jhapaonline add

बाजुरा, ४ फागुन । बाजुरामा बसको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यु भएको छ । साँफे९मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका(१ अम्कोटमा आइतबार बिहान बसको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो । मृत्यु हुनेमा सोही नगरपालिका-१ अम्कोटका ८ वर्षीय नयन पाध्याय रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक दिलीप कुमार गिरीले बताउनुभयो । प्रहरी प्रमुख गिरिका अनुसार धनगढीबाट मार्तडी आउँदै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा ठक्कर दिँदा घाइते भएका बालकको बाजुरा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।…

Read More

सरोज भट्टराईझापा, ४ फागुन । झापा शिवसताक्षी नगरपालिका वडा नं. ९ स्थित चिल्लागढ धाममा महाशिवरात्री मेला लाग्ने भएको छ । शिवसताक्षीको त्रिधाम मध्ये एक धाम चिल्लागढ धाम धार्मिक दृष्टिकोणले निकै महत्वका साथ हेरिने गरिएको छ । अघिल्ला वर्ष झै यस वर्ष पनि शिवरात्रीको अवसरमा शिव पुजासहित मेलाको आयोजना गरिएको चिल्लागढ धार्मिक तथा पर्यटन विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले जानकारी दिए । यही फागुन १३ र १४ गते दुई दिन लाग्ने मेलामा ५० हजार दर्शक भित्र्याउने लक्ष्य लिएको अध्यक्ष तुम्बापोले जानकारी दिए । चिल्लागढ धामले महाभारतकालीन इतिहास बोकेको छ । पाँच हजार वर्ष पहिलो पाँच पाण्डवहरू वनबास गर्ने क्रममा यज्ञ गरेको…

Read More

सन्तोष शर्माझापा, ४ फागुन । झापामा क्षयरोगका छ सय १६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित छ सय १६ जना नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय झापाका क्षयरोग फोकल पर्सन विरेन्द्र दासले जानकारी दिनुभयो । जसमा तीन सय ७९ पुरुष र दुई सय १९ जना महिला छन् । चालू आर्थिक वर्षको छ महिनाको अवधिमा खकारमा किटाणु देखिएका तीन सय ७४, छातीको एक्स–रेबाट पत्ता लागेका ८९ जना र फोक्सोमा बाहेक अन्य अंगमा क्षयरोग देखिएका एक सय ५१ नयाँ बिरामी फेला परेको उहाँले बताउनुभयो । क्षयरोग पुनः दोहोरिएको ४४ जना बिरामी समेत फेला परेको उहाँले बताउनुभयो ।…

Read More

झापा, ४ फागुन । प्याजमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५० प्रतिशत अनुदान दिएर किसानलाई प्याजखेती प्रवर्द्धन सुरु गरेको छ । जिल्लाका शिवसताक्षी, अर्जुनधारा र गौरादह नगरपालिका तथा कमल, गौरीगञ्ज र झापा गाउँपालिकाका कृषक समूहले ५० प्रतिशत अनुदानमा प्याजखेती सुरु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रवीन्द्र सुवेदीले बताउनुभयो । उहाँका अनुसार परियोजनामार्फत जिल्लामा साढे छ हेक्टर जमिनमा प्याजखेती सुरु गरिएको छ । महिला समूह र कृषक समूहद्वारा १० कट्ठादेखि दुई बिगाहा जमिनमा किसानले खेती गरिरहेको उहाँले बताउनुभयो । “प्याजको परनिर्भरतालाई घटाउन पनि अनुदान दिएर किसानलाई खेतीतर्फ प्रोत्साहन दिइएको हो”, उहाँले भन्नुभयो, “किसानलाई प्याजको उन्नत बीउबिजन, मल…

Read More

झापा, ४ फागुन । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी ब्यारेकमा प्रहरी कर्मचारी झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । आज बिहान भद्रपुर नगरपालिका–८ स्थितमा जिल्ला प्रहरी कार्यालय झापाको तिन तल्ले प्रहरी ब्यारेकको माथिल्लो तल्लामा रहेको पानीको टंकीमा जाने फलामको भर्‍याङमा भोजपुर टेम्केमैयुङ गाउँपालिका–४ घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका–७ मा बस्दै आएका जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत करिब ४९ वर्षीय प्रहरी नायव निरीक्षक धनराज खतिवडाले नाइलनको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा पेला परेका हुन् । उनको आफन्तहरुलाई जानकारी गराई कानुनी प्रकृयाको लागी तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ४ फागुन । झापाको कचनकवल–६ कमल बस्तीमा भएको आगलागीबाट करिब ७० लाख रुपैयाँ बराबरको क्षति भएको छ। बनियानी बजारदेखि करिब ७ सय मिटर पश्चिम रहेको कमल बस्तीमा कमलप्रसाद खतिवडाको दुईतले (तल्लो भाग पक्की, माथिल्लो भाग काठको र टिनको छानो भएको) १० कोठे घरमा आगलागी भएको हो। आगलागीका कारण घरसहित घरभित्र रहेको नगद १ लाख रुपैयाँ, २५ तोला सुन, ७५ तोला चाँदी, २ थान एसी, २ थान स्मार्ट टेलिभिजन तथा अन्य सामग्री जलेर करिब ७० लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ। हिजो साँझ ७स्३७ बजे पूजाकोठामा बालेको दियोबाट आगो सल्किएर आगलागी भएको बताइएको छ। आगलागी नियन्त्रणका लागि इलाका…

Read More

झापा, ४ फागुन । झापाको हल्दिबारीकी एक बृद्धाको भारतको कुम्भमेला धार्मिक यात्राको क्रममा मृत्यु भएको छ । माघ १४ गते हल्दिबारीबाट निस्किएको २२ दिने धार्मिक यात्राका सहभागी हल्दिबारी–१ की शिवाकोटीको यात्राका क्रममा अचानक स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको बताइएको छ । यात्रामा बस चालकसहित ६१ जना यात्री सहभागी थिए । मृतकका श्रीमान चैतन्य शिवाकोटी पनि सोही यात्रामा सहभागी रहेको जनाइएको छ । भारतको प्रयागराजमा भएको यस घटनापछि शव नेपाल फर्काउने विषयमा कुल्फी प्रहरी र झापा प्रहरीले समन्वय गरिरहेको छ ।

Read More

झापा, ४ फागुन । भारतको नयाँ दिल्ली रेलवे स्टेसनमा शनिबार राति भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ। भारतीय पत्रिका दैनिक भास्करका अनुसार करिब ९ः२६ बजे भएको भागदौडमा उनीहरुको मृत्यु भएको हो। घटनामा २५ भन्दा बढी घाइते भएका छन्। लोक नायक जय प्रकाश अस्पतालले मृत्युको पुष्टि गरेको छ। दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो। महाकुम्भ जान दिउँसो ४ बजेदेखि नै स्टेसनमा भीड लागेको थियो। राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिला भयो जसका कारण भीड बढ्यो र भागदौड मच्चियो । यसअघि जनवरी २९ मा प्रयागराजको महाकुम्भमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको…

Read More

झापा, ४ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। आज सबैजसो विदेशी मुद्राको विनियमदर घटबढ् भएको छैन। अर्थात् हिजो जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो मुद्राका कारोबार सोही मूल्यमा हुनेछ । हिजो अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको थियो। तर, अमेरिकी डलरसहितका केही मुद्रा भने हिजो सस्तिएका छन्। आज पनि हिजोकै विनियमदरमा यी मुद्राको कारोबार हुनेछ। राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ २२ पैसा छ। यही माघ २५…

Read More

झापा, ४ फागुन । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। तराईका भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी…

Read More