झापा, ५ मंसिर । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल कोशी र मधेस प्रदेशमा आंशिक बादल लागेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको तराई र मधेस प्रदेशमा पनि आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेशको तराई क्षेत्र, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ।
त्यस्तै, आइतबार देशका हिमाली क्षेत्र तथा कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ।



