बिर्तामोड, ६ चैत । कनकाई आदर्श क्याम्पस बिर्तामोडको स्ववियु सभापतिमा पुनः किरण गुरुङ निर्वाचित भएका छन् ।
कनकाईमा नेविसंघको प्यानल नै निर्वाचित भएको हो । सभापतिमा नेविसंघका उम्मेदवार किरण गुरुङ ४७५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । कुल ५८० मत खसेकोमा सभापति गुरुङले ४७५ मत प्राप्त गरेका थिए ।
यस्तै, सचिवमा मनिस कोइराला ४७६ र कोषाध्यक्ष मेघा चबेगु लिम्बू ३३५ मतसहित विजयी भएका छन् । सदस्यमा उपेन ढुंगाना, नियोग पोख्रेल, पशुपति भण्डारी, निश्चल शाह, आशिष कोइराला, निशान लिम्बु, र अमिशा सुवेदी निर्वाचित भएका छन् ।
Facebook Comments Box


