी सम्मेलनलाई लक्षित गरी दक्षिण कोरियाली लगानीकर्ताहरूको एक टोली अध्ययन भ्रमणका क्रममा झापा पुगेको छ । कोरिया नेपाल अन्तरराष्ट्रिय एक्स्चेन्ज एसोसिएसनको पहलमा आएको टोलीले कोशी प्रदेशका झापासहित विभिन्न जिल्लामा लगानीको सम्भाव्यता अध्ययन गर्ने एसोसिएसनकी अध्यक्ष सिर्जना नेपालीले बताउनुभयो । बुधबार मेचीनगर नगरपालिकाले उक्त टोलीसँग अन्तरक्रियासमेत गरेको थियो । कार्यक्रममा मेचीनगरमा लगानीका सम्भाव्य क्षेत्रबारे नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी गराउनुभयो । कोरियन टोलीले बुधबार नै काँकरभिट्टा नाका, बसपार्क, एसियन हाइवेको मेची पुल, एनएमसी डेरी उद्योगलगायतको अवलोकन गरेको छ । टोलीले कृषि, पर्यटन, कागज, रेलमार्गलगायत क्षेत्रमा लगानीका लागि कोरियाली लगानीकर्ताहरू…

Read More

झापा, ७ चैत । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ। यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ। परीक्षा तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ। गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार २८६ जना बढेको छ। परीक्षामा १५०…

Read More

झापा, ७ चैत । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको छ। आज बिहान देशका पहाडी भूभागको मौसम आंशिक बदली छ। देशका बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा आज हल्का हिमपातकोसमेत सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

Read More

सन्तोष शर्माझापा, ६ चैत । झापाका स्थानीय तहले पत्रकारिताका क्षेत्रको सवलीकरणका लागि आ–आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । झापाको बिर्तामोडमा आज आयोजित ‘पत्रकारिता क्षेत्रको सवलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसम्वाद कार्यक्रम’मा यहाँका स्थानीय तहका जनप्रतिनिधिहरुले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको पत्रकारिता क्षेत्रको विकास र प्रबद्र्धनका लागि आफूहरुले सहयोग गरिरहेको र आगामी दिनमा समेत गर्ने उनीहरुले प्रतिबद्धता जनाए । अन्तरसम्वाद कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले स्थानीय सञ्चारमाध्यमलाई नगरपालिकाले लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउँदै आएको बताउनुभयो । “शुरुमा ६० लाख रुपैयाँ छुट्याएका थियौं”, उहाँले भन्नुभयो, “आर्थिक अभावका कारण अहिले ५० लाख छुट्याएका छौं ।” सबै…

Read More

बिर्तामोड, ६ चैत । कनकाई आदर्श क्याम्पस बिर्तामोडको स्ववियु सभापतिमा पुनः किरण गुरुङ निर्वाचित भएका छन् । कनकाईमा नेविसंघको प्यानल नै निर्वाचित भएको हो । सभापतिमा नेविसंघका उम्मेदवार किरण गुरुङ ४७५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । कुल ५८० मत खसेकोमा सभापति गुरुङले ४७५ मत प्राप्त गरेका थिए । यस्तै, सचिवमा मनिस कोइराला ४७६ र कोषाध्यक्ष मेघा चबेगु लिम्बू ३३५ मतसहित विजयी भएका छन् । सदस्यमा उपेन ढुंगाना, नियोग पोख्रेल, पशुपति भण्डारी, निश्चल शाह, आशिष कोइराला, निशान लिम्बु, र अमिशा सुवेदी निर्वाचित भएका छन् ।

Read More

मोरङ, ६ चैत । मोरङ धनपालथान गाउँपालिका–७ का अमित मियाँको घरमा बिधुत सर्ट भई आगलागि हुँदा घर भित्र रहेकी उनको ४ वर्षीया छोरी रेस्मा खातुनको जलेर मृत्यू भएको छ । चैत्र ५ गते दिउँसो साढे १२ बजे विधुत सर्टभई घरमा आगलागी भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल उद्धारका लागी मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव तथा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया सहितको प्रहरी टोली खटी स्थानियबासी र ५ वटा दमकलको सहयोगमा पौने २ बजे आगो नियन्त्रण गरेको थियो । आगलागीबाट नजिकमा रहेका १३ घर परिवारको फुसको १६ वटा घर, भान्सा घर ३ र गोठ २…

Read More

गायक दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन् । एसईई परीक्षा विद्यार्थी भाइबहिनीको महत्त्वपूर्ण समय भएकोले यस अवधिभर आफूले कुनैपनि कार्यक्रम नगर्ने एक विज्ञप्ति मार्फत उनले घोषणा गरेका हुन् । विज्ञप्तिको सुरुमै उनले भनेका छन्, ुएसईईको परीक्षाको शुभकामना । यस अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु ।ु ुशिक्षा जीवनको सबैभन्दा मूल्यवान् ‘सम्पत्ति’ हो । यतिबेला प्रिय भाइबहिनीहरू आफ्नो मिहिनेत, परिश्रम र सपनाले उज्ज्वल भविष्यको बाटो कोर्दै हुनुहुन्छ । सबैजनालाई सफलताको धेरै शुभकामना । हजुरहरूको सफलता नै, मेरो सफलता हो’, उनले अगाडि भनेका छन् ‘म जुनसुकै स्थानमा भएपनि, जति नै ठुलो मञ्चमा उभिए पनि, मेरो…

Read More