
झापा, ४ फागुन । भारतको नयाँ दिल्ली रेलवे स्टेसनमा शनिबार राति भागदौड हुँदा १८ जनाको मृत्यु भएको छ।
भारतीय पत्रिका दैनिक भास्करका अनुसार करिब ९ः२६ बजे भएको भागदौडमा उनीहरुको मृत्यु भएको हो। घटनामा २५ भन्दा बढी घाइते भएका छन्। लोक नायक जय प्रकाश अस्पतालले मृत्युको पुष्टि गरेको छ। दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो। महाकुम्भ जान दिउँसो ४ बजेदेखि नै स्टेसनमा भीड लागेको थियो। राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिला भयो जसका कारण भीड बढ्यो र भागदौड मच्चियो ।
यसअघि जनवरी २९ मा प्रयागराजको महाकुम्भमा भागदौड मच्चिँदा ३० जनाको मृत्यु भएको थियो। यस्तै फेब्रुअरी १०, २०१३ मा पनि कुम्भको समयमा प्रयागराज स्टेसनमा भागदौड हुँदा ३६ जनाको मृत्यु भएको थियो।
Facebook Comments Box


